इटहरी, फागुन २१ (नागरिक)- मोरङ्को पथरीमा शुक्रबार बिहान भीषण आगलागी हुदाँ एक बृद्धको जलेर मृत्यु भएको छ। आगलागीबाट ६० लाख भन्दा बढी धनमाल जलेर नष्ट भएको छ। सिलन्डर ग्यास चुहावट हुँदा भएको आगलागीमा पथरी-१ का ८५ बर्षीय लालबहादुर खड्काको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
खड्काको घरमा भएको आगलागीबाट १ लाख ५० हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागीबाट प्रवेशकुमार राई, संगम राई, जसबहादुर तामाङ्, खगेन्द्र लिम्बु र मदन वस्नेतका घर जलेका छन्। बिहान साढे ६ बजे शुरु भएको आगलागीमा परी सवैभन्दा वढी संगम राईको घर सहित नगद गरेर २२ लाख रुपैया बराबको क्षती भएको छ। राईको ७ तोला चादी पनि जलेको छ।
आगलागीबाट खगेन्द्रको घर सहित २१ लाख भन्दा वढीको धनमाल जलेर नष्ट भएको छ। उनको १ तोला सुन जलेको छ।
यसैगरी, जसबहादुरको घर जल्दा ११ लाख भन्दा वढी, मदनको २ लाख वढी, प्रवेशकुमारको १ लाख रुपैया बराबरको धनमाल जलेर क्षती भएको छ। आगलागीमा जलेर क्षती भएको धनमालको विस्तृत विवरण संकलन जारी रहेको पनि प्रहरी निरीक्षक वस्नेतले नागरिकन्युजलाई बताए।
आगलागीलाई इटहरी, बिराटनगर, दमक र धरानबाट आएका बारुणयन्त्रले दुई घण्टा भित्रमा नियन्त्रणमा लिएको थियो ।