निरु विकको हत्याको १६ महिना पूरा, न्याय अझै अपुरो
१६ पौष २०७९
•
४ मिनेट पाठ
निरु विकको हत्याको १६ महिना पूरा, न्याय अझै अपुरो
निरु विकको न्यायको लागि सडक बहस।
निरु विकको हत्या भएको १६ महिना पुगेको छ। बलात्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।




‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि धेरै ठाउँमा पुगे’ बुबा रत्ने विकले भने,‘अब छोरी फर्केर आउने होइन तैपनि सन्तुष्टिका लागि छोरीको सम्झना गर्दै न्याय माग्न आएको हुँ। यस वर्ष पनि न्यायको लागि लड्छु।’ एक वर्षयता यस्तै छ रत्ने विकको दिनचर्या।

१६ महिना अघि अर्थात ३ भाद्र २०७८ मा छोरी निरु विकलाई गुमाएका कालिकोटको खाँडाचक्र नगरपालिका –६ का रत्ने विक न्याय माग्दै हिँडेको पनि १६ महिना पुग्यो। तर अहिलेसम्म दोषीको पहिचान भएको छैन।

‘शरीरको आधा भागमा मात्रै कपडा थियो, दुईवटा सल र मोबाइल सेटसँगै थियो।,’बुबा रत्नेले भने,‘घटनास्थलमा आएका पुलिसले बलात्कारपछि हत्या भएको हो भनेका थिए। अहिलेसम्म छोरीको बलात्कारी र हत्यारा प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।’ 
छोरीमाथि भएको जघन्य अपराध र हत्याको अनुसन्धानमा प्रहरीले गम्भीर चासो नदिएको उनी बताउँछन्। ‘प्रहरीले उति बेलै प्रभावकारी अनुसन्धान गरेको भए अहिलेसम्म सत्यतथ्य बाहिर आइसक्थ्यो, दोषीले सजाय पाउँथ्यो, ‘ परिवार पनि ढुक्क हुन्थे,’ पत्रकार कालीबहादुर मल्लले भने,‘प्रहरीले अनुसन्धान नै फितलो गरेका कारण बलात्कार र हत्याको घटना रहस्यमै रह्यो ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालको भनाइमा निरु विक प्रकरणको अनुसन्धान निरन्तर चलिरहेको छ। त्यसका लागि प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष टोली अनुसन्धानमा संलग्न छन्। तर हालसम्म घटनाबारे सार्वजनिक गरिहाल्नुपर्ने ठोस प्रगति हाँसिल गर्न सकिएको छैन्।

‘कुनै पनि व्यक्तिलाई अपराधी ठहर गर्न सबुत प्रमाण आवश्यक पर्छ।,’ उनले भने,‘अहिले पनि हामी दोषी प्रमाणको खोजीमा छौँ। टिम घटनाको अनुसन्धानमा निरन्तर लागिपरेको छ।’ तर उनले अनुसन्धानबारे भएको प्रगतिबारे विस्तृतमा खुलाउन नमिल्ने बताए।

निरुको हत्या भएपछि अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोली पनि खटाइएको थियो। प्रहरीले १६ महिनाको अवधि सम्म के–के अनुसन्धान गर्‍यो भन्ने पनि खुलाएको छैन्। घटना भएको ३ दिन पछि मात्र प्रहरी कहाँ खबर पुगेकाले केही प्रमाण नष्ट भइसकेकाले पनि अनुसन्धानमा केही समस्या भएको प्रहरीले जनाएको छ।

नयाँ सरकारले न्याय दिन्छ कि ?

दलित किशोरी निरु विकको बलात्कारपछि भएको हत्या घटनालाई नयाँ सरकारले न्याय दिन्छ की भन्ने आशा जागेको छ। २०७५ साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको दोषी पत्ता लगाउने गृहमन्त्री रवि लामिछाने घोषणा गरेपछि कालिकोटकी १६ वर्षीया किशोरी निरु विकलाई पनि न्याय दिन माग गदै  शनिवार चे फोर्स नेपालले मान्ममा सडक बहस गरेको छ।

सडक बहसमा बोल्दै बुबा रत्ने विकले भने ‘छोरी माथि भएको बलात्कार र हत्याको अनुसन्धान गरिदिन जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिए। छोरीको हत्या भएको १६ महिना पूरा हुँदा पनि अनुसन्धानले गति लिएको छैन। 

उनले भने ‘हाम्रो आवाज सुनिदिने र पहल गरिदिने कोही नभएकाले हो वा हत्याराहरू ठुला मान्छे भएर हो प्रहरीले पनि खासै अनुसन्धान गरिदिएनन्। त्यहीँ भएर अहिले त प्रहरीको पनि भरोसा लाग्न छाडिसकेको छ ।’
सरस्वती माविमा कक्षा ९ मा पढ्दै गरेकी निरुको हत्यापछि रत्ने अधिकांश समय घरबाहिरै हुन्छन्। ‘घरमा छोरीको झल्कोले सताउँछ, घरमा बस्न पनि डर लाग्छ,’ उनले भने अव नयाँ सरकार गठन भएको छ। सरकारले छानबिन गरी न्याय दिन्छ की ? आशा छ।

दिदी दुधकला विक बहिनीको बलात्कार र हत्यामा गाउँकै मानिसहरूको संलग्नता भएको आशङ्का गर्छिन्। ‘कोही टाढाबाट आएर बहिनीमाथि ज्यादती गरेर मारेको जस्तो लाग्दैन, गाउँकै कसैको यो घटनामा संलग्नताको आशङ्का हामीले गरेका छौं,’ दुधकलाले भनिन्, ‘हामीले प्रहरीलाई पनि यहीँ कुरा भनेका हौँ, प्रहरीले कुनै चासो लिएन ।’ हत्या भएको स्थलबाट प्रहरीले मोबाइल सेट र दुई वटा पछ्यौरा भेटाएको थियो। मोबाइलको कल डिटेलबाट पनि धेरै कुराहरू खुल्न सक्थ्यो।

यस्तो थियो घटना

कालिकोटको खाँडाचक्र नगरपालिका–६ की १६ वर्षिया किशोरी निरु विकको बलात्कार पछि हत्या भएको थियो। वि.सं.२०७८ भाद्र ३ गते गाउँको (पैठ) मेला बाट हराएकी किशोरी विकको मृत शरीर चार दिनपछि ७ गते स्थानीय मकैवारिमा फेला परेको थियो। २०७८ भदौ ३ गते गाउँमा (पैठ) मेला लागेको थियो। बुबा रत्ने विकले बेलुकातिर घरमा छोरी नदेखेपछि मेला हेर्न गएको अनुमान लगाए। भोलिपल्ट बिहान पनि छोरी घरमा नदेखेपछि उनले छिमेकीलाई खबर गरे। हराएकी निरुको चार दिनपछि भदौ ७ गते घर नजिकैको मकैवारिमा शव भेटियो।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस