बुधबार राति करिब ११ बजे नुवाकोटबाट काठमाडौंका लागि चारवटा मिनी ट्रकमा ‘अवैध काठ’ ओसारपसार भइरहेको ‘गोप्य सूचना’ नेपाल प्रहरीको जिल्ला प्रहरी परिसरलाई सूचना आयो। तत्कालै प्रहरीले एक्सन लियो। प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग टोखाबाट प्रहरी अधिकृतसहितको टोली खटियो। प्रहरी वृत्त बालाजुसँग पनि सहकार्य भयो। प्रहरी टोली काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित जगत बसपार्कनजिक नाकामा सेन्ट्री बस्यो।
मध्यरातमा सोही स्थानबाट धमाधम चारवटा मिनी ट्रक आए। जसमा बाप्र ०१००६ख ४९४१, बा५ख ३६५६, बा५ख १४३९ र बा५ख ३३५६ नम्बरका मिनी ट्रक थिए। पाँचवटै ट्रकमा चिलाउने र उत्तिस जातका काठ थिए। प्रहरीले काठ निकासी–पैठारीसम्बन्धी कागजात माग्यो। जुन पाँचवटै मिनी ट्रकसँग भेटिएन। त्यसपछि मध्यरातमा पाँचवटै ट्रकमा सवार आठजनालाई प्रहरीले नियन्त्रणमा लियो। यसरी पक्राउ पर्नेहरूमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई काठमाडौंको हात्तीगौंडा बस्ने ३१ वर्षीय सुकमान तामाङ, शिवपुरी–२ घर भई काठमाडौंको गोकर्ण बस्ने २५ वर्षीय छिरिङ लामा, नुवाकोट शिवपुरी–३ घर भई काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय सूर्य तामाङ, २० वर्षीय वीरेन्द्र तामाङ, ४० वर्षीय सन्तु तामाङ, हात्तीगौंडा बस्ने ३० वर्षीय सूर्य लामा, नुवाकोट उत्तरगया गाउँपालिका–८ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका बस्ने ३१ वर्षीय शुक्रबहादुर लो र मकवानपुर थाहा नगरपालिका–८ घर भई हात्तीगौडा बस्ने २७ बर्षीय विनोद पाख्रिन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चारवटै मिनी ट्रकमा ५१४ गोलिया उत्तिसका काठ र ६२ गोलिया चिलाउनेका काठ भेटिएको प्रहरीले जनाएको छ। जुन कुल एक हजार ६६७ दशमलव २५ क्युफिट छ। यसरी पक्राउ परेका ट्रकहरूसँग कुनै पनि वैधानिक प्रमाण नभेटिएको जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरत बोहराले बताए। ‘एउटै जिल्लाभित्र काठ ढुवानी गर्दा पनि खरिद बिल वा छुटपुर्जी बोकेर हिँड्नुपर्छ। ठाउँ–ठाउँ र चेकपोस्टहरूमा चेकजाँच हुन्छ,’ उनले भने, ‘तर यहाँ अन्तरजिल्ला ढुवानी गर्दा पनि चारवटै मिनी ट्रकसँग कुनै पनि प्रमाण थिएन।’ पक्राउ परेका काठसहितका ट्रक र सवार व्यक्तिलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय बुढानीलकण्ठमा बुझाएको छ।
राष्ट्रिय निकुञ्जको शंकास्पद बोली
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले भने पक्राउ परेका काठ वैधानिक नै रहेको बताए। ‘उक्त काठ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको निजी जमिनमा इजाजत लिएरै काटिएको प्रमाण हामीकहाँ आएको छ। सहमति भएको परिमाणमा छ वा छैन त्यो हेर्न बाँकी छ,’ नागरिकसँग उनले भने, ‘यत्ति हो, प्रमाण नबोकी हिँडेको भन्ने सुनिएको छ।’
प्रहरीको भनाइमा भने उक्त काठ अवैध ढंगबाटै काटिएको हुनसक्ने आशंका छ। ‘वैध भए दिउँसो पनि ल्याउन सकिन्थ्यो होला। प्रष्ट कागजातसहित आउँथ्यो होला। कानुनी रूपमा सहमति लिएर यत्रो काठ काट्ने र अर्को जिल्लासम्म पु¥याउनसक्ने आँट भएका मानिसलाई यत्ति सामान्य कुरा थाहा हुन्न भन्ने कुरा मान्न सकिन्नँ,’ प्रहरी स्रोतले भन्यो, ‘अहिले प्रमाण छ भनेपछि यसमा केही झोल छ भन्ने बुझ्न सकिन्छ।’ राष्ट्रिय निकुञ्ज कार्यालयकै मिलेमतो हुनसक्नेतर्फ प्रहरीको अनुमान छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावलीले निकुञ्जभित्र उत्पादित काठको संकलन र ओसारपसार पूर्ण रूपमा बन्देज लगाएको छ। यस्तै राष्ट्रिय निकुञ्जबाहिरको काठ पनि निकुञ्जको बाटो भएर ओसारपसार गर्दा लिखित अनुमति वा निस्सा प्रवेशद्वार वा ठाउँठाउँमा रहेका सुरक्षा पोस्टमा चेकजाँच गराउने व्यवस्था छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलीमा निजी वन बनाएर वातावरणमा असर नपर्नेगरी सम्बन्धित संरक्षक (प्रमुख संरक्षण अधिकृत)को अनुमति लिएर वन पैदावर संकलन गरेर ओसार–पसार गर्न पाउने प्रावधान छ। उक्त वन पैदावर ओसारपसार गर्दा छुटपुर्जी साथमा राखेर बाटोमा पर्ने सबै चेकपोस्टमा दरपीठ गर्नुपर्ने प्रावधान छ। तर पक्राउ परेकाहरूसँग भने ओसारपसार गर्दा कुनै वैधानिक प्रक्रियाका कागजात नभेटिएको प्रहरीको दाबी छ।