सौराठ सभा: जहाँ बेहुलाको खुलेआम प्रदर्शन गरिन्छ !
०४ साउन २०७३
•
९ मिनेट पाठ
सौराठ सभा:  जहाँ बेहुलाको खुलेआम प्रदर्शन गरिन्छ !
वीरेन्द्र कर्ण




जनकपुरधाम-सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।

मिथिलाञ्चलअन्तर्गत भारतको मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागतरुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्थाअनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।

प्राचीन मिथिला संस्कृति, सामाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्रीपुरुषको साश्वत एवम् पवित्र सम्बन्धको रुपमा मानिँदै आएको छ । तसर्थ युवा युवतीलाई दाम्पत्य सुत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा रीतिरिवाज सम्पन्न गर्नुपर्दछ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवारको एक अर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।

इतिहासकार सौराठ सभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरिसिंह देवले सुरुवात गर्नुभएको बताउँछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्राचर्य प्रतियोगिता हुनेगथ्र्याे जसमा विजयी विद्वान्लाई पुरस्कृत गर्ने परम्परा रहेको थियो ।

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समयसम्म सो प्रतियोगिता चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदि विषयमाथि गहन चर्चा भएको थियो । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित हुनुभयो र उहाँले अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गरे। यद्यपि शास्त्राचर्यमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिए।

भनिन्छ त्यसपछि  यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो जसमा उनीहरुबीच शास्त्राचर्य हुन्थ्यो र बेहुली पक्ष आफ्नो छोरीका लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गयो ।

सौराठ सभा सीमावर्ती भारतको विहार राज्यअन्तर्गत बासोपट्टी, कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित यस गाउँमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचीन रुखमुनि प्रतिवर्ष सौराठ सभाको जेठदेखि मेला लाग्ने गर्दछ ।

यस वर्ष मलमास पर्ने भएकाले असारको सट्टा जेठमै सौराठ सभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मण बेहुला खोज्न यस सभामा पुग्ने गर्दछन् ।

यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्ना अभिभावकसँगै भुइँमा ओछ्याएको दरी र चटाइमा बसेको हुन्छ । यदी कुनै केटी पक्षलाई केटा मन पर्यो भने उसको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उसको उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे पत्ता लगाउने प्रयास गरिन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुराकानी मिलेपछि विवाहका लागि पञ्जिकार (पुरोहित) बाट परामर्श लिने गरिन्छ ।

पञ्जिकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत हेर्ने गर्दछन् । यसमा बेहुला पक्षका सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछन् ।

यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको छ जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछन् । तत्पश्चात् बेहुलाले आफ्ना सासू, ससुरा तथा पुजनीय व्यक्तिको खुट्टा ढोगेपश्चात् दुवै पक्ष एक अर्काको अङ्गालो हाली खुसी व्यक्त गर्दछन् ।

समयको परिवर्तनसँगै पञ्जिकारको भूमिकामा समेत परिवर्तन आएको छ । पञ्जिकारले आफ्नो भूमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा रहन्छन् । बेहुला र बेहुली पक्षबीच हुने दाइजोको विषयमा पञ्जिकारले टुङ्गो लगाउने गर्दछन् ।

सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनीगरिब ब्राह्मणबीचको भेद्भाव हटाउनका लागि भएकाले ब्राह्मण समाज एकजुट भएर यो परम्परागत संस्कारको रक्षा गर्दै सुन्दर समाजको निर्माणको लागि सौराठ सभा निरन्तर राख्दै आएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताए ।

कालान्तरमा आएर सौराठसभाको ऐतिहासिक आकर्षण भने रहेको देखिँदैन । कारण दाइजो प्रथा, आधुनिकता र सरकारी उपेक्षाका कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देशविदेशमा बस्ने मैथिल ब्राह्मण आफ्ना छोराछोरीको विवाहको लागि सौराठसभामा भाग लिने गर्दथे  । तर अब यो सभाको आवश्यकता देखिँदैन ।

पढे लेखेका केटाको एउटा ठूलो वर्ग यसप्रकार खुलेआम सभामा लिलाम हुनबाट डराउने गर्दछन् । सौराठ सभामा भाग लिने परम्परा हराउँदै गएपछि यस सभाको पौराणिकता र प्राचीनता पनि कालान्तरमा आएर हराउँदै गएको छ । अब यो मेला गरिब ब्राह्मणमा मात्र सिमित हुन पुगेको छ । मधुवनीका स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका मानिस सौराठ सभालाई नयाँ स्वरुप दिनुपर्नेमा प्रयास गरिरहेका छन् ।

हराउँदै गएको यस्तो ऐतिहासिक सौराठ सभाको संरक्षणमा युवा अगाडि आउनुपर्ने मधुबनी नाजीपुरका रामपृत पाण्डेको भनाइ रहेको छ । रासस
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस