फेरि दुई नक्कली डाक्टर पक्राउ
२६ साउन २०७३
•
३ मिनेट पाठ
फेरि दुई नक्कली डाक्टर पक्राउ
काठमाडौं— प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली चिकित्सकविरुद्ध सञ्चालन गरेको अप्रेसन क्वाकअन्तर्गत उनीहरू ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लगनखेलस्थित मिडाट अस्पतालमा कार्यरत फर्जाना सविहा र महाराजगन्जस्थित शिवपुरी डेन्टल क्लिनिकमा कार्यरत किशोर गुरुङ छन् ।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार दुवैले चिकित्सा विज्ञान अध्ययनका लागि भारतीय बोर्डको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । सबिहाले एमबिबिएस र गुरुङले बिडिएस अध्ययन गरेका हुन् । नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएका दुवै जना त्यसैका आधारमा अस्पतालमा कार्यरत थिए ।

धरौटीमा छुटेर सेवामा

काउन्सिलले कारबाही अघि नबढाउँदा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पक्राउ परी धरौटीमा छुटेका चिकित्सकहरू फेरि सेवामा फर्किएका छन् । असारमा देशभरबाट पक्राउ परेका ३६ चिकित्सकमध्ये अधिकांश अदालतले मागेको धरौटी बुझाएर छुटेका छन् । ब्युरोले ती सबैविरुद्ध ठगी मुद्दा दायर गरेको ब्यहोरा र नक्कली शैक्षिक प्रमाणपत्रसहित काउन्सिललाई पत्र लेखे पनि कुनै कारबाही अघि बढेको छैन ।

काउन्सिल अध्यक्ष धर्मकान्त बाँस्कोटाले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकका सम्बन्धमा आफूले बोल्न नमिल्ने बताए । उनले यसबारे काउन्सिलका रजिस्ट्रारसँग बुझ्नुुपर्ने भन्दै पन्छिए । ‘अहिले काउन्सिलमा प्रवक्ता छैन, एक जना रजिस्ट्रार हुनुहुन्छ, उहाँलाई सोध्नुस्,’ बाँस्कोटाले सोमबार नागरिकसँग टेलिफोनमा भने ।

पक्राउ परेका ३६ चिकित्सकमध्ये अधिकांश विशेषज्ञ र सरकारी तथा निजी अस्पतालमा लामो समयदेखि कार्यरत थिए । बुद्धिमान श्रेष्ठ, अरुणकुमार गुप्ता, गजानन्दप्रसाद भण्डारी, सन्तोषकुमार झा, सञ्जय गुप्ता, मोहम्मद रुहुल्लाह, लिली राजवंशी र वोदित आचार्य नाम चलेका चिकित्सक हुन्।
अर्को समाचार
नक्कली डाक्टर पक्राउ, ४ क्लिनीकमा सील
३० साउन २०७०
•
२ मिनेट पाठ
नक्कली डाक्टर पक्राउ, ४ क्लिनीकमा सील
भैहरवा - दाँतको नक्कली डाक्टर बनेर उपचार गरिरहेका एक जनालाइ आज बुटवलबाट पक्राउ गरिएको छ। बुटवल स्थित हाटबजार लाइनमा रहेको नेपाल डेण्टल ल्याव तथा इन्स्ट्रमेन्ट सप्लायर्सको नाममा सञ्चालित पसलमा डाक्टर बनेर दाँत तथा मुखको उपचार गरिरहेको अवस्थामा बुधबार जिल्ला अनुगमन समितिले पसल संचालक जितेन्द्र सिहंलाइ पक्राउ गरेको हो।सिहंले भारतको पन्जावबाट दातको डाक्टर लेखिएको नक्कली सर्टिफिकेट ल्याएर बर्षौ देखि दाँत तथा मुख सम्बन्धि उपचार गरिरहेकेा पाइएकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

बुटवल नगरपालिकामा डेण्टल सामान सप्लायर्सको नाममा पसल दर्ता भएपनि सिंहले बर्षौ देखि सानो र अध्याँरो कोठामा दाँत भर्ने, उखाल्ने नयाँ दाँत राख्ने लगायतका दाँत तथा मुख सम्बन्धि गम्भीर खालका उपचार गर्ने गरेकेा अनुगमनका क्रममा फेला पारेको बाणिज्य कार्यालय प्रमुख चेत प्रसाद उप्रेतीले बताए। नक्कली डाक्टर बनेर उपभोक्ताको स्वास्थ्य माथि गम्भीर खेलवाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले थप अनुसन्धान गरी उपभोक्ता ऐन अर्न्तगत कारवाही गरीने उप्रेतीले बताए। बुधबार अनुगमनमा गएको जिल्ला अनुगमन समितिले सिहंलाइ पक्राउ गरी पसल सिल गरेकेा छ। टोलीले थप ३ वटा डेण्टल क्लिनीकमा पनी सिलबन्दी गरेको छ।

अनुमती बिनै बिगत १२ बर्षदेखि संचालन भइरहेका बुटवलको कान्तिपुर डेण्टल क्लिनिक, द डेण्टल होम र मणिग्रामको धौलागीरी डेण्टल क्लिनीकमा अनुगमन टोलीले सीलबन्दी गरको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस