यस्तो बन्दै छ धरहरा
१८ साउन २०७३
•
९ मिनेट पाठ
यस्तो बन्दै छ धरहरा
काठमाडौं- विनाशकारी भूकम्पमा ध्वस्त धरहरा पुनर्निर्माणका लागि पुरातत्व विभागले प्रारम्भिक डिजाइन तयार पारेको छ। राजधानीको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सोमबार ती डिजाइन सार्वजनिक गरिए।

विभागले दुई महिनाभित्र डिजाइन तयार पार्ने गरी केज कन्सल्ट/एमआरबी एसोसिएट प्रालिलाई जिम्मा दिएको थियो। कार्यक्रममा संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको उपस्थितिमा कम्पनीका इन्जिनियर विष्णु पन्थीले पुनःसंरचनासहितको धरहरा क्षेत्रको खाका प्रस्तुत गरे। प्रारम्भिक डिजाइनअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्न करिब ३ अर्ब रुपैयाँ र ३ वर्ष लाग्ने उनले बताए।

विभागका महानिर्देशक भेषनारायण दाहालले अहिले सार्वजनिक डिजाइन अन्तिम भने नरहेको जानकारी दिए। 'अहिलेको डिजाइन छलफलका लागि सार्वजनिक गरेका हौं,' उनले भने, 'छलफलपछि साउन २६ गते पूर्ण डिजाइन तयार हुनेछ।'

एघार तलाको डिजाइन

नयाँ डिजाइनअनुसार धरहरा अहिले रहेभन्दा पूर्वतर्फ निर्माण गरिनेछ। भग्नावशेषका रुपमा रहेको संरचना भने रंगरोगनसहित जस्ताको त्यस्तै राखेर संरक्षण गरिनेछ। नयाँ बन्ने धरहराको बाहिरी स्वरूप पहिलेको भन्दा अलिकति पनि फरक नपर्ने कम्पनीको दाबी छ। यद्यपि त्यो ९ तले हुनेछ, उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट नै राखिनेछ। 'धरहरालाई आधुनिकीकरण गर्ने अवसर हो योे,' इन्जिनियर पन्थीले भने, 'त्यसैले  भित्री स्वरूप भने पूरै सुविधासम्पन्न हुनेछ।' उनका अनुसार अपांगता भएका, बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुईवटा लिफ्ट राखिनेछ। थपिएका दुई तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ।

धरहरा क्षेत्रलाई आधुनिक र पर्यटकीय स्थलका रुपमा पुनर्निर्माण गर्न अहिलेको ठाउँ मात्र पर्याप्त नहुने भएपछि गोस्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गासमेत गाभिने भएको छ। योसहित धरहरा क्षेत्र ४२ रोपनीमा फैलने भएको छ। हुलाक र टक्सारको जग्गा धरहरा क्षेत्रलाई उपलब्ध गराउन मन्त्रिपरिषद् बैठकबाटै निर्णय भएको मन्त्री पोखरेल जानकारी दिए। नयाँ धरहरा ८ रेक्टरसम्मको भूकम्प प्रतिरोधी रहने पनि उनले बताए।

गार्डेन, पार्किङ, फाउन्टेन, संग्रहालयसहित उपत्यकाकै रमणीय पर्यटकीय स्थल बनाउन सकिने योजना सुनाउँदै इन्जिनियर पन्थीले भने, 'डिजाइनअनुसार नै निर्माण हुने हो यो पशुपतिपछिको महŒवपूर्ण पर्यटकीय स्थल बन्नेछ, विदेशीको एक दिन सहजै बित्नेछ तर सरकारले कसरी बनाउँछ, हेर्न बाँकी छ।' उनका अनुसार संग्रहालयमा टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायत सामग्री राख्न सकिनेछ।

कसले गर्छ कार्यान्वयन?

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गतेको 'ऐतिहासिक धरोहर पुनर्निर्माणमा संकल्प' कार्यक्रममा 'मेरो धरहरा म बनाउँछु' अभियान सुरु गरेका थिए। नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोष गर्दै उनले आफ्नो एक महिनाको तलब ६१ हजार ८ सय २० रुपैयाँ पुनर्निर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गरेका थिए। यसपछि विभिन्न संघसंस्था र व्यक्तिले धरहरा पुनर्निर्माण कोषमा रकम जम्मा गरिरहेका छन्। अहिलेसम्म धरहरा पुनर्निर्माण कोषमा करिब २ करोड रुपैयाँ मात्रै जम्मा भएको प्राधिकरण कर्मचारी सन्ध्या भट्टराईले जानकारी दिइन्। कम्पनीले भने डिजाइनअनुसारको संरचना तयार गर्न कम्तीमा ३ अर्ब लाग्ने जनाएको छ।

'धरहरा जनताको पैसाले बनाउने घोषणा गरिए पनि विभिन्न व्यक्ति तथा कम्पनीले हामी बनाउँछौं भनी अनुमति मागिरहेकै छन्,' मन्त्री पोख्रेलले भने, 'तर, डिजाइन निर्क्योल भइसकेपछि जनताबाट पैसा आउने क्रम बढ्नेछ। नेपाल टेलिकम पनि पैसा दिन तयार छ।' पोख्रेलका अनुसार टेलिकम ३ अर्ब रुपैयाँ नै लगानी गर्न तयार छ। उनले धरहरा बनाउने नीति बनिसकेकाले अब जुनसुकै सरकार आए पनि नरोकिने दाबी गरे।

ऐतिहासिक पक्ष

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा सुन्धारास्थित बागदरबारछेउ आफ्नो र महारानी त्रिपुरसुन्दरीदेवीका नाममा दुईवटा धरहरा निर्माण गरेको इतिहासकार बताउँछन्। १९९० सालको भूकम्पमा भीमसेनका नामको धरहरा जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरा पर्‍यो। त्यही धरहरा तत्कालीन राणकालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए। भीमसेनले निर्माण गरेको धरहरा एघारतले थियो,  पुनर्निर्माणमा दुई तला घटाइयो। इँटा र वज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण)बाट निर्मित धरहरा र वरिपरिका पर्खाल मुगलशैलीका थिए।

कसले गर्ने व्यवस्थापन?

काठमाडौं महानगरपालिकाले पुनर्निर्माणपछि धरहराको व्यवस्थापन सरकारको निर्णयबमोजिम हुने जनाएको छ। 'नेपाल सरकारबाट नै व्यवस्थापन समिति बनाई त्यसमार्फत कसरी र कसले व्यवस्थापन गर्ने टुंगो लगाइनेछ,' महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने।

यसअघि महानगरपालिकासँगको सम्झौतामा निजी कम्पनी साइडवाकर्स ट्रेडर्स प्रालिले धरहार क्षेत्र सञ्चालन गर्दै आएको थियो। २०६१ सालमा कम्पनीले धरहराको रंगरोगन, संरक्षण तथा भत्किएमा पुनर्निर्माणसहितको २० वर्षे सम्झौता गरेको थियो।

कम्पनीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारीबाट पन्छाउने अनि काम सुरु भएसँगै उक्त क्षेत्र सञ्चालनको जिम्मा भने उसैलाई दिने गरी तयारी भइरहेको बुझिएको छ। कम्पनीले भूकम्पपछि पनि धरहरा क्षेत्रको व्यापारिक दोहन गरिरहेकै छ। पसल, रेस्टुराँ निर्बाध सञ्चालित छन्।

महानगर निकट स्रोतका अनुसार पुनः सोही कम्पनीलाई व्यवस्थापन जिम्मा दिने गरी कुरा अघि बढाइएो छ। 'सम्झौता अनुसार कम्पनीको अझै केही वर्ष बाँकी छ,' स्रोतले बतायो, 'अझै समयावधि थप्न कम्पनीले महानगरसँग पत्र पेस गरेको छ।' महानगर कार्यकारी अधिकृतले भने कम्पनीसँग कुनै सम्झौता नभएको दाबी गरेका  छन्। 'कम्पनीलाई जुन  संरचना व्यवस्थापनका लागि सम्झौता गरेको हो, त्यो नै नभएपछि कसरी सम्झौता गर्न सकिन्छ?,' उनले भने, 'धरहरा व्यवस्थापनमा अब नेपाल सरकारकै निर्णय लागू हुनेछ।'
अर्को समाचार
बेवास्ताले जीर्ण बन्दैछ सुन्धारा
०४ मंसिर २०६७
•
६ मिनेट पाठ
बेवास्ताले जीर्ण बन्दैछ सुन्धारा
अर्जुन सुवेदी, काठमाडौं, मंसिर ५- दैनिक हजारौं आम्दानी हुने धरहरा आकर्षक भएपनि छेउकै ऐतिहासिक महत्व बोकेको सुन्धारा जीर्ण बन्दै गएको छ।
  धरहरा र सुन्धारा व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनी र काठमाडौं महानगरपालिकाले वेवास्ता गरेपछि छ बर्षयता सुकेको यसमा पानी ल्याउने कुनै प्रयास गरिएको छैन। उल्टो पानी जमेर पोखरी बनेपछि यो महत्वपूर्ण स्थान फोहोरको आहालमा परिणत भएको छ।

महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापितको पालामा यो क्षेत्र व्यवस्थापन गर्न २० बर्षका लागि साइड वाकर्स प्रालिलाई जिम्मा दिइएको हो। धरहरा चढ्ने सर्वसाधारणबाट राम्रो आम्दानी गर्दै आएपनि नजिकैको सुन्धारालाई यो निजी कम्पनीले वेवास्ता गर्दै आएको छ।

साइड वाकर्सले आम्दानीको आधार रहेको धरहरामा मात्र आफूलाई केन्द्रित गर्दा यस्तो स्थिति उत्पन्न भएको आरोप महानगरका कर्मचारी लगाउँछन्। 'आफुलाई आम्दानी हुने ठाउँलाई मनपरि प्रयोग गर्ने र आम्दानी नहुने क्षेत्रलाई वेवास्ता भएपछि सुन्धारा जिर्ण भएको छ,' महानगरका एक कर्मचारीले नागरिकसँग भने, 'महानगरका केहि पदाधिकारीको स्वार्थका कारण ठेकेदार कम्पनीले न्युनतम शर्तसमेत पुरा गरेका छैनन्।' उनका अनुसार तत्कालिन मेयर स्थापितको दवावमा उतिखेरै धरहरा व्यवस्थापनको सम्झौता महानगरको हित विपरित गरिएको थियो। जनप्रतिनिधि नभएकै मौका पारेर पछिल्लोसमय ठेकेदारले नियमित रुपमा बुझाउनु पर्ने राजश्व समेत समयमा बुझाउन छाडेको उनले बताए।

महानगरपालिका राजश्व महाशाखा प्रमुख नुरनिधि न्यौपानेका अनुसार सम्झौता समयमा साइड वाकर्स प्रालिले महानगरलाई बुझाउनुपर्ने मासिक ६० हजार रुपैयाँ सम्वन्धित वडाको सम्पदा संरक्षणमा जाने गरेर तिर्ने प्रावधान थियो। यसरी महानगरपालिकाको मध्यस्थतामा धरहराले छोएको ११, २२ र २४ वडाका प्रमुखहरु रहेको सम्पदा संरक्षण कोष खडा गरेर लगानी गर्ने व्यवस्था भएकाले त्यसैलाई आधार बनाएर पैसा बुझाउन साइड वाकर्सले आनाकानी गर्दै आएको न्यौपाने बताउछन्। कम्पनीले लामो समय पैसा नबुझाएपछि महानगरपालिकाका सम्पदा महाशाखा प्रमुख संयोजक रहने र वडा सचिवहरु सदस्य रहने गरि कोष स्थापना गरि गत वर्षयता मात्र बक्यौता असुल सुरु गरिएको हो।

ठेकेदारले बढी आम्दानी गर्न खोज्ने र महानगरले वेवास्ता गरेका कारण सुन्धारा क्षेत्र अपहेलित बन्न पुगेको गुनासो स्थानीयवासीको छ। 'महानगर र ठेकेदार दुवै यस्ता महत्वपूर्ण स्थानको संरक्षण गर्नुभन्दा बढी पैसा असुल गर्न तिर केन्द्रित छन्,' स्थानीयवासी अनिल महर्जनले नागरिकसँग भने, 'सुरुमै यस्ता सम्पदाको संरक्षण गर्ने अनिवार्य प्रावधान सम्झौतामै राख्नु पर्थ्यो।'

अनिलका अनुसार ठेकेदारले चाहने हो भने सुन्धारा पहिलेजस्तै बनाउन मुश्किल छैन। 'धाराको संरचना अहिले पनि जस्ताको त्यस्तै छन्,' उनी भन्छन्, 'धरहराकै आम्दानीबाट कतैदेखि ल्याएर भए पनि त्यहाँ पानी खसाल्न सकिन्छ।'
साइड वाकर्सले भने महानगरपालिकाले नै सम्झौता पालना नगरेको दोष दिदै आएको छ। 'धारामा पानी खसाल्ने कुरा सम्झौतामा कतै उल्लेख छैन,' साइड वाकर्सका प्रतिनिधी सन्जिव तुलाधर भन्छन्, 'सहमति चाहिँ भएको हो। तर, त्यसका निम्ति महानगरपालिकाले नै पहल गर्नुपर्छ।' महानगरपालिकाले पानी र निकासको व्यवस्था गरिदिएमा आफूहरुले त्यसको मर्मत सम्भार र संरक्षण गर्ने सन्जिवले प्रष्ट पारे।

श्रोतको अभावले गर्दा त्यहाँ ढलको निकास र धारा ब्यूँताउन नसकिएको महानगरपालिका बताउँछ। सम्पदा महाशाखाका प्रमुख इन्द्रमान सिंह सुवालका अनुसार जमिनको सतहबाट करिव ३० फिट गहिराइमा रहेको सुन्धारा र पोखरीमा जम्मा हुने पानी निकास गर्ने करिव ४० मिटर ढलमा समस्या देखिएको छ। 'सुन्धारा नजिकै काठमाडौं मलको भवन बनेयता त्यहाँ पानी आउन बन्द भएको हो,' सुवालले नागरिकसँग भने, 'यसलाई फेरि पुरानै रुपमा फर्काउने चाहना हाम्रो पनि छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस