कपन 'नाकाबन्दी' कहिले खुल्छ?
०७ भदौ २०७३
•
५ मिनेट पाठ
कपन 'नाकाबन्दी' कहिले खुल्छ?
काठमाडौं- सडक डिभिजन, खानेपानी निर्देशनालय, धोबीखोला करिडोर, बुढानिलकण्ठ नगरपालिकालगायत सडकसँग सम्बन्धित निकायका  प्रमुखसहित राजधानीको कपन पुगेका काठमाडौं क्षेत्र नं ४ का सांसद् गगन थापालाई अधिकांश स्थानीयले गरेको प्रश्न एउटै थियो, 'कपनको नाकाबन्दी कहिले खुल्छ?'




नाकाबन्दी भन्नाले कपन आवतजावत गर्ने सबै सडक विभिन्न निकायले भत्काएर लथालिंग पारेकाले कपनवासी आवतजावत गर्न अत्यन्त कष्ट र सास्ती खेप्दै आएका छन्। यसैले उनीहरू नाकाबन्दीमा परेको महसुस गर्दै सांसद थापालाई सोमबार सोध्न बाध्य भए, 'कपनको नाकाबन्दी कहिले खुल्छ?'

काठमाडौं महानगरपालिकासँग जोडिएको घना जनसंख्या भएको बस्ती कपन प्रवेश गर्ने करिब एक दर्जन बढी सडक छन्। चावहिल गोपीकृष्ण हलबाट सरस्वतीनगर हुँदै, गोपीकृष्णबाटै बिमा समिति हुँदै, चुच्चेपाटीबाट महांकाल हुँदै, बौद्ध जोरपाटीबाट आरुबारी हुँदै, सुकेधाराबाट निलोपुल हुँदै, सुकेधाराबाटै मण्डिखाटार तथा ढलानेपुल हुँदै र धोबीखोला करिडोर सडकबाट। तर यी सबै सडक भत्केका छन्।

कपनवासीको दुर्दशा भएको १/२ महिना होइन वर्षदिनै पुगिसक्यो। स्थानीयले सडक निर्माण र मर्मतका लागि विभिन्न निकाय गुहारेको पनि महिनौं भइसक्यो। मर्मतको नाममा बुढानिलकण्ठ नगरपालिकाले ल्याएर हालेको माटोले आवतजावतमा अझ समस्या बढायो। खानेपानीको पाइप बिछ्याउने, सडक विस्तार गर्ने भन्दै सडक खनेर लथालिंग बनाएपछि कपनवासीले नाकाबन्दीमा परेको महसुस गरिरहेका छन्।

सडक बनाउने काम सांसद्को होइन भन्ने थाहा पाएर पनि क्षेत्र नं. ४ का सांसद् गगन थापालाई गुहार्दै कपनवासीले बुझाएको पत्रको सारांश हो यो।

स्थानीय निलकण्ठ शर्माले ज्ञापनपत्र पढेर सुनाएपछि आफू सबै सडकको स्थितिबारे जानकार रहेको बताउँदै थापाले भने, 'कतिपय कार्यालयका प्रमुख दिक्क हुने गरी अनुरोध गरेँ, तर माखो पनि मरेन। आगामी संसद् चुनावमा सडक बनाउनु पर्ने आवाज नआओस् भनेर लागिपरेको छु।' थापाका अनुसार कपन क्षेत्रमा उपत्यकामै सबैभन्दा बढी सडक आयोजना छन्। अर्बौं रुपैयाँका आयोजना आपसमा समन्वय नगरी एकैपल्ट सुरु गर्दा कपनमा नाकाबन्दीजस्तै भएको उनको भनाइ थियो। 'सांसद्का नाताले समस्या समाधान नभएकोमा क्षमा माग्छु,' थापाले भने, 'तत्काल निर्माण गराउन सम्भव नभए पनि विकल्प खोज्न समन्वय गराउँछु।'

अहिले कपनका सडकमा सडक डिभिजन, उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको खानेपानी निर्देशनालय, धोबीखोला करिडोर, नगरपालिकालगायतले विभिन्न निर्माण कार्य गरिरहेका छन्। भित्री सडक विस्तारको काम उपत्यका विस्तार आयोजनाले गरिरहेको छ। तर, अहिले ती सबैले सडक भत्काएर बर्खाको कारण देखाँउदै कुनै काम गरिरहेका छैनन्।

'वर्षायाम भएकाले अहिले कालोपत्रे सम्भव छैन,' डिभिजन कार्यालय एकका प्रमुख धमेन्द्र झाले भने, 'ग्राभेल नपाउँदा सडकका खाल्डा पुरेर सहज बनाउन सकिएन। सांसद्ज्यूले ग्राभेलका लागि पहल गरिदिनुस्, पाए अहिले नै काम थाल्छौं।' उनले ग्राभेल पाए कपन–सरस्वतीनगर सडकका खाल्डा पुरेर एक सातामै सवारीसाधन गुड्न मिल्ने बनाउने प्रतिबद्धता व्यक्त गरे। सांसद् थापाले पनि तत्कालै आफू ढुंगा खानी खुलाउन पहल गर्ने बताए।

बुढानिलकण्ठ नगरपालिकाले पनि ग्राभेल हालेर आवागमन सहज पार्न प्रयास गरेको बताउँदै कपनका बेहाल सडकमा भदौमा ग्रामेल हाल्ने योजना रहेको जनायो। धोबीखोला करिडोरमा भने भ्रष्टाचार भएको स्थानीयको आरोपबारे सांसद् थापाले बु‰ने र त्यसो भएको पाए तत्काल कारबाहीको दायरामा ल्याउने बताउँदै सबै निकायलाई काम गर्दा स्थानीयको समस्या समाधान हुने गरी गर्न निर्देशन दिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस