चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’
१० माघ २०७९
•
४ मिनेट पाठ
चितवन निकुञ्ज फेरी सिकारीको निसानामाः धमाधम मारिन थाले विश्वकै दूर्लभ ‘गैंडा’
गत शुक्रबार मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारमा सिकारीले मारेका गैंडाहरु।
२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी वर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।




विश्वका कै दूर्लभ वन्यजन्तु ‘एकसिंगे गैडा’ सिकारीको निसानामा पर्न थालेका छन्। सिकारीहरु सक्रिय हुनुको सन्देश गैंडाको खाग तस्करीमा गर्दै आएको समूह पनि सक्रिय हुनु हो। यो संरक्षणको जिम्मेवार निकायका लागि पछिल्लो दिनमा ठूलो चुनौती बनेको छ।

त्यसो त पछिल्ला तीनदेखि सिकारीहरु गैंडा मार्न सक्रिए भइरहेका छन्। तर पछिल्ला दिनमा गैंडा मारिनेक्रम बढ्न थालेको छ।

निकुञ्ज प्रशासनको आधिकारीक तथ्याङका अनुसार तीन वर्षमा ८ वटा गैँडा तस्करले मारेको छन्। तर, मरेका मृत्युको कारण नखुलाइएका गैंडाको संख्या २८ छ।

आर्थिक वर्ष २०७७/०७८ मा चार, गत आव र चालु आव दुई वटा गैंडा सिकारीको निसानामा परेका छन्। गैंडाको खाग तस्करीमा संगल्न व्यक्तिहरुले विभिन्न प्रलोभन देखाएर गैंडा मार्न सिकारीहरुलाई प्रयोग गर्दै आएका छन्।  

विद्युतीय धरापमा पारेर मारेको घट्नामध्ये २०६३ सालपछि मध्यविन्दु नगरपालिका २ स्थित नारायणी नदी किनारको पहिलो घटना हो। त्यहाँ गत शुक्रबार मात्र आमा र बच्चालाई विद्युतीय धरापमा पारेर मारिएको छ। एक स्थानमा दुई वटा गैंडा मारिएका छन्। सिकारीले ती गैंडाको खाग काटेर लगेका छन्।

२०६३ मा निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै जगतपुरमा तस्करले गैंडालाई विद्युतीय धरापमा पारेर मारेका निकुञ्जको तथ्याङकमा उल्लेख छ।

शुक्रबार दुई वटा गैँडा सिकारीले बस्ती नजिकै विद्युतीय धरापमा पारेका हुन्। उनीहरुले नजिकैको मन्दिरबाट विद्युत लगेर धराप थापेको देखिन्छ। यसरी वस्ती क्षेत्रमै विद्युतीय धरापमा गैंडा मार्नु चिन्ताका विषय रहेको बाघमारा मध्यवर्ती सामुदायीक वनका अध्यक्ष जीतबहादुर तामाङ बताउँछन् ।

‘तस्करले सबैभन्दा सजिलो माध्यम विद्युतीय धरापलाई लिएका छन्,’ उनले भने ‘वस्ती नजिकैँ यसरी गैंडा मारिनु भनेका भयावहको स्थिती सृजना हुनु हो।’ अघिल्लो आर्थिक वर्ष माडी क्षेत्रमै दुई वटा गैंडा मारिएका थिए। यो पनि बस्ती क्षेत्रमै पर्दछ। त्यहाँ भालाको प्रयोग गरेर सिकारीले गैंडा मारेको निकुञ्जले जनाएको छ।

निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका वस्तीमा गैंडा आइरहन्छन्। उनीहरु विद्युतीय धरापमा परिरहेका छन्। गत असोज २२ गते कुमरोज सामुदायीक मध्यवर्ती वन नजिक वस्तीमा एक गैंडा विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

भरतपुर महानगरपालिका २७ स्थित नारायणी किनारमा अघिल्लो मंसिर २७ गते पनि विद्युतीय धरापमा पारि गैंडा मारिएको थियो। तर, यी गैंडालाई तस्करबाट परिचालित सिकारीले नभई स्थानीयले प्रयोग गरेको विद्युतमा आएर मरेको भनिएको छ। यी सबै गैंडाको खाग सकुसल थियो।

आठ वर्षको अवधिमा १० वटा गैंडा विद्युतको धरापमा परेर मरेका छन्। २०५५ सालदेखि यत्ता निकुञ्जले पाँच वर्ष शुन्य चोरी सिकार बर्ष मनाएको थियो।  

आव २०७१/०७२, २०७२/०७३, २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सिकारीले गैँडा मारेका थिएनन्। २४ वर्षको अवधिमा १ सय ८१ वटा गैंडा सिकारीले मारेका छन्।  

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला वर्ष फरार प्रतिवादीहरुको संख्या ठूलो रहेकाले उनीहरु सक्रिय रहेको अनुमान गर्छन।

निकुञ्जको तथ्याङ्कअनुसार १०५ जना प्रतिवादी अझै फरार छन्। सजाय कैद भुक्तान गरेर निस्केका रामकुमार प्रजा, बमबहादुर प्रजा, नर बहादुर कुमाल जेलबाट निस्केर गैंडा तस्करमा नै लागेका थिए।

‘चोरी सिकारी मुद्दामा थुप्रै प्रतिवादीहरु फरार छन्। कति जेलबाट छुटेर पनि फेरी चोरी सिकारमा लागेका छन’, उनले भने। निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेना, निकुञ्ज प्रशासनलाई छ।

