माघी एंव खिचडी महोत्सवमा आमन्त्रितलाई थारुहरूको खानाको विशेष परिकारको स्वादका लागि बुद्धभुमी नगरपालिकाको बुढढीमा कार्यक्रम स्थलबाटसंगै कोठामा लगियो। त्यहाँ थारुहरूले बिभिन्न परिकारहरू टपरीमा पस्किँदै गए। आफ्नो अगाडी एक्कासि घोघीको परिकार देखे पछि आगन्तुकहरू झस्किए। खिचडीसंगै घोघीको मासु पनि देखे पछि उनीहरु त्यो परिकार खाने कि नखाने कुरामा एकै छिन दोधारमा परेका थिए। महोत्सवमा आएका पाहुनाहरूलाई घोघीसंगै थारुका बिभिन्न परिकारहरू खुवाइएको थियो। थारु जातीको राम्रो परिकार मानिने घोघीको मासु पाहुनाहरू सबैलाई दिए पछि धेरै जना अकमक्क मानेका थिए।
कार्यक्रममा पुगेका थारु बाहेक अन्य जातीले निक्कै अप्ठ्यारो मानी मानी खाएका थिए। कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद सुरेन्द्रराज आचार्य लुम्बिनी प्रदेश सदस्य नवराज लामिछाने बुद्धभुमीका मेयर केशव श्रेष्ठ, , राजनीति दलका नेता, स्थानीय अगुवा संचारकर्मीले थारु परिकारको संरक्षणका लागि खाएको बताए। घोघी खोल्सा, कुलो, पोखरी र नहरमा पाइने एक प्रकारको जीव हो।
सो परिकारसंगै ढिकुरी, सुकेको माछा पकौडा लगायतका आधा दर्जन परिवारहरूको स्वाद आगन्तकुहरुले पाएका थिए। कला संस्कृति र उपभोग्य खाँद्यबस्तुको संरक्षण गर्दै कपिलवस्तुको बुद्धभुमी नगरपालिको चवन्न स्थित क्याम्पस परिसरमा आयोजित पाचौ बुद्धभुमी माघी – खिचडी ) महोत्सव र लावा पर्वमा देखिएका दृश्य हो यो। सांसद आचार्यले बदलिँदो परिबेशसंगै थारुहरूको परम्परागत कला संस्कृति समेत लोप हुँदै गएको बेला गरिएका यस्ता महोत्सवले थारुहरूको संस्कृतिको जर्गेना गर्ने बताए। ‘
घोघी खादा अप्ठेरो लाने पनि थारुहरूको संस्कृतिको सम्मान र संरक्षणका लागि घोघी खाएको थिए ’ उनले भने ‘ उनीहरूको कला संस्कृति भेषभुषको महोत्सवमा पाइयो। प्रदेश सदस्य लामिछानेले अहिलेको अवस्थामा धर्मसंगै आफ्नो जातको संस्कृति जर्गेना गर्न गरिएको महोत्सव आफैमा राम्रो कुरा भएको बताए। उनले थारुको कला संस्कृति भेसभुसा लगायतका कुरालाई उत्पादनसंग जोडर अघि बढ्नु पर्ने बताए। महोत्सवका लागि नगरपालिकाले सुरु देखि नै सहयोग गरेको छ। बुद्धभुमीका मेयर केशव कुमार श्रेष्ठले थारुहरूको पहिचान र कला संस्कृतिका लागि यो महोत्सव आफैमा राम्रो काम भएको बताए।
थारुहरूको बढी जनसंख्या रहेको बुद्धभुमीमा थारुहरूको कला संस्कृति विकासका लागि आफ्नो पालिकाले होमस्टे र थारु सङ्ग्रहालय स्थापनाका लागि पहल गरेको बताए। नगरपालिकाकी उप मेयर मीरा थारुले आदिवासी र धर्ती पुत्रका रुपमा रहेको थारु जातिको पहिचान र संस्कृति जर्गेनाका लागि यो महोत्सव सहयोग हुने बताईन। ‘ नयाँ पुस्ताहरूले थारुको संस्कृति बिर्सदै गएका छन यसलाई बचाई राख्नु हाम्रो दायित्व हो ’ उनले भनिन। यस्तै वडा अध्यक्ष पवन थारुले माघी पर्व थारुहरूको मात्र नभई समावेशी पर्व बन्दै गएको उनले बताए। उनले थारुहरूको संस्कृतिको जर्गेना गर्न नगरपालिकामा यो कार्यक्रमलाई निरन्तरता दिने बताए। दुई दिन सम्म चलेको महोत्सवमा महिला र पुरुषहरू आ आफ्नो भेषभुषामा सजिएर आएका थिए।
पुरुष भन्दा महिलाहरु आफ्नो छुट्टै पहिचान बोकेर आएका कारण सबैको आकर्षणको केन्द्र बनेका थिए। महिलाहरु लेहंगा चोली लगाई ओढनी ओढेर अरिया लगाएर थिए। त्यस्तै उनीहरुले घाटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कढा लगाएका थिए। कानमा झुम्का र नाकमा नथुनीले पनि उनीहरूको कला संस्कृति झल्कन्थ्यो। यस्तै अन्य कतिपय थारु महिलाहरु छैकल, बाजु, बहु महुची र माला लगायतका गह गहनामा सजिएर आएका थिए। यस्तै आधुनिक जिन्स पाइन्टमा देखिने पुरुषहरू पनि थारु भेषभुषामा सजिएर आएका थिए। उनीहरुले धोती जामा लगाई बाहिर कट आसकोटमा पगडी र भेगाई लगाएर आएका थिए। नाच र गानमा उनीहरुले बिभिन्न विषय उठान गरेका थिए। महोत्सवको अर्को आकर्षण थियो मयुर, झुमरा नाच। २ दिन महोत्सवमा झर्रा, लाठी नाच लगायतको प्रतियोगिता हुने मूल आयोजक समितिका संयोजक सन्तराम थारुले बताए। महोत्सवमा दुई दर्जन बढी स्टलहरू समेत राखिएका छन। महोत्सवको उद्घाटन समारोहमा एक दर्जन बढीले शुभकामना मन्तव्य दिएका थिए।
उता माघी पर्वको रौनक जिल्लामा रहको थारु समुदायमा एक हप्ता अघि देखि नै देखिएको छ। लुम्बिनी प्रदेशले माघी पर्वलाई लक्षित गरी २ दिनको सार्वजनिक बिदा दिइए पछि उनीहरु झनै हर्षित बनेका छन। ढेड दशक अघि देखि जिल्लाको बाणगंगा नगरपालिकाबाट सुरुवात गरिएको थारु माघी महोत्सव अहिले जिल्लाका बिभिन्न स्थानमा गरिएको छ। शिवराज नगरपालिका र बाणगंगा नगरपालिकामा समेत माघी महोत्सव मनाइने छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।
मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।
प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।
पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।
२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।
लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।
एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।
थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।
बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।
कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।
आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।
उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।
उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।
महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।
एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...