जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ: नेपाली सेना
१४ माघ २०७९
•
१ मिनेट पाठ
जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ: नेपाली सेना
यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।




काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएको छैन। सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ। कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले राससलाई जानकारी दिए।

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो। विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिएका थिए।

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पुर्‍याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो।

दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो।
अर्को समाचार
यती विमान दुर्घटना संयोग मात्रै हो त?
०३ माघ २०७९
•
४ मिनेट पाठ
यती विमान दुर्घटना संयोग मात्रै हो त?
‘एटिआर–७२’ विमान आइतबार पोखरामा दुर्घटना भएसँगै यती एयरलाइन्सले नेपाली आकाशमै गुमाएको विमान संख्या १४ पुगेको छ। ७ महिनाअघि मात्रै यती समूहको तारा