तर, गैंडा सिकारी र तस्करहरु अहिले अझ बढि सक्रिय भएको घटनाक्रमले पुष्टि गरेको छ। गैंडा तस्करीको अनुसन्धानमा लागेका निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्।  

‘शुक्रबारको घटनाले हामीलाई संरक्षणमा चुनौती थपिएको छ। खागै चोरेर लगिसकेपछि गिरोहलाई निमिट्यान्न नपार्दासम्म चुनौती थपिएको छ,’ अपलटारी फिल्डमा खटिएका तिवारीले भने, ‘उनीहरुलाई ‘कानुनी दायरामा ल्याउन प्रयास गरेका छौँ।’

समुदायको सहभागिता विना संरक्षण गर्न चुनौती नै हुन्छ। सोही अनुसार सरकारले पनि मध्यवर्ती व्यवस्थापन समिति मार्फत समुदायलाई संरक्षणमा लगाउने गरेको छ। तर, मध्यवर्ती वस्ती नजिकै गैंडा मरिदा स्थानीय समेत झस्किएका छन्।

मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायलाई परिचालित गर्नुपर्ने बताए। प्राकृतिक विपत्ति, बासस्थानको कमी, आहाराको अभावजस्ता कारणबारे व्यापक अध्ययन, अनुसन्धान गरेर गैँडाको मृत्यु न्यूनीकरण गर्नु गर्नुपर्ने बताउँछन्।

२०७२ सालदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्ज आसपासमा २ सय ४ वटा गैंडा मरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै बुढो भएर भिरबाट लडेर ६० वटा मरेका छन्। त्यस्तै दलदलमा भासिएर १९, आपसमा जुधेर ४९, बाघको आक्रमणबाट १६, सम्भावित चोरी शिकारबाट ९, विद्युतीय करेन्टबाट १०, बिरामी भएर १०, खाडलमा परी ३, बिष सेवनबाट ५ र कारण नखुलेका २८ वटा गैंडा मरेका छन्। निकुञ्जको गैँडाको संख्या पनि बढ्दो क्रममा छ। सन् २०२१ को गणनामा देशभर सात ५२ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा छन्।

विगतका अनुसन्धानले गैंडाको खाग तस्करीमा चार समूहमा व्यक्तिहरु परिचालित हुने गरेका छन्। स्थानीय तहमा सिकारी र तीनलाई लगाउने व्यक्ति हुन्छ भने काठमाडौंमा स्थानीय टोलीलाई परिचालन गर्ने व्यक्ति हुन्छ। यसरी गैंडा मारेर खाग आइपुगेपछि त्यसलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने व्यक्तिहरुको समूह हुन्छ।  
अर्को समाचार
गैँडा मार्न निकुञ्ज भित्र २० दिन बसेका थिए तस्कर
१४ मंसिर २०८०
•
२ मिनेट पाठ
गैँडा मार्न निकुञ्ज भित्र २० दिन बसेका थिए तस्कर
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्टोमा पारी दुईवटा गैँडा मारेको आरोपमा आठ जना पक्राऊ परेका छन्। उनीहरूलाई चितवनको राप्ती नगरपालिकाबाट यही मंसिर ९ र ११ गते पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेको चितवन राष्ट्रिय निकुञ्जले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।




निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्कर पक्राउ गर्न खटिएको थियो। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–६ बाट छ र ११ गते सोही नगरपालिकाको वडा नम्बर ५ बाट दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मकवानपुरका ३३ वर्षीय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षीय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षीय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षीय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षीय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन्। पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

रमेश खातीलाई एक पटक चोरीको आरोपमा सोधपुछका निकुञ्ज ल्याइएको थियो। तर पुष्टि हुन नसकेपछि उनी फर्किएका थिए। मोक्तान, स्याङतान र घलेले गैंडा मारेको उनले बताए। अन्य बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेका छन्। उनीहरूको साथबाट दुई थान खाग, कालो झोला एक थान, भरुवा बन्दुक एक थान, बिड नभएको बञ्चरो एक थान, चक्कु एक थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा पाँच थान, गुलेली एक थान, टर्च लाइट एक थान, डिक्ची (भाडा) एक थान, ब्याङकेट दुई थान र दुई वटा मोटरसाइकल समेत बरामद भएको थियो।

उनीहरुले २० दिन लगाएर गैंडा मारेको ढुंगानाले जानकारी दिए। ‘गैंडा मार्नका लागि उनीहरुले सानो मचान बनाएर बसेको देखिन्छ,’ उनले भने ‘खाल्टो खन्दा घाँस हालेर मिलाएका छन्।’ उनीहरु एक किलोमिटर टाढा बसेको देखिन्छ। घट्ना आर्मी ब्यारेकबाट करिब तीन किलोमिटरको दुरीमा भएको हो । ‘त्यहाँ आर्मी पाँच दिन अगाडि पुगेको छ’ उनले भने ‘सुरक्षामा महत्त्व नदिएको भन्न मिल्दैन।’ निकुञ्ज भित्र आगो फुक्नेदेखि मचान बनाउनेसम्मको काम उनीहरुले गरेका छन्।

निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगत रूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। तर त्यो प्रतिवेदन भने अनुसन्धानको कारण देखाई सार्वजनिक गरिएको छैन। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस