झापा, जेठ १३ (नागरिक)- झापाको अर्जुनधारामा हात्तीको आक्रमणबाट मंगलबार राति एक वृद्धको मृत्यु भएको छ। अर्जुनधारा-५ दहीझोडाका ६० वर्षीय कर्णदल शेर्माको हात्तीले कुल्चँदा मृत्यु भएको हो।
प्रहरीले जनाएअनुसार मानसिक सन्तुलन ठीक नभएका शेर्मा राति १२ बजे जंगलमा हिँडिरहेका बेला आक्रमणमा परेका थिए।
यसैगरी अविरल वर्षासँगै मंगलबार आएको आँधीले बाँसको झ्याङ ढाल्दा त्यसले किचेर धरमपुरका एक वृद्धको ज्यान गएको छ । ५५ वर्षीय खड्गबहादुर चेम्जोङको घटनामा मृत्यु भएको हो ।
राजमार्ग अवरुद्ध
यसैगरी एक साताअघि बन्द आह्वानकर्ता लिम्बूवानले सवारीमा आगजनी गरेको विरोधमा यातायात व्यवसायीले मेची राजमार्ग ठप्प पारेका छन्।
बुधबार बिहानैदेखि राजमार्गमा सवारी आवागमन रोकिएको छ। पाँचथरमा भएको दुई लिम्बूवान घटकबीचको झडपपछि भएको बन्दमा चलाएको भन्दै उनीहरुले साताअघि चारवटा पिक अप भ्यान जलाएका थिए। त्यसको क्षतिपूर्ति माग्दै पिक अप संघले राजमार्ग ठप्प पारेको हो । अचानक राजमार्ग बन्द हुँदा सयौं यात्रु विचल्लीमा परेका छन्।