सांसदहरु भन्छन्: विपद्का क्षेत्र पहिचान गरी स्थानीय तहलाई सबल बनाए जोखिम न्यूनिकरण गर्न सकिन्छ
२७ पौष २०७९
•
३ मिनेट पाठ
सांसदहरु भन्छन्: विपद्का क्षेत्र पहिचान गरी स्थानीय तहलाई सबल बनाए जोखिम न्यूनिकरण गर्न सकिन्छ
फाइल तस्बिर
सांसदहरुले सरकारले विपद्  बाट हुने क्षतिको यकिन तथ्यांक राख्न आवश्यक रहेको बताएका छन्।




बुधबार काठमाडौंमा भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन्।

उनीहरुले विपद्सँग जोडिएका तथ्यांकहरुको पूर्ण विवरण पाउन अझै मुस्किल बनेको भन्दै  विपद्लाई नियालेर मात्रै विकास निर्माणका गतिविधिमा लाग्नुपर्ने बताए। कार्यक्रममा बोल्दै सांसद माधव सापकोटाले विकास र विपद् बिरोधी कुराहरु नभएपनि विकासका कारण हुने विपद्जन्य घटनाहरुको न्युनिकरणका लागि आवश्यक काम गर्न जरुरी रहेको बताए।

उनले भने, ‘सरकारले विपद्बाट हुने क्षतिको यकिन तथ्यांक राख्न आवश्यक छ। हामीले खास तथ्यांक के कति क्षति भयो भन्ने बारेमा कतै पाउन सक्दैनाैं। विपद्सँग जोडिएर विकासको संवेदनशीललाई सूचकहरु बनाएर जानुपर्छ। विकास र विपद् बिरोधी कुराहरु होइनन्। त्यसैले विपद् संवेदनशील विकास निर्माणका सूचकहरु बनाएर अघि बढ्नुपर्छ।’

कार्यक्रममा नेकपा एमालेका सांसद महेश बर्तौलाले विपद् न्युनिकरणका लागि सबैभन्दा पहिला जोखिमका क्षेत्रहरुको पहिचान गर्न सक्नुपर्ने बताए। उनले विपद् जोखिमका क्षेत्रको पहिचान गरेर विकासका कामहरु अघि बढाउँदा सम्भावित जोखिमहरु न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीले विपद् न्यूनिकरणका लागि सबैभन्दा पहिला जोखिमका क्षेत्रहरुको पहिचान गर्नुपर्छ। विपद् जोखिमको प्राथमीकिकरण गरी अघि बढ््न आवश्यक छ। कुन ठाउँमा बढी जोखिम भएको छ, त्यसलाई हेरेर र विज्ञहरुको सुझाव लिएर मात्रै विकास निर्माण कामहरु हुनुपर्छ।’

नेपाली काँग्रेसकी सांसद कान्तिक सेजुवालले विपद् न्युनिकरणका लागि स्थानीय तहमा अझै पनि श्रोत र साधनको कमी रहेको भन्दै सबैभन्दा पहिला स्थानीय तहलाई श्रोत, साधनले पूर्ण गर्नुपर्ने बताइन्। उनले स्थानीय तहहरु विपद् व्यावस्थापन न्युनकिरण र नियन्त्रण गर्नेकुरामा अग्रपंक्तिमा रहेको बताइन्। उनले मुलुकी ऐन, २०२० को संक्रमण ऐन जुन स्थानीय तहले आफैँ लागू गर्न नसक्ने स्थिति रहेको भन्दै सबै स्थानीय तहले आफ्ना धारणाहरु एकीकृत गरेर पठाए ऐन बनाएर अघि बढ्न सहज हुने विश्वास व्यक्त गरे।

उनले भनिन्, ‘स्थानीय तहमा श्रोत, साधनको अभावले सबै समस्याहरु विपद् व्यवस्थापनका समस्याहरुलाई न्युनिकरण गर्न सकिएको छैन। विपद् व्यावस्थापन न्युनकिरण र नियन्त्रण गर्नेकुरामा अग्रपंक्तिमा स्थानीय तहहरु पनि छन्। मुलुकी ऐन, २०२० को संक्रमण ऐन जुन स्थानीय तहले आफैँ लागू गर्न नसक्ने स्थिति छ। यसमा सबै स्थानीय तहले आफ्ना धारणाहरु एकीकृत गरेर पठाए ऐन बनाएर अघि बढ्न सहज हुनेथियो।’

नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले जलवायु परिवर्तनका कारण देशका अधिकांश भूभागहरु जोखिमपूर्ण बन्दै गएको बताए। उनले जलवायु परिवर्तनका कारणबाट हुने असरहरुको न्युनिकरणका लागि स्थानीय तहलाई कसरी सबल बनाउन सकिन्छ भन्नेकुरामा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताए।

उनले भने, ‘अहिले देशका अधिकांश भूभागहरु धेरै नै जोखिमपूर्ण बन्दै गएका छन्। स्थानीय तहलाई कसरी सबल बनाउन सकिन्छ, साधन, श्रोत सबै विषयबाट कसरी सक्षम र सबल बनउने भन्ने बारेमा सोच्नुपर्छ।’

कार्यक्रममा अन्य सांसदहरुले स्थानीय तहमा वपद् व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए। उनीहरुले स्थानीय तहका जनप्रतिनिधिहरुले विपद्का लागि बजेटको आवश्यक्ता छैन भनेर अन्य क्षेत्रमा लगानी गर्ने गरेको भन्दै उनीहरुलाई आवश्यक प्रशिक्षण दिन जरुरी रहेको बताए।  
अर्को समाचार
अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?
०३ माघ २०८०
•
४ मिनेट पाठ
अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?
समावेशी विपद जोखिम न्यूनिकरण सम्बन्धी छलफलमा सहभागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित। तस्बिरः सन्देश/नागरिक
भनिन्छ, विपद् बाजा बजाएर आउँदैन। अर्थात्, यो जुनसुकै दिन अनि जुनसुकै समयमा पनि निम्तिन सक्छ। विश्वमै नेपाल विपद्को जोखिमयुक्त देशमध्येको एक भनेर विज्ञले औंल्याईरहेका छन्। त्यसमा पनि पश्चिम नेपाल झनै जोखिमपूर्ण रहेको विज्ञहरुको भनाई छ।  




प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरु स्वतः जोखिममा पर्ने नै भए। त्यसमापनि अपांगता भएकाहरु सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्। किनकि विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकि अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति भने जहीँको त्यही हुने गर्छन्। किनकि यहाँ मानव निर्मित संरचना अपांगतामैत्री छैनन्।

बहुतले भवन छन् तर अपांगमैत्री नहुँदा उनीहरु विपद्का बेला हतार गरेर सुरक्षित स्थानमा जान सक्दैनन्। उक्त बेला नत सँगै भएकाहरुले सुरक्षित स्थानमा लैजाने प्रयत्न नै गर्छन्। किनकि विपद्को बेला आफू सुरक्षित हुन सबैले खोज्नु सामान्य नै हो।

अपांगता भएकाहरु बढी जोखिममा पर्नुमा यहाँ निर्मित संरचना दोषी रहेको सरोकारवाला बताउँछन्। गण्डकी प्रदेश सरकार र आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरासँगको सहकार्यमा अपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजनामा ‘समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धी’ छलफलमा बोल्दै पूर्ण दृष्टिविहीन छवि आलेले भने, ‘यहाँका सरकारी कार्यालयमा पुग्दा वा होटलमा बैठक बसेको बेलामा भूकम्प गयो भने हामी कसरी बाँच्ने?’ उनी त्यतिमा रोकिएनन् र अगाडि भने, ‘तपाईंहरु त दौडेर सुरक्षित स्थानमा पुग्नु होला, तर म कसरी निस्किन्छु ?’ उनले विपद्का बेला बाहिर निस्किने आकस्मिक ढोका समेत सरकारी कार्यालय वा होटल, अस्पतालमा नभएको भन्दै गुनासो सुनाए।  

शारीरिक अपांगता भएका दण्डपाणी ढकालले अपांगमैत्री भवन निर्माण नहुँदा विपद्का बेला आफूहरु थप जोखिममा परेको बताए। ‘संविधान र कानूनमा अपांगमैत्री भवन, भवन संहिता होलान् तर हामीलाई विपद्का बेला तत्काल बाँच्नका लागि वातावरण छैन,’ उनले भने।

दुवै कान नसुन्ने पार्वती भुजेलले सूचना पहुँचयुक्त नहुँदा अपांगता भएकाहरु जोखिमबाट बच्न समस्या परेको बताइन्। ‘विपद सम्बन्धी सूचनाहरु अपांगता नभएका व्यक्तिका लागि मात्र बनाइन्छन्,’ उनले भनिन्, ‘हामी बहिराले कसरी थाहा पाउने?’ सूचना सांकेतिक भाषामा पनि निर्माण गरेर प्रसारण गर्नुपर्ने उनको भनाई थियो।

शारीरिक अपांगता भएका सुनिता पौडेलले खुड्किलो भएको सिंंढीका कारण विपद्मा आफूहरु सुरक्षित स्थानमा जान सक्ने अवस्था नरहेको बताईन्। ‘सिंंढीमात्र हटाइदिए मात्र पनि हामी सुरक्षित हुन्थ्यौं,’ उनले भनिन्।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले विपद्मा अन्य भन्दा अपांगता भएकाहरु दुईदेखि चार गुणासम्म बढी जोखिममा पर्ने गरेको उल्लेख गरे। ‘किनकि यहाँका भौतिक संरचनाका कारण हामीले अवरोध सामना गर्नुपर्छ,’ उनले भने। राज्यले अपांगता भएकाहरुको तथ्यांक संकलन गर्ने, विपद् सम्बन्धी सूचना जारी गर्ने, पहुँचयुक्त संरचना निर्माण गर्ने, भवन संहिता अनिवार्य लागु गर्ने लगायतका कार्य गर्नुपर्ने उनको भनाई छ।

डिडा नेपालका अध्यक्ष दीपक तिमिल्सेनाले अपांगता भएकाहरुको मानव अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको बताए। उनले भने,‘समावेशी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न राज्य जिम्मेवार हुनुपर्छ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब आइन्दा गण्डकीमा बन्ने सरकारी भवन अपांगमैत्री बनाउने घोषणा गरे। ‘संविधान र कानूनमा अपांगता भएकाको अधिकार सुनिश्चित गरिएको तर यसको कार्यान्वयनमा राज्यसँगै नागरिक पनि लाग्नुपर्छ,’ उनले भने, ‘अब आइन्दा अपांगमैत्री नभएका भवन बन्दैनन्।’ उनले सरकारले नागरिकलाई भने अनिवार्य अपांगमैत्री संरचना बनाऊ भन्न नसक्ने बताए।

‘भवन कस्तो बनाउने भन्ने व्यक्तिको मौलिक अधिकार हो । उसको निजी सम्पत्तिमा राज्यले यही गर भन्न सक्दैन,’ उनले भने। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राज्यको नेतृत्वमा बसेकाहरुले अपांगतामैत्री संविधान र कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘आफू अपांग व्यक्ति हुँ, मैले आफैलाई हेरेर संरचना बनाऔं,’ उनले भने।

कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक तथा अधिकारकर्मी बिना सिलवाल, डिडा नेपालका महासचिव गिरीधारी शर्मा, ईन्सेक गण्डकीका अध्यक्ष शिव खकुरेल लगायतले लगायतले संविधान र कानून अपांगमैत्री भएपनि कार्यान्वयन नहुँदा अपांगता भएकाहरु विपद्को जोखिममा पर्ने गरेको बताए। संविधान र कानून कार्यान्वयन गरेर अपांगता भएकाहरुको बाँच्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने उनीहरुको भनाई थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस