रौतहट प्रहरीले आइतबार ९१ किलो गाँजा बरामद गरेको छ। रौतहटको राजपुर नगरपालिका १ पिपरा भगवानपुरको पिपरा टोलबाट प्रहरीले ९१ किलो गाँजा बरामद गरेको हो।
गाँजाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पिपरामा रोकिइराखेको भारतीय बोलेरो गाडीलाई खानतलासी गर्दा १३ पोका गाँजा बरामद भएको हो। १३ पोकामा रहेको गाँजा ८१ किलो भएको प्रहरीको भनाइ छ।
गाँजा भेटिएको स्थानभन्दा करिब १० मिटर दक्षिणतफ बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजा कसको हाे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
गाँजा र मोटरसाइकलका साथै बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।