काठमाडौं- पानी परोस् या घाम लागोस्। जे हुँदा पनि सुख छैन राजधानीबासीलाई। ढल बिच्छ्याउने वा अन्य बहानामा खनेर असरल्ल छाडिएको सडक पानी पर्नासाथ पोखरी बन्छ। हिलो घुँडासम्मै आइपुग्छ। घाम लागोस्, फेरि त्यही सडक धुलोले हिँडिनसक्नु हुन्छ। र, यो नियति तत्कालको मात्र होइन, वर्षौंदेखि निरन्तर छ।
निर्माणकार्य बेलैमा सम्पन्न नगर्ने, सडक भत्किँदा तत्काल नबनाउने, घर बनाउँदा होसियारी नअपनाउने, आफ्नो घर बढारेर धुलोजति सडकमा खन्याउने बेथितिको सिकार स्वयं भइरहेछन् राजधानीबासी।
सकडपेटी भएर हिँडडुल गर्ने, सडकछेउ बन्दव्यापार गर्नेदेखि सार्वजनिक सवारीमा यात्रा गर्ने सबै जना धुलोको मार खेप्न विवश छन्। सरोकारवाला निकाय भने देखेनदेख्यै गरिरहेका छन्।
'पानी पर्दा सडकमा हिलोले हिँडिसाध्य हुँदैन, फेरि घाम लागे धुलोले सताउँछ,' जमलमा गाडी कुरिरहेकी कपनकी रमिला कार्कीले भनिन्, 'पानी पर्दा जिउभरि हिलोको छिटा पर्छ, घाम लाग्दा कपडा, अनुहार सबै धुलाम्मे हुन्छ।' पाँच वर्षदेखि राजधानी बस्दै आएकी उनी बिहान जतिसुकै सफाचट बनेर निस्के पनि सडकमा आउनासाथ धुलोले रुप बिगारिदिने बताउँछिन्।
धुलोकै कारण स्वास्थ्यमा समेत गम्भीर असर भोगेका छन्, थुप्रैले। 'ज्याकेट लगाई मास्क र सलले मुख छोपेर हिँड्ने गरेकी छु,' बौद्धकी पासाङ शेर्पा 'छेल्हमु'ले भनिन्, 'केही समय पहिला मास्क नलगाई बौद्धदेखि ठमेलसम्म पुग्दा बेलुकी रुघा लागेर हस्पिटलै जानुपर्यो।'
स्कुटरमा राजधानी चहारिरहने शेर्पा सम्बन्धित निकायले जिम्मेवारी बहन नगरिदिँदा आमनागरिकलाई मार परेको ठान्छिन्। उनका अनुसार राजधानीका मुख्य केन्द्र मानिने बागबजार, जमल, ठमेल, सुनधारा, त्रिपुरेश्वर, बानेश्वरलगायत स्थानमा बढी धुलो हुन्छ। 'एक–दुुई दिन पानी नपरे भने धुलोले सडक नै अन्धकारजस्तो हुन्छ,' उनले आक्रोश पोखिन्, 'आखिर यस्तै हालत कहिलेसम्म? कहाँ छन् जिम्मेवार निकाय?'
काठमाडौं महानगरभित्रका सडक सरसफाइ गर्ने जिम्मा पाएको काठमाडौं महानगरपालिकासँगै यसको उत्तर छैन। 'ठ्याक्कै धुलो नियन्त्रण हुने समय किटान गर्न त सकिन्न,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'हामी प्रयास गरिरहेका छौं।' तामाङका अनुसार सडक विस्तार र फुटपाथ निर्माणको कार्य भइरहेकाले धुलो बढेको हो। 'सडक तथा फुटपाथ निर्माणमा ठेकेदारले ढिलासुस्ती गरिदिँदा महानगरका मुख्य भागमा धुलो छ,' उनले भने, 'निर्माणकार्य सकिएपछि धेरै हदसम्म समस्या समाधान हुनेछ।'
धुलो सकेजति कम गर्न दैनिक रूपमा कुचीकार खटाइएको महानगरले जनाएको छ। महानगर वातावरण महाशाखाका अनुसार ६ सय ५० जना कुचीकार छन्। यी सबै जना दैनिक सात घन्टा महानगर बढार्न खटिनुपर्ने जिम्मेवारी छ।
स्थानीय भने कुचीकारहरू हप्ता–दसदिनमा बल्ल एकचोटि कुचो लिएर सकडमा निस्कने गरेको बताउँछन्। 'कुचीकार त कहिलेकाहीँ मात्रै आउँछन्,' बौद्धका दिलबहादुर कार्कीले भने, 'सधैं आएर बढारे सडक यति धेरै धुलाम्य हुन्नथ्यो।'
पछिल्लो सार्क सम्मेलनताका भने कार्कीले भनेजस्तै सक्रिय थिए महानगरका कुचीकार। ठाउँठाउँमा वृक्षरोपण गरिए। सडकमा रंगरोगन भयो, हरियाली बनाइयो। विदेशी पाहुनालाई देखाउन राजधानी चिटिक्क सिँगारिएको थियो। जसै सम्मेलन सकियो, बेवास्ताको उही शृंखला सुरु भइहाल्यो।
यो अवस्था विश्लेषण गर्दा महानगरले सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाही र स्रोतसाधन अभावलाई नै सम्पूर्ण कारण देखाउनु सही लाग्दैन। भएका स्रोतसाधन र कर्मचारी परिचालन गर्ने मामिलामा उसको गहिरो हेलचेक्य्राइँ प्रस्टिन्छ।
'पसलमा झुन्ड्याएर राखेको कपडा एकै दिन धुलोले छोपिन्छ,' ६ वर्षदेखि पुतलीसडक चोकमा कालीगण्डकी फेन्सी स्टोर सञ्चालन गरिरहेका उत्तम पाण्डेयले नागरिकसँग भने, 'धुलोले स्वास्थ्य त बिगारेकै छ, व्यापारमा घाटा पनि उत्तिकै सहनुपरेको छ।'
महानगरका कार्यकारी अधिकृत तामाङ धुलो नियन्त्रणलाई प्राथमिकतामा राखिएको र यसबारे सडक विभागसँग पनि कुरा अघि बढिरहेको बताउँछन्। 'ठूला सडकको धुलो नियन्त्रणमा सडक विभागलाई भनेका छौं भने भित्री सडक नियन्त्रणमा हामी योजना बनाइरहेका छौं,' उनले भने। सडक विस्तार तथा फुटपाथ निर्माण सकिएपछि महानगरले मेसिन (ब्रुमर) बाटै धुलो सफा गर्ने योजना बनाएको तामाङले जानकारी दिए। यसअघि महानगरले राजधानीका सडकमा तीनवटा ब्रुमर प्रयोग गरे पनि त्यसले निरन्तरता पाउन सकेन। महानगर वातावरण महाशाखाप्रमुख रविनमान श्रेष्ठका अनुसार सडकका संरचना बिग्रिएका कारण ब्रुमर चलाउन नसकिएको हो। महानगर चाँडै नै टेकु, बालाजु र रानीपोखरीमा धुलो मापन यन्त्र राख्ने योजनामा छ।
सडक, फुटपाथ, ढल, पाइपलगायत संरचना चुस्त राख्न सरकारी प्राथमिकता अभाव र सर्वसाधारण चुप बसेकाले समस्या झन् थपिँदै गएको वातावरणविद् तोरण शर्मा बताउँछन्। 'आफ्नै घरअगाडि धुलो उडिरहँदा चुपचाप सहन्छौं,' उनी भन्छन्,' सर्वसाधारणको यही कमजोरीले सरकारले ध्यान दिएन।'
शर्माका अनुसार दक्षिणी वायुको प्रभाव पनि राजधानीमा धुलो बढ्नुको कारण हो। भारतबाट वायुसँगै आउने धुलोका कण कचौरा आकारको काठमाडौं उपत्यकामा लामो समय रहने उनले जानकारी दिए। नजिकका विकसित देशको औद्योगिक प्रदूषणले हामीलाई सिधै असर पारिरहे पनि सरकार मौन बसेको उनको आरोप छ।
काठमाडौंमा अहिले अत्यन्तै साना अर्थात् २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण रहेको अध्ययनले देखाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले धुलोमा रहने २.५ पिएम कणले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने देखाएको हो। परिषद्का अनुसार यी कण सास फेर्दा सोझै फोक्सोमा पुग्छन्। जस कारण उपत्यकावासीमा स्वास्थ्य जोखिम बढिरहेको छ। यस्ता कणले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग बढ्ने जोखिम अनुसन्धानको निष्कर्ष छ।