काठमाडौं- काठमाडौं महानगरपालिकाले वडा ३५ स्थित तीनकुनेको करिब ५० रोपनी खाली चौरमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने तयारी गरेको छ।
बौद्ध र हिन्दु दुई धर्म प्रतिविम्बित हुने पार्क बनाउन महानगरले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र डिजाइन समेत तयार गरीसकेको छ। प्रारम्भिक प्रतिवेदनअनुसार पार्क बनाउन करिब १ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान छ। तर महानगर आफैंले बनाउने वा सार्वजनिक–निजी साझेदारीमा बनाउनेबारे निर्णय गरिनसकेको महानगर सम्पदा विभाग प्रमुख अर्चना शाक्यले जनाइन्। शाक्यका अनुसार त्रिभुवन विमानस्थलबाट काठमाडौं प्रवेश गर्दा पर्यटक आकर्षित गर्न पनि पार्क निर्माणको तयारी भएको हो।
तर पार्क निर्माण गरिसक्ने मिति भने महानगरले तोकेको छैन। 'तीनकुनेको जग्गा व्यक्तिगत हो। सरकारले केहीलाई मुआब्जा दिइसकेको छ भने केहीलाई दिने प्रक्रियामा छ,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'सरकार जग्गा प्राप्तिको प्र्रक्रियामा छ भने हामी निर्माण तयारी गरिरहेका छौं।' तामाङका अनुसार चाँडै नै जग्गा प्राप्ति हुने र त्यसलगत्तै निर्माण थालिने छ। पार्क भने महानगरले स्रोत जुटाएर निर्माण गर्ने तयारी भएको तामाङले जानकारी दिए।
पार्कमा शान्तिको प्रतीकका रुपमा जमिनको सतहबाट १ सय ८ फिट अग्लो बुद्धमूर्ति राखिने महानगरले जनाएको छ। पार्क बनिसकेपछि सहरी क्षेत्रको कोलाहल र तनावबाट मुक्त हुने ठाउँ बन्ने अपेक्षा महानगरको छ। डिजाइन अनुसार हिन्दु र बौद्ध धर्मको मर्म फ्युजन गरी निर्माण हुने पार्कको स्तुप, स्तुपभित्र तल्लो तलामा पार्किङ, दोस्रो तलामा ध्यान केन्› र तेस्रो तलामा क्युरियो पसल रहने छन्। ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने महानगरले जनायो।
पार्कको तीन कुना ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक साथै 'बुद्ध', 'धर्म' र 'संघ'लाई मान्न सक्नेगरी डिजाइन तयार गरिएको छ। पार्क वरपर नेपालका झण्डा राखेर राष्ट्रिय गौरवको स्थलका रुपमा पार्क विकास गरिने महानगरको योजना छ। पार्कमा हरियाली कायम गर्न रुख रोपिनेछ भने मनोरञ्जनका लागि वाटर फाउन्टेन जडान गरी बेलुकीपख सञ्चालन गरिनेछ।