पुनर्निर्माण नगरे पशुपतिका सम्पदा नासिने
०६ साउन २०७३
•
६ मिनेट पाठ
पुनर्निर्माण नगरे पशुपतिका सम्पदा नासिने
काठमाडौं- गत वर्षको विनाशकारी भूकम्पले पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक क्षतिग्रस्त मठमन्दिरको तत्काल पुनर्निर्माण नगरे ती मठमन्दिरमा प्रयुक्त झ्याल, काष्ठकला, मूर्तिजस्ता बहुमूल्य सामग्री नष्ट भएर जाने सम्भावना देखिएको छ।




पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डन भन्छन्, ' सरकारले पशुपति क्षेत्रको सम्पदाको पुनर्निर्माण ४/५ वर्षभित्र नगरे पाशुपत क्षेत्रका बहुमूल्य सामग्री नष्ट हुन्छन्। यसो भए देशलाई धेरै ठूलो क्षति हुन सक्छ।' 

विनाशकारी भूकम्पले पाशुपत क्षेत्रका २० वटा मन्दिरमा असर परेको र ती मन्दिरमा प्रयुक्त प्राचीन मूर्ति, बहुमूल्य सामग्री, पौराणिक इतिहास बोकेका बस्तु, हस्तकला, काष्ठकलाका नमुना झ्याल, ढोका अस्थायी टहरा बनाएर राखेको छ भने पशुपति क्षेत्रमा त्यसै थुपारिएका पुरातात्विक सामग्री वर्षा याममा कुहिएर जाने जोखिम बढेको सदस्यसचिव टण्डनले प्रष्ट पारे।

भुकम्पमा ध्वस्त मठमन्दिरका मूर्ती, शिवलिंग लगायत सामग्रीहरुलाई पशपति क्षेत्रमा विभिन्न ठाँउहरुमा टहरा बनाएर सुरक्षित साथ राखेको कोषका सदस्य सचिव टण्डनले जानकारी गराए। उनको अनुसार कतिपय समानहरुलाई व्यवस्थापन गर्न पनि गर्न सके छैन, समानहरु धेरै र टहराहरु थोरै भएको कारणले महत्वपूर्ण सामग्रीहरुलाई उचित स्थानमा राखेको र कतिपय काठका सामग्रीहरु जस्तै :  झ्याल, विभिन्न कला कोरिएको काठ लगायतका वास्तुकलाहरुलाई त्यतिकै बाहिर राखेको छ जुन सामग्रीहरु वर्षायाम आइसकेको कारण कुहेर जाने खतरा बढीसकेको बताउँदै यस्तो सामग्रीहरुको पुर्ननिर्माणको कार्यलाई पुर्ननिर्माण प्राधिकरणले तिब्रताका साथ अगाडि बढाएर उचित व्यवस्थान गर्न तर्फ अग्रसर हुनु पर्ने अवस्था रहेको उनले स्पष्ट पारे।

अहिले पशुपति क्षेत्र विकास कोषमा पुर्ननिर्माण सम्बन्धीका चार ओटा सम्पदाहरुको निर्माण कार्यलाई कोषले तिब्रताका साथ  अगाडि बढाइरहेको छ। पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार नेपाल सरकारको स्रोतमा पशुपति क्षेत्र विकास कोषको मातहतमा पशुपति क्षेत्रमा चार ओटा सम्पदाको पुर्ननिर्माण कार्यलाई तिब्रताका साथ कोषले अगाडि बढाइरहेको बताए।

भुस्नेश्वर सत्तल, गोरखनाथ आश्रम र नरहरीनाथ आश्रम, शंखनरायण सत्तल, र गुह्ेश्वरी सत्तलको जस्तो चार ओटा सम्पदाहरुको पुर्ननिर्माणको लागि काम सुरु भएको र यसै आर्थिक वर्षभित्रमा काम पुरा गर्ने आशयका साथ काम धमा–धम भइरहेको सचिव टण्डनले जानकारी गराए।

कोषका योजना निर्माण निर्देशक भरत मरासिनीका अनुसार – 'भुस्नेश्वर सतलको निर्माणको लागि नेपाल सरकारवाट प्राप्त वजेटमा ७ करोड २८ लाख विनियोजन गरिएको छ भने, गोरख नाथ आश्रम र नरहरीनाथ आश्रमको लागि ४ करोड ६१ लाख रुपैंयाको वजेट विनियोजन गरिएको छन।

त्यस्तै पशुपति क्षेत्रभित्र शंखनरायाण सतलको निर्माणको लागि ३ करोड ६ लाख विनियोजन गरेको सदस्य सचिव टण्डनले बताउँदै गुह्ेश्वरी सतलको लागि ७ करोड ४३ लाख रुपैंया विनियोजन गरि निर्माण पक्रियामा तिब्रता दिएको जानकारी गराए।

पशुपति क्षेत्रका सम्पदाहरुको विगतको वर्षमा गएको महाविनाशकारी भुकम्पले  पुर्‍याएको क्षतिको पुर्ननिर्माणको लागि २ अर्ब जतिको वजेटको लागि पुर्ननिर्माण प्राधिकरणमा प्रपोजल बझाइसकेको सदस्य सचिव डा. टण्डनले बताए। उनले थपे ' हामीले बुझाएको प्रपोजलको विषयमा पुर्ननिर्माण प्राधिकरणवाट औपचारिक रुपमा कुनै निर्णय नआएको र आफुहरुले यो सालको बजेट विनियोजनको विषयमा प्रतिक्षा गरिरहेको प्रष्ट पारे ।

भूकम्पले बिनाश गरेको सम्पदाहरुको पुर्ननिर्माण ५ वर्षभित्र गर्न नसकेको खण्डमा निर्माण सामग्रीहरुको नोक्सान हुने कोषका सचिव डा. टण्डनले प्रष्ट पार्नु भयो। उनले 'महाभुकम्पले पशुपति क्षेत्रका सम्पदाको तहश नहश भएको र बाँकी रहेको पौराणिक अस्तित्व बोकेका बास्तुकला, पुरातात्कि सामग्री नष्ट भएर जानेको भएकोले पुर्ननिर्माण कार्यलाई तुरुन्त अगाडी बढाउने कुरामा जोड दिनु पर्ने बताए।

पशुपति क्षेत्रमा रहेको २० ओटा मन्दिरमा रहेको मूर्तीहरु, 'मन्दिरमा प्रयोग भएको झ्याल, काष्टकला, लगायतका वस्तुहरुको उपयोग गर्नको निम्ती चाडैँ सम्पदाहरुको पुर्ननिर्माण प्रक्रिया सुरु गर्नु पर्ने आवश्यता रहेको उनले औल्याए।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस