रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई रेडक्रसले कम्बल प्रदान गरेको छ।
अत्यधिक जाडोले जनजीवन प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले अनाथ बालबालिकालाई कम्बल सहयोग गरेको हो।
अनाथालयमा रहेका ३३ बालबालिकालाई रेडक्रसले एक एक थान कम्बल प्रदान गरेको हो। रेडक्रसका शाखा अध्यक्ष राज किशोर यादव तथा पूर्व अध्यक्ष डा.नन्द किशोर झासहितको टोली अनाथालय पुगेर अनाथ बालबालिकालाई आफैँले कम्बल प्रदान गरेका हुन्।
अनाथ बालबालिकाहरूलाई कम्बल प्रदान गर्दै रेडक्रसका शाखा अध्यक्ष यादवले भने 'अनाथ बालबालिकालाई जाडोबाट बचाउन सहयोग गर्न पाएकामा हामीलाई खुसी लागेको छ।'
पूर्व अध्यक्ष डा. झाले अनाथ बालबालिकालाई सहयोग गर्नु धर्म र मानवता दुवै दृष्टिकोणले उचित भएको बताए। कम्बल पाएपछि खुसी भएका अनाथ बालबालिकाले आफूहरूलाई सहयोग गरेकामा आभार व्यक्त गरेका छन्।
गरुडास्थित अनाथालय २०५२ सालदेखि सञ्चालनमा रहेको भए पनि आर्थिक अभाव झेलिरहेको छ। अनाथ बालबालिकाको खाना, कपडा, शिक्षा र स्वास्थ्योपचारमा समस्या हुने गरेको छ। विभिन्न दाताहरूले दिने गरेको सामग्री तथा नगदका भरमा अनाथ बालबालिकाको भरण पोषण अनाथालयले गर्दै आएको छ।