सात महिनादेखि कर्मचारीले पाएनन् तलब
२५ पौष २०७९
•
२ मिनेट पाठ
सात महिनादेखि कर्मचारीले पाएनन् तलब
रौतहटको बौधिमाई नगरपालिकाका कर्मचारीहरूले सात महिनादेखि तलब भत्ता पाउन सकेका छैनन्।




गत असारमा नै सम्पन्न हुनुपर्ने नगर सभा सम्पन्न नभएपछि नगरपालिकाका कार्यरत कर्मचारीहरूले तलब भत्ता पाउन नसकेका हुन्। गत असार १० गते नगर सभाको सुरुआत भएको थियो।

नगर सभाको उद्घाटन सत्र भव्यतापूर्वक सम्पन्न भएको भए पनि बन्द सत्रमा सहमति हुन नसक्दा नगर सभा सम्पन्न हुन सकेको छैन। नगर सभा सम्पन्न हुन नसक्दा पालिकाभित्रका सम्पूर्ण विकास निर्माण ठप्प हुनुका साथै कर्मचारीहरूले तलब पाउन नसकेका हुन्।

नगर सभा सम्पन्न गर्नको लागि नगर प्रमुख प्रदीप यादवले आठ पटकसम्म कार्यपालिकाको बैठक बोलाइसकेका छन् तर कार्यपालिका बैठकमा सहमति हुन नसक्दा नगर सभा सम्पन्न हुने कुनै छाँटकाँट देखिएको छैन। 

कार्यपालिकामा कुनै पनि दलको बहुमत नहुँदा समस्या भएको हो।
बहुमत सदस्यको विचारसित नगर प्रमुख सहमत नहुने र नगर प्रमुखको विचारसित बहुमत सदस्य सहमत नहुँदा पछिल्लो समयमा नगर प्रमुखले कार्यपालिका बैठक बोलाउँदा पनि सदस्यहरू उपस्थित हुन छाडेका छन्।

नगर प्रमुख, उपप्रमुख तथा तिन वडाध्यक्ष नेकपा एसले जित निकालेको बौधिमाई नगरपालिकाको तिन वडामा जसपा, दुई वडामा नेपाली काँग्रेस र एक वडामा एमालेले जित निकालेको छ। नेकपा एसबाहेक जसपा, नेपाली काँग्रेस र नेकपा एमालेका वडाध्यक्षहरू एक साथ रहेका छन्।

नियम र प्रक्रियाबाट जानुभन्दा नगर प्रमुख एक्लैले चलाउन खोज्दा पालिकामा समस्या आएको वडाध्यक्ष चन्द्र भूषण साहको आरोप रहेको छ।

वडाध्यक्ष साह भन्छन् – नगर प्रमुखले नै नगर सभा गराउन चाहेका छैनन्।
नगर प्रमुख यादवले बजेटमा ठुलो भाग वडाध्यक्षहरूले खोजेको आरोप लगाएका छन्। कार्यपालिका सदस्यहरूले बजेटको ७० प्रतिशत भाग खोजेको कारण सहमति हुन नसकेको र बाँकी कुनै विषयमा खासै कसैको चासो नरहेको नगर प्रमुख यादवको भनाइ छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर यादवले नगर सभा नहुँदा नगरको विकास निर्माणको कामको साथै कर्मचारीको तलब, भत्ता सबै रोकिएको बताएका छन्।

रकमको अभावमा कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न हुनुका साथै विद्यालयका बालबालिकाले खाने दिवा खाजा पनि प्रभावित बन्ने अवस्था आएको यादवको भनाइ छ।

कार्यपालिकाका दुवै पक्ष आ–आफ्नो अडानमा कायमै रहँदा नगरमा शिक्षा, स्वास्थ्य, कृषि, पशुलगायत शाखाका झन्डै ३ सय कर्मचारीलाई परिवार पाल्न मुस्किल हुन थालेको छ।

नगर कार्यपालिकाभित्रको झमेला मिलाएर नगर सभा सम्पन्न गराउन सम्बन्धित दलका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले समन्वय गराउनु पर्ने स्थानीयवासीको भनाइ छ।
अर्को समाचार
तुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
०५ वैशाख २०८२
•
१ मिनेट पाठ
तुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।




उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्”, उनले भने।

वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलबभत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताए। उनका अनुसार रतुवामाई वृक्षरोपण आयोजनाअन्तरर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वनक्षेत्र रहेको छ ।

आयोजनाको उक्त वनक्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ ।  
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस