किशोरीलाई सेनेटरी प्याड लिने 'स्मार्ट कार्ड' उपहार
०९ माघ २०७९
•
५ मिनेट पाठ
किशोरीलाई सेनेटरी प्याड लिने 'स्मार्ट कार्ड' उपहार
छात्रालाई सेनेटरी प्याड दिँदै शुभ कालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाही। तस्बिर: ललित विष्ट कालिकोट।
अधिकांश बालिकाहरूको स्कुल पढ्दै गर्दा महिनावारी सुरु हुन्छ। कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ३ स्थित जनज्योति  माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सरिता अधिकारीलाई विद्यालयमा पाइने निःशुल्क सेनेटरी प्याड माग्न लाज लाग्थ्यो।




विद्यालयमा महिला शिक्षक भए पनि उनले शिक्षकसँग प्याड चाहियो भन्न सहजै सक्दिन थिइन्। विद्यालयमा पाइने सेनेटरी प्याड लिन सधैँ सकस हुन्थ्यो।

अहिले उनको विद्यालयमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन जडान गरिएको छ। उनको हातमा सेनेटरी प्याड लिनका लागि स्मार्ट कार्ड छ। यो कार्डले उनलाई प्याड लिन निकै सहज भएको छ। 

उनी भन्छिन्, ‘गाउँपालिकाले विद्यालयमा प्याड निकाल्ने सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखिदियो। हामीलाई कार्ड दिएको छ। चाहिएको बेलामा निकाल्न सहजै सकिन्छ।’ 
उनी मात्र नभई विद्यालयमा अध्ययनरत अन्यलाई पनि उस्तै समस्या थियो। छात्रा बिपना अधिकारीले भनिन् ‘विद्यालयमा प्याड माग्न लजाउने, गाउँमा मेडिकलहरू पनि छैनन्। बजार पनि नजिक छैन। घरमा पुराना कपडाहरू धोएर प्याडको रुपमा प्रयोग गरी महिनावारी हुँदा विद्यालय जानुपर्ने बाध्यता थियो।’ अहिले उनलाई पनि प्याडको समस्या छैन।

विद्यालयले किशोरीहरूको पायक पर्ने ठाउँमा गाउँपालिकाबाट प्राप्त सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखेको छ। मेशिनबाट प्याड निकाल्ने स्मार्ट कार्ड दिएको छ। जो कोही छात्रालाई प्याड आवश्यक पर्दा उनीहरु बैङ्कमा एटिएम हालेजस्तै त्यो स्मार्ट कार्ड हाल्छन्। प्याड निकाल्छन्।

विद्यालयकी छात्रा सुनिता चौलागाँइले भनिन्, ‘पालिकामै दोश्रो पटक हाम्रो विद्यालयमा सेनेटरी प्याड निकाल्ने मेशिन राख्यो। हामीलाई ठुलो राहत भयो।’
शुभ कालिका गाउँपालिकाले उपाध्यक्ष छात्रा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई सहज रुपमा सेनेटरी प्याड वितरण गर्नका लागि विद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएको हो।

जनज्योति मा.वि मा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखिएको छ।  गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले भनिन्, ‘समाज परिवर्तनको लागी हाम्रो अभियान भन्ने नाराका साथ पालिकाका ५ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राख्दैछौँ। जनज्योति मा.वि मा राखेको मेशिनले किशोरीहरूलाई प्याड लिन निकै सहज बनायो। त्यसैले यो वर्ष गाउँपालिकाका ५ वटा विद्यालयमा मेशिन राख्न खरिद गरेर पालिकामा पुगिसकेको छ। अब बाँकी माध्यमिक विद्यालयहरूमा पनि जडान गर्छौँ। पालिकालाई समृद्ध बनाउन र निर्वाचनमा गरेका बाचा पुरा गर्दै जनताको हितमा काम गर्दै आएको छौं।’

उनले आफूहरूले ‘गुणस्तरीय शिक्षा प्रदान गर्न, छात्रालाई विद्यालयमा नियमित गर्न ,यसको महत्त्व र स्वास्थ्य शिक्षालाई नियमित गर्न, महिनावारी भएको बेला छात्रालाई विद्यालयमा सहजरुपमा सहभागी हुन भन्ने उद्देश्य रहेको बताइन्।

'अब कुनै पनि छात्राहरू महिनावारी हुँदा विद्यालय आउनबाट नरोकिने उल्लेख गदै विद्यालयहरूलाई हामीले छात्र, छात्रामैत्री विद्यालय बनाउने अभियानमा छौँ। सबै बालबालिकालाई विद्यालय जाऔं जाऔं भन्ने वातावरण यहाँका शिक्षक र अभिभावकले गर्ने हो, भने बालबालिकाको सिकाई स्तरमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ।’ 
मेसिन जडान भएपछि छात्राहरू महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विश्वास रहेको प्रधानाध्यापक राजेन्द्र चौधरीले बताए। कालिकोट जस्तो दुर्गम जिल्लामा छाउपडी व्याप्त रहेको र छात्रा महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउने र विद्यालयमा महिनावारी हुँदा पढ्दापढ्दै भागेर जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनले बताए।

मेसिन जडान कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाशचन्द्र धितालले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएको बेला विद्यालय छाड्नुपर्ने किशोरीहरूको बाध्यता हट्ने बताए। 

उनले भने ‘सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राहरूले विद्यालय छोड्नुपर्ने बाध्यता कम गरी छात्राहरू नियमित विद्यालय आउने वातावरण बन्ने विश्वास लिएको छु।’
सेनेटरी प्याडको व्यवस्था नहुनु, उचित शौचालयको व्यवस्था नहुनुले छात्राहरू महिनावारी भएका बेला अनुपस्थित हुने गरेका थिए। प्रहरी प्रमुख जयश्वर रीमाले भने ‘महिनावारी भएका बेला विशेष गरी खानपिन र स्वास्थ्यमा सहयोग गर्नुपर्ने बताए। उनले भने ‘महिनावारी भएका आफ्ना दिदिबहिनीहरुलाई पुरुषहरूले सेनेटरी प्याड किनेर दिनपर्छ। महिनावारी भनेको श्रृटिको एक चक्र भएकाले एसलाई समाजको अन्ध विश्वासले  रोक्न नहुने बताए।

प्रमुख जिल्ला अधिकारी रामहरी र्शमाले विद्यालयका गुणस्तरीय शिक्षा प्रदानको लागी पालिकाले भौतिक पूर्वाधार पुर्णरुपमा तयार गर्नुपर्ने बताए। उनले भने ‘विद्यालय एक पवित्र मन्दिर हो। यो मन्दिरमा आउने विद्यार्थीलाई विद्यालयमा जाऔजाऔ लाग्ने विद्यालय तयार गर्ने योजना बनाएर काम गर्न पालिकालाई सुझाव दिए। उनले भने।

पालिकाकाकै सबै विद्यालयको भौतिक संरचना तयार गर्दा ईन्जिनेरीङ गर्नुपर्छ। हरेक विकासको काममा पनि सार्वजनिक सूचना पार्टी राख्न अनुरोध गदै शिक्षा क्षेत्र अहिले दयनीय अवस्थामा रहेको हुँदा यो शिक्षा क्षेत्र सुर्धान गर्न र बालबालिकाको शैक्षिक सुधारमा विशेष जोड दिन उनले सुझाव दिए।

कार्यक्रममा पत्रकार महासंघ कालिकोटका कार्यबाहेक अध्यक्ष नमराज योगीले गाउँमा हुने महिनावारी छुवाछुत, बालविवाहजस्ता जघन्य अवरोध रोक्न बालबालिकाको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले गाउँमा आफ्नो छोरी महिनावारी हुँदा छाउगोठमा राख्ने दही दूध खान नदिने जस्ता कार्य अभिभावकले गर्न नहुने बताए। उनले भने।

महिनावारीका बेला सबैले सहयोग गर्नुपर्छ। स्वास्थ्य सर सफाईमा विशेष ध्यान दिन सकेमा महिनावारी भएकोले हुने छुवाछुत जस्ता विभेद कम हुने बताए।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४४ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस