भोजराज भाट, काठमाडौं, फागुन २३- राष्ट्रसंघीय सुरक्षा फौज तैनाथ भएको एक वर्ष नबित्दै अफ्रिकी राष्ट्र चाडले शान्ति मिसनका सबै अंगलाई दुई महिनाभित्र फर्कन निर्देशन दिएको छ।
राष्ट्रसंघीय शान्ति मिसन (मिनुरक्याट) को म्याद सिद्धिन एक साता बाँकी (मार्च १४) रहँदा चाड सरकारले अन्तिम विकल्पका रूपमा मिसनको म्याद दुई महिना मात्र थपेको छ। सामान्यतया मिसनको म्याद एक-एक वर्ष थपिन्छ।
जानकारका बुझाइमा चाड सरकारले दिएको दुईमहिने म्याद थप भनेको 'मिसन क्लोज' हुने संकेत हो। पहिलेको दिइएको म्यान्डेटअनुसार दुई महिना प्राविधिक म्याद थपिएको राष्ट्रसंघको आधिकारिक वेबसाइट मिनुरक्याट डट युएनमिसन डट ओआरजीले जनाएको छ।
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्न केही दिनअघि मिनुरक्याटका प्रतिनिधि ली रोय र चाडका राष्ट्रपति इद्रिस डेबीबीच भएको वार्तामा त्यस्तो निष्कर्ष आएको हो। राष्ट्रसंघले चाडमा आफ्नो ७० प्रतिशत मात्रै फौज तैनाथ गरेको छ। त्यसमा नेपाली सेनाको आठ सय ५० जनाको डफ्फासहित पाँच हजार पाँच सय सैनिक तथा प्रहरी त्यहाँ खटिएका छन्।
अझै पनि राष्ट्रसंघका प्रतिनिधिले त्यहाँ भइरहेको फौजमा संख्या नथपी कम्तीमा त्यसलाई एक वर्ष म्याद बढाउन कूटनीतिक तवरमा चाड सरकारसँग वार्ता जारी राखेका छन्। तर, निष्कर्ष सकारात्मक आउनेतिर उनीहरू विश्वस्त छैनन्।
म्याद नथपिने प्रबल सम्भावना बढेपछि राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयले नेपाली सेनालाई ६-६ महिना आलोपालो गर्ने २५० जनाको पहिलो 'एडभान्स' टोली हालका लागि नपठाउन पत्राचारसमेत गरिसकेको छ। उक्त टोली पाँचखालस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय शान्ति सेना तालिम केन्द्रबाट प्रशिक्षित भई यही मार्चको अन्तिमतिर चाडतर्फ जाँदै थियो।
राष्ट्रसंघको विशेष आग्रहमा नेपाल्ाी सेनाले सन् २००९ को अक्टोबरमा पहिलो दस्ता पठाएको हो। त्यही डफ्फामा मैना सुनार प्रकरणमा आरोपित मेजर निरञ्जन बस्नेत पनि थिए, जो पछि राष्ट्रसंघकै एकतर्फी निर्णयका आधारमा फिर्ता पठाइए। जनवरी २२ मा सेनाको पछिल्लो डफ्फा चाडतर्फ गएको हो।
चाडको मिसन हेडक्वार्टर सुरक्षार्थ 'फोर्स रिजर्ब बटालियन' का रूपमा नेपाली सेनालाई जिम्मेवारी दिइएको छ। कालीजंग नयाँ गण र सैनिक प्रहरीको स्पेसल युनिटलाई फोर्स कमान्डरले जहाँ पनि पठाउन सक्ने अभिभारासहित त्यहाँ खटाइएको हो। चाडमा हालै सहायक रथीमा बढुवा भएका ताजमानसिंह बस्नेतले कमान्ड सम्हालिरहेका छन्।
मिसनको अन्योल हुँदा जंगी अड्डाले चाडका लागि थप भर्ना र तालिम प्रक्रिया रोकेको छ। चाड मिसनका लागि २६ वटा बख्तरबन्द खरिद गर्न जंगी अड्डाले दुईपटक टेन्डर गरे पनि दुवै अस्वीकृत भएको थियो। पछिल्लो पटक रक्षा मन्त्रालयले 'गभर्मेन्ट टु गभर्मेन्ट' (जीटुजी) विधिबाट उक्त गाडी खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको थियो। मिसन नै रद्द भएपछि बख्तर खरिद प्रक्रिया स्थगित हुनसक्ने स्रोतको दाबी छ।
सुडान र चाड दुबै द्वन्द्वग्रस्त मुलुक हुन्। उनीहरूले एकअर्का मुलुकको विद्रोहीलाई उक्साएर द्वन्द्व चर्काइरहेका थिए। चाडमा आन्तरिक विद्रोहीबाट सताइएकाहरू ठाउँ छोड्दै शरणार्थी बनेका संख्या एक लाखभन्दा बढी छ। त्यसैगरी डाफरबाट गएका शरणार्थी पनि झन्डै दुई लाखको संख्यामा उत्तरी चाडमा अस्थायी पाल लगाएर बसोबास गरिरहेका छन्। शरणार्थीको जिउधनको सुरक्षा गर्न मानवअधिकारवादी संघसंस्थाको आग्रहमा सन् २००९ मार्चदेखि शान्ति फौज तैनाथ भएको हो।
चाडमा सन् २०११ आम चुनाव हुँदैछ। त्यसमा चाडका राष्ट्रपतिले मनोमानी गर्न नपाऊन् भनेर मानवअधिकारवादी संघसंस्थाले शान्ति सेना फिर्ता बोलाउन नहुने दबाब दिँदै आएका छन्। शान्ति सेना फिर्ता भएपछि चाडका शरणार्थीको सुरक्षामाथि प्रश्न चिन्ह उब्जिने उनीहरूको जिकिर छ। चाड सरकारले शान्ति सुरक्षाका नाममा शरणार्थी क्षेत्रमा अरबौं डलर खन्याएर आम जनतालाई फाइदा हुने कुनै काम नगरेको आरोप लगाउदै आएको छ।
मिसन फिर्ता बोलाउने योजना नेपाल सरकार वा राष्ट्रसंघ मुख्यालयमा भर पर्नेछ। कंगोमा ठूलो क्षेत्रफल भएकोले त्यहाँ सुरक्षा दस्ता नपुगेको राष्ट्रसंघको मुल्यांकनमा चाडको डफ्फा कंगो जानसक्ने सम्भावना उत्तिकै छ। यसअघि सन् २००६ मा बुरुण्डीमा मिसन रद्द हुँदा त्यहाँको 'अर्ब्जभर टोली' कंगो स्थानान्तर भएको थियो।