प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा
०६ भदौ २०७३
•
५ मिनेट पाठ
प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

चितवन- स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन् ।




सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अर्काे सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि स्थानीय प्रशासनले त्यस्ता प्राध्यापकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना प्राध्यापकले राजीनामा दिएका छन् । सहायक क्याम्पस प्रमुख धर्मराज घिमिरेका अनुसार क्याम्पसको स्थापनादेखि नै कार्यरत प्राध्यापकले समेत राजीनामा दिएका छन् । सोही सिफ्टमा सरकारी क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा समेत पढाउँदै आएका उनीहरुले प्रशासनको निगरानीपछि राजीनामा दिएका हुन् ।

त्यसैगरी भरतपुरकै मैयादेवी कन्या क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखसहित पाँचजनाले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख कृष्ण न्यौपानेका अनुसार वीरेन्द्र क्याम्पसमा एउटै सिफ्ट परेपछि उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिएलगत्तै राजीनामा स्वीकृत गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो । स्थापनाकालदेखिका प्राध्यापक भएकाले धेरै सुविधा खाने प्राध्यापकले छाडेसँगै क्याम्पसको व्ययभारमा समेत कटौती भएको छ ।

अर्काे बालकुमारी क्याम्पस नारायणगढमा कार्यरत दुईजना प्राध्यापकले पनि राजीनामा दिएको क्याम्पस प्रमुख शिव पौडेलले बताए । उनले भने, “दुईजनाले यहाँ छोडेर वीरेन्द्र क्याम्पसमा पढाउन थाल्नुभयो, एकजनाले वीरेन्द्र क्याम्पस छोडेर यहाँ मात्रै पढाउन थाल्नुभएको छ ।”

त्यस्तै सरकारी स्वामित्वको स्कुल अफ हेल्थ साइन्स भरतपुरमा पढाउँदै आएका केही प्राध्यापक हाजिर गर्न जान छाडेको प्रिन्सिपल अच्युत दाहालले बताए। अहिले कक्षा सञ्चालन नभएकाले हाजिरमात्रै गर्नुपर्नेमा अन्य क्याम्पसमा पूर्णकालीन भएकाले हाजिर गर्न नमिल्ने भन्दै केही प्राध्यापक हाजिर गर्न आउन छाडेका छन् उनले भने। उनीहरुको तलब रोक्का गरिएको छ ।

नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका अध्यक्ष कृष्ण सुवेदीले क्याम्पसहरु स्वयम्ले गर्नुपर्ने निगरानी प्रशासनले गर्नु सकारात्मक रहेको बताए। आफू क्याम्पस प्रमुख रहेको सहिद स्मृति कलेजमा भने गतवर्षदेखि नै यसमा कडाइ गरिएकाले अहिले कसैले राजीनामा दिनु नपरेको बताए।

यसको प्रत्यक्ष प्रभाव जिल्लाका निजी उच्च माविहरुमा पनि परेको छ । अधिकांश वीरेन्द्र बहुमुखी क्याम्पस पढाउने प्राध्यापकले यहाँका निजी उच्च मावि सञ्चालन गरेका छन् । सिफ्ट मिलाउन सक्नेबाहेक अधिकांशले निजी पढाउन नपाउने भएपछि उच्च माविहरुले प्राध्यापकको रुटिङ मिलाउन कठिन भएको जनाएका छन् ।

निजी उच्च माविहरुको संस्था (हिसान) चितवनका अध्यक्ष भूपेन्द्र धितालले कतिपय निजी उच्च माविको जिम्मेवारीसमेत सरकारी एवम् सामुदायिक क्याम्पसका प्राध्यापकले सम्हालेको भन्दै यसले प्रत्यक्ष प्रभाव पार्ने बताए। यद्यपि विधि सिकाउने प्राध्यापक एकै समयमा दुई ठाउँमा पढाउन जानु आफैँमा लाजमर्दाे भएकाले प्रशासनले गरेको निगरानी स्वागतयोग्य रहेको बताए। विज्ञान विषयका केही प्राध्यापकहरु भने पाउन कठिन हुने हुँदा समस्या पर्ने उनले बताए।

स्थानीय प्रशासनले एकै सिफ्टमा दुई वा सोभन्दा बढी ठाउँमा पढाउने प्राध्यापकमाथि कारबाही गर्ने जनाउँदै सबै क्याम्पसबाट रुटिङ मागेपछि प्राध्यापकहरुले राजीनामा दिन थालेका हुन् । रासस

अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस