सेनाका पूर्व सिनियर अधिकृत जितेन्द्रजंग कार्की परिवारको इटहरी वडा नं. १९ मा पर्ने एक विघामध्ये केही जग्गा स्थानीयसँगै संघसंस्थाले हड्पेको खुलेको छ।
साविक हासपोसा वडा नं. ४ (ग) को कित्ता नं.६९२ र पछि कित्ताफोड हुँदाको कित्ता नं. ४५८२, ४५८३ र ४५८४ गरि एक विगाहा रहेकोमा त्यसमध्ये केही जग्गा मन्दिर, स्कुल, जेजीस संस्थासँगै केही स्थानीयले हड्पेको खुलेको हो। जिल्ला अदालत सुनसरीले जग्गा यकिन गर्नका लागि शनिबार नापी टोलीलाई खटाउने आदेश दिएर नापी हुँदा भूमाफिया मिलेर हड्पेको कार्की परिवारले जनाए। कार्की परिवारले सो जग्गा २०५७ सालमा खरीद गरेका थिए।
अहिले काठमाडौं निवासी जितेन्द्रजंगका अनुसार जग्गा खरीद गरेपछि त्यसको सम्पूर्ण रेखदेख बाबुले गर्दै आएकोमा २०६३ सालमा निधन भएपछि २०७१ सालदेखि जग्गा खोजी गर्न थालिएको हो। ‘सेनामा कार्यरत रहँदा माओवादी द्धन्दकालले गर्दा खासै जग्गा खोजी गर्न ध्यान गएन,’ कार्कीले भने, ‘२०७१ सालदेखि जग्गा खोजी गर्दा शुरुवातमा त स्थानीय र भूमाफियाले गर्दा जग्गा नापजाँच गर्न नै असहज स्थिती सिर्जना गरे। यसपटक तेस्रो प्रयासमा मात्र जग्गा नापी भयो।’
इटहरी वडा नं. १९ र २० को सीमना खार्साला खोला आसपास रहेको जग्गा पछिल्लो समय भने अदालतमा मुद्दा दायर गरेपछि अदालतबाट नापी गर्न आदेश भएकाले गर्दा सम्भव भएको हो। ‘अरुको जग्गा पुगेर हाम्रो नपुग्दा हामीलाई कुनै आपत्ती भएन,’ कार्कीले भने, ‘हामी पूर्जा एक विगाहाको बोकेर बस्नुपर्ने, कर पनि एक विगाहाकै तिर्दा हामीमाथि ठूलो अन्याय भो।’ उनले भूमाफियाले बडो चलाखीपूर्वक जग्गा विक्री गरेको र ती प्रमाण समेत संकलन गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको जनाए। ‘हाम्रो जग्गा नपुग्नुमा केही प्राविधिक त्रृटी पनि होला तर भूमाफियाले बडो चलाखीपूर्वक जग्गा विक्री गरेर हड्पेको पाइएको छ,’ उनले भने।
जग्गा नापी हुँदा पुगेका वडा नं. २० का वडाअध्यक्ष मणीराम श्रेष्ठले वडा नं. १९ र २० को सीमाना भएकाले गर्दा सीमाना छुट्याउँदा जग्गा खप्टिएको वा कसैले जग्गा ओगटेको पाइएमा त्यसरी जग्गा ओगट्नेलाई झिकाएर जग्गाधनीसँग सहमति गराउन पहल गरिने बताए। ‘पहिला जग्गा देखिनु प¥यो, त्यसपछि स्थानीय तहले गर्ने समन्वय गराउनेछ,’ उनले भने।
कार्की परिवारको जग्गा इटहरी वडा नं. १९ सँगै वडा नंं. ५ मा पनि एक कठ्ठाभन्दा बढी जग्गा अरुले हडपेर प्रयोग गरेकोमा अहिले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। कार्की परिवारले इटहरी वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसलाई समेत जग्गा दान गरेका थिए। तर, क्याम्पसलाई दाताले दिएको जग्गामध्ये कतिपय जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा नदेखिने र क्याम्पसको स्वामीत्वमा रहेको जग्गामा समेत गढबढ भएको जनाउँदै कार्की परिवारले अख्तियार दुरुपायेग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्।
क्याम्पसलाई जग्गा प्रदान गर्ने २१ जना दाता रहेको रेकर्डमा उल्लेख छ। तर, ती दाताले उपलब्ध गराएको जग्गामध्ये कतिपयको जग्गा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको रेकर्डमा भेटिदैन्।
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।
शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।
गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...