पोखराका एक वडाध्यक्ष जातीय विभेद गरेको आरोपमा पक्राउ परेका छन्।
आफ्नै वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै सोही वडाका वडा सदस्य मैया नेपालीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
उजुरीमा उनले वडाध्यक्ष अधिकारीले तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ भन्नेजस्ता जातीय विभेदजन्य गालीगलौज गरेको उल्लेख गरेकी छन्। वडा सदस्य नेपालीले आफूलाई जातीय विभेदजन्य गालीगलौज गर्ने वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गरेकी छन्।
आफूविरुद्ध उजुरी परेपछि वडाध्यक्ष अधिकारीले मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएका हुन्। गिरफ्तारी दिएका अधिकारीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराएर पाँच दिन म्याद थप गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उनीमाथि अनुसन्धान भइरहेको उनले बताए।
वडाध्यक्ष अधिकारीले लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा छलफल चलिरहेका बेला आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको नेपालीले गरेको उजुरीमा उल्लेख छ।
वडाध्यक्ष अधिकारी र वडा सदस्यबिच यसअघि पनि विवाद हुने गरेको श्रोतले बताएको छ। पटक/पटक विवाद भइरहेपछि सो वडाका सबै वडा सदस्यले पोखरा महानगरका मेयर र उपमेयरलाई विवाद मिलाइदिन गुहारेका थिए। तर मेयर र उपमेयर दुवैले मिलेर काम गर्न भन्दै फर्काइदिएको श्रोतको दाबी छ।
उपमेयर मञ्जु देवी गुरुङ भने महानगरको न्यायिक समितिमा त्यस्तो उजुरी नपरेको बताउँछिन्।

'न्यायिक समितिले जातीय विभेदसम्बन्धी मुद्दा हेर्नै मिल्दैन, उनले भनिन्,। हेर्नै नमिल्ने उजुरी न्यायिक समितिमा पर्ने कुरै भएन। कसैले लिएर आएपनि दर्ता गर्ने वा छलफल गराउने कुरा हुनै सक्दैन।’