जुबिथालाई बालविवाह निषेधित वडा घोषणा
१५ पौष २०७९
•
२ मिनेट पाठ
जुबिथालाई बालविवाह निषेधित वडा घोषणा
तिलागुफा नगरपालिका–६ जुबिथा गाउँलाई बालविवाह निषेधित वडा घोषणामा सहभागीहरु। तस्बिर: नागरिक।
कालिकोटको तिलागुफा नगरपालिका–६ जुबिथा गाउँलाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ। बालविवाहले बालबालिकाको शिक्षा,स्वास्थ्य,संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको भन्दै  बालविवाह निषेधित वडा घोषणा गरिएको हो।




नगरपालिकाको नेतृत्वमा वडा नंं.६ लाई बालविवाह निषेधित घोषणा गरिएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।  ‘अब बालविवाह गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ।’, उनले भने, ‘बालविवाह सधैँका लागि अन्त्य हुनुपर्छ।’ उनले यो भन्दा पहिला गाउँमा बालविवाह धेरै हुने गरेको भएपनि अहिले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गरी बालविवाहलाई रोक्न सफल भएको बताए।  उनले अहिले सम्म नगरका दुईवटा वडालाई बालविवाह निषेधित वडा घोषणा गरिसकेको बताए।

शाहीले भने, ‘अब नगरपालिकाका ९,१०,र ११ वडालाई पनि बालविवाह निषेधित वडा घोषणा गर्ने तयारी थालेका छौं। त्यसका लागि अहिले बाल क्लव,किशोरी समूह,वडा बालअधिकार समूह,धामी झाँक्रीले बालविवाह रोक्नथामको लागि जनचेतना जोगाउन गाउँमा अभियान थालिरहेका छन्।’ गाउँमा किर्डाक नेपालले पनि काम गरिहेको छ।  

बालविवाह  रोकथामको लागी नगरपालिकाले २०७६ मा रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्न सुरु गरेको छ। नगरपालिकाले सबै सूचकहरु पुरा गरी बालविवाह  निषेधित वडा घोषणा गरिएको हो। वडाका सबै घरधुरीका परिवारले आफ्ना छोराछोरीलाई बालविवाह सामाजिक विकृति र कानूनी अपराध भएको हुँदा बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन्।  

यस्तै केही दिनअघि मात्र जिल्लाको शुभकालिका गाउँपालिका–२ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको थियो। बालविवाह घटेकाले शुभकालिका २ लाई  बालविवाह निषेधित वडा घोषणा गरिएको वडाअध्यक्ष मनबहादर शाहीले जानकारी दिए। उनले पालिकाका ६,७ र ८ नम्वर वडालाई २०७८ मंसिरमा बालविवाह निषेधित वडा घोषणा गरिसकेको बताए।

‘बालबालिकाको मौलिक हक अधिकारको प्रवद्र्धनका लागि बालविवाह अन्त्य हुनु जरुरी छ।बालविवाह रोक्न किर्डाक नेपालको सहयोग,समन्वय र सहकार्यमा समुदायस्तरमा बालविवाह  कमगर्न स्थानीय तहलाई थप जिम्मेवारी बनाएको छ।’, उनले भने, ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले अङ्गीकार गरेको लक्ष्यअनुसार स्थानीय तहमा यसको अन्त्यका लागि गाउँपालिकाले यस सम्बन्धी स्थानीय रणनीति, २०७६ बनाई लागू गरेको छ।’  

कालिकोटमा बालविवाह रोक्न किर्डाक नेपाल,हुरेन्डेक नेपाल,प्लान ईन्टरनेश्नल नेपाल,सेभ द चिल्डेन,बालविवाह विरुद्ध साझा अभियान लगायतका संस्थाहरुले बालविवाह रोक्न अभियान चलाइरहेका छन्।

नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाई कार्यान्वयनमा समेत ल्याएको छ र यस रणनीतिलाई सफल पार्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था पनि लागि परेका कारण  बालविवाह निषेधित वडा घोषणा गर्न सजिलो हुने गरेको छ।
अर्को समाचार
माछा मार्न गएका किशोर नदीमा बेपत्ता
०९ चैत्र २०८०
•
१ मिनेट पाठ
माछा मार्न गएका किशोर नदीमा बेपत्ता
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका– ६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन्।




विद्यालयबाट फर्किएर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन्।

उनीसँगै नदीमा माछालाई झरिउँला हाल्न गएका साथका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएका हुन्। चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए। तर नदी निकै खोच परेकाले बेपता भएका हुन्।

बेपत्ता किशोर कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए। प्रहरीका अनुसार किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस