विराटनगर तीनटोलिया स्थित मानव सेवा आश्रममा स्वास्थ्य शिविरको आयोजना गरिएको छ। माडवाडी युवा मञ्च विराटनगरले आश्रममा आश्रीतहरूको स्वास्थ्य परिक्षण गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको हो।
शिविरमा विराटनगर स्थित जेनेरल अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आश्रमका आश्रीतहरूको स्वास्थ्य परिक्षण गर्नुकासाथै निःशुल्क औषधिसमेत बितरण गरेका थिए।
स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य भीम पराजुलीले सहारा विहीनको सहाराका लागि आफू महानगरपालिकाको मेयर हुँदा विराटनगरमा मानवसेवा आश्रम स्थापनाका लागि पहल गरेको जानकारी दिए। पराजुलीले भाडाको घरमा रहेको मानवसेवा आश्रमका लागि छुट्टै सुविधासम्पन्न भवन निर्माणको सुरुवाद भइसककाले चाँडै भवन निर्माण सम्पन्न हुने बताए।
उनले विराटनगर र आसपासका सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमले आश्रय दिइरहेको बताए। बिहीबार आयोजित शिविरमा आश्रममा आश्रीत ६७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो।