स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले तीन दिने उत्सव आयोजना गर्ने भएको छ।
उपमहानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दे पुस २०, २१ र २२ गते विविध कार्यक्रमको आयोजना गर्दै धरान उत्सव मनाउने जानकारी दिएको हो।
मेयर हर्कराज राई (साम्पाङ) ले धरानको जन्मोत्सव भएकोले चाडको रुपमा मनाउने परम्परालाई यसपालि पनि निरन्तरता दिन लागिएको बताए। धरान उत्सवलाई पर्यटन प्रवर्द्धनको अवसरको रुपमा पनि लिएर उद्योगी, व्यवसायीलगायत सबै क्षेत्रलाई समेटिने उनले बताए।
यस्तै, दोस्रो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सेवक अभियानको संयोजनमा वृहत् सरसफाइ हुनेछ भने ९ बजेदेखि १० बजेसम्म मास साइक्लिङ आयोजना हुनेछ। यस्तै, बिहान १० बजेदेखि १२ बजेसम्म सुनसरी समृद्धिका लागि समन्वय र प्रयास विषयक जिल्लाभरिका प्रमुख तथा उपप्रमुखहरूबिच छलफल हुनेछ भने बिहान ११ बजेदेखि प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूको निबन्ध वाचन पनि हुनेछ। यस्तै, १ बजेदेखि ३ बजेसम्म विद्यालयका प्रथम, दोस्रो र तेस्रो लोक नृत्य प्रदर्शन पनि हुनेछ भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म रस्सी तान प्रतियोगिता हुने आर्थिक विकास महाशाखा प्रमुख शर्माले जानकारी दिए।
यस्तै, तेस्रो दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म समापन समारोह हुनेछ भने ३ बजेदेखि ५ बजेसम्म जातीय संघसंस्थाहरुको सांस्कृतिक प्रस्तुति हुनेछ। तीन दिन अवधिभर बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम निरन्तर हुनेछ भने बेलुकी ६ बजेदेखि ९ बजेसम्म साङ्गीतिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने शर्माले बताए।

‘धरानको पर्यटन प्रवर्द्धन गर्ने मौका पनि हो, त्यसैले सबै पक्षलाई समेटेर तीन दिन उत्सव मनाउन लागिएको छ,’उनले भने।तीन दिने उत्सव धरान १२ स्थित पब्लिक माविको मैदानमा हुनेछ। धरान नगरपालिका स्थापना भएको दिन पुस २० गतेलाई मानेर तीन दिने उत्सव मनाइँदै आएको छ। उत्सवमा धरानको सांस्कृतिक पक्ष, स्थानीय उत्पादनका प्रर्दशनीहरु गरिने पनि मेयर साम्पाङले बताए।
‘हाम्रो सांस्कृतिक पक्षलाई उजागर गछौं। सांस्कृतिक झाँकीहरू प्रस्तुत हुन्छ, उत्पादनहरूको पनि प्रदर्शनी रहन्छ,’उनले भने,‘समृद्धिको लागि सुनसरीको सबै पालिका प्रमुख, उपप्रमुखहरूसँग छलफल पनि गछौं।’तीन दिने उत्सवको पहिलो दिन बिहान ११ बजे सांस्कृतिक झाँकीसहित र्याली निकालिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उद्घाटन समारोह हुनेछ। उद्घाटन समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिने आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले जानकारी दिए। दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म लोक दोहोरी प्रतियोगिता हुनेछ। उक्त प्रतियोगिताका संयोजक एवं वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले ६ वटा दोहोरी टोली तयार भइसकेको जानकारी दिए।