झमक जस्तै पेमा
२६ साउन २०७३
•
५ मिनेट पाठ
झमक जस्तै पेमा
काठमाडौं–झट्ट देख्दा पेमा शेर्पा (१३)ले साहित्यकार झमक घिमिरेकै सम्झना गराउँछिन्। शारीरिक अवस्था र लेख्ने शैलीसमेत घिमिरेजस्तै छ भने पेमाको चाहना समेत लेखिका बन्ने छ। पेमाका दुईवटै हात र बायाँ खुट्टा चल्दैनन्। बोल्न खोज्छिन् तर सक्दिनन् । अरुले सोधेका प्रश्नको जवाफ दिनुपर्दा दायाँ खुट्टाले संकेत गर्छिन्। संकेत नबुझे त्यही खुट्टाले लेखेर देखाँउछिन् ।

१३ वर्षीया पेमालाइ के बन्ने भनेर सोधे खुट्टाले लेखेर लेखक भन्छिन्। पेमाको साथमा साहित्यकार घिमिरेको ‘जीवन काँडाकी फूल’ पुस्तक पनि छ। कतिपयले के बन्ने भनेर सोधेका बेला पुस्तकमा रहेको खुट्टाले लेख्दै गरेको झमकको फोटो देखाउने गरेकी छन्।

पेमाले झमकलाई भेटिसकिन् । केही समयअघि जन्मदिनको अवसरमा काठमाडौं आएकी झमकसँग छिमेकी सीमा श्रेष्ठले लैनचौरस्थित एउटा कार्यक्रममा भेटघाट गराइदिएकी हुन्। ‘जीवन काँडाकी फूल’ पुस्तक पनि पेमाले त्यहीबेला झमकबाटै लिएकी थिइन्।

दोलखा चौखुकी पेमा जन्मदै फरक क्षमताकी थिइन्।

‘सात महिनापछि थाहा पायौं, गाउँमा धामीझाँक्री लगाउँदा ठीक नभएपछि उपचारको लागि पेमा डेढ वर्षकी हुँदा काठमाडौं ल्याएका हौं,’ पेमाकी आमा लप्टी शेर्पाले भनिन्, ‘उपचारको प्रयास गरे पनि ठीक भएन। त्यसपछि यतै बस्दै आएका छौं।’ पेमाको परिवार अहिले धापासीमा बस्छ। पेमाका बुबा पेम्बा घर रंगाउने र आमा लप्टी गाडामा तरकारी बेच्छिन् । पेम्बा र लप्टीकी एक्ली सन्तान हुन् पेमा ।

पेमाका बुबाआमाले उनलाई सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराए। चिकित्सकले नसासम्बन्धी रोग लागेकाले शारीरिक अभ्यास गर्न भनेपछि गोंगबुस्थित एउटा अपांग बालबालिका स्याहार केन्द्रमा २ वर्षसम्म निःशुल्क र त्यसपछि मासिक हजार रुपैयाँ तिरेर ३ वर्ष उपचार गराए। त्यहाँ शारीरिक व्यायाम गराउने र पढाउने व्यवस्था त थियो, तर तिर्नुपर्ने शुल्कको जोहो गर्न नसकेपछि आफूसँगै राखेको आमा लप्टीले सुनाइन् ।

व्यायामपछि नै पेमा उठेर बस्न सक्ने र दायाँ खुट्टाको सहायताले लेख्न थालेकी हुन् । अहिले उनी दाँया खुट्टाको बुढी र माइली औंलाले कलम समातेर आफ्ना भावना व्यक्त गर्नसक्ने भएकी छन् । अयिहले उनी झमकको आत्मकथा ‘जीवन काँडाकी फूल’ पढ्ने प्रयास गरिरहेकी छन् । टेलिभिजनमा सूचनामूलक कार्यक्रम पनि हेर्छिन् ।

हिन्दी भाषा बुझ्छिन् भने अंग्रेजी पनि अलिअलि बुझ्ने र कनिकुथी लेख्ने गर्छिन् । स्वाध्यायन गरिरहेकी पेमालाई केही समययता छिमेकी सीमा श्रेष्ठले सघाइरहेकी छन् । ‘पेमासँग तीक्ष्ण क्षमता रहेको हुँदा एकदिन झमक घिमिरेजस्तै बन्न सक्छिन्,’ सीमाले भनिन्, ‘पेमाको शारीरिक अवस्थादेखि धेरै कुरा र व्यवहारसमेत झमकसँग मिल्दोजुल्दो छ ।’ सीमाका अनुसार पेमाको मस्तिष्क तेजिलो छ र उनी अध्ययनशील छन् ।

सीमा र पेमाको भेट भएको करिब दुई महिना भयो । सीमाले नै पेमाबारे फेसबुकमा लेखेपछि उनको चर्चा भएको हो ।

अहिले भने पेमालाई अध्ययनका लागि शेर्पा युवा संघका फुरलाक्पा शेर्पाले आवश्यक शैक्षिक सामग्री जुटाउन सघाएका छन् । सीमाले दैनिक ३ घन्टा उनलाई अध्यापन गराउँदै आएकी छन् । सीमासँग अध्ययन गर्ने बाहेक अरु बेला पनि पेमा पढ्ने, लेख्ने र टिभीमा समाचार तथा सूचनामूलक कार्यक्रम हेर्ने गरेकी छन् । उनी खुट्टाले नै मोबाइल चलाउँछिन्, आफूलाई समस्या पर्दा बुबाआमालाई मिसकल गर्छिन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस