उमेरले ७० वर्ष कटे। तर अहिले सम्म नेपालकै राजधानी काठमाडौँ पुगेका छैनन्। उनलाई काठमाडौँ हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौँ पुग्न। मृत्यु भन्दा अगाडी कम्तीमा नेपालको राजधानी हेर्ने रहर छ मुगु जिल्लाका ७० वर्षीय बिर्खबहादुर बुर्थबालाई।
आफू सँग कुनै सिप नहुँदा काठमाडौँ सहित देशका मुख्य सहरमा पुग्ने सपना ७० वर्षसम्म अधुरै रहेको उनको बुझाई छ। २००८ साल चैत १६ गते मुगु जिल्लाको खच्याड गाउँपालिका को पैसेरी भन्ने स्थानमा जन्मेका बिर्खबहादुरलाई खेती किसानीलेनै आफ्नो ठाउँ छाडेर अन्त घुम्न जाने फुर्सद हुँदैन। २० हल गोरु लाग्ने जमिन आफ्नो भएकाले बाहिर गुम्न जान सक्ने अवस्था नआएको उनको भनाई छ। उसो त मुगु जिल्ला विकट मात्रै छैन गरिबी र अशिक्षा पनि उत्तिकै छ। मुगु जिल्लाको रारा ताल नजिकै भेटिएका बुर्थबहादुरले आफू काठमाडौँ जान नपाए पनि काठमाडौँ सहित विभिन्न स्थानबाट रारा अवलोकनमा जाने पर्यटकलाई भेट्ने र देख्ने गरेका छन्। अरुको जिल्लामा रेलको बाटो पुग्दै छ रे भन्छन् गीतमा भनेझैँ हाम्रो तिर यही रारा आउने राजमार्गबाहेक अन्यत्र गाडी जाने अवस्था छैन उनले भने।
पाँच छोरा र पाँच छोरी सहित दश सन्तानका पिता बनेका बिर्खबहादुरका केही छोरा काठमाण्डौमा पनि बस्न थालेका छन्। छोराहरू काठमाडौँ बस्न थालेपछि भने बुढेसकालमै भए पनि काठमाडौँ हेर्न पाइनेमा उनी विश्वस्त छन्। काठमाडौँ अब चाहिँ हेर्न जान पाइन्छ की उनले मुसुक्क मुस्कुराउँदै भने, दसैँमा छोरो आएपछि सँगै घुम्न लैजान्छु भनेको छ त्यति बेला सन्चो भए पनि जाने रहर छ। गाउँ छाडेर एक्लै जान सकिँदैन कतै उनले भने, यही मुगुकै सदरमुकाम गमगडी पुग्न त ७ घण्टा हिँड्नुपर्छ मेरो घरबाट। मुगु जिल्लाबाट काठमाडौँ झन्डै ८ सय किलोमिटर टाढा छ। मुगुबाट नेपालगन्ज हवाई सेवा छ त्यहाँबाट फेरी अर्को जहाज चढेर काठमाडौँ पुग्न त सकिन्छ। तर पैसाको अभाव हुने त्यस क्षेत्रका स्थानीय बताउँछन्। स्याउको सिजनमा केही पैसा हुन्छ त्यही पैसाले वर्षभरिको घर खर्च टार्नुपर्ने बाध्यता रहेको बुर्थवा बताउँछन्। स्याउ किन्न पनि व्यापारी त्यति धेरै जाँदैनन्, निकै टाढा र ढुवानी खर्च धेरै हुने हुँदा मुगु जिल्लाका स्याउले अहिले सम्म राम्रो मूल्य नपाएको स्थानीयको गुनासो छ। स्याउ राम्रै फल्छ मेरो मात्र होइन अरुको बगैँचा पनि धेरै छ र व्यापारी आउँदैनन् उत्तिकै खेर जाने गरेको छ, उनले भने।
कर्णालीको सुर्खेतबाट झन्डै तीन सय किलोमिटरको दुरीमा पर्ने मुगु विकट जिल्लाकै रूपमा अवस्थित छ। रारा ताल भएकाले सिजनमा राजमार्गको प्रयोग गरेर रारा आवतजावत गर्ने पर्यटकले राजमार्ग आसपासमा चहलपहल देखिए पनि मुगु जिल्लाका ग्रामीण क्षेत्र निकै विकट छ। विकट गाउँबाट काठमाडौँ सहज आवात जावत गर्न नसक्ने भएकाले मुगु जिल्लाका धेरैले काठमाडौँ हेर्न नपाएको छायानाथ रारा नगरपालिकाका नरसिंह रोकाय बताउँछन्। होटेल सञ्चालक रोकाय व्यापार गर्न समेत मुगुमा निकै कठिन भएको बताउँछन्। सामान ढुवानी महँगो हुने भएकाले ग्राहकसँग धेरै पैसा लिनुपर्ने भएको उनको भनाई छ। यहाँ धेरै विकट गाँउहरु छन्, चिसो अत्याधिक हुँदा त्यस्तो धेरै केही फल्दैन आर्थिक अवस्था निकै दयनीय छ उनले भने, बिर्खबहादुर जस्ता यहाँका सयौँ स्थानियलाई काठमाडौँ हेर्न र पुग्न ठुलो रहर हुन्छ तर सम्भावना हुँदैन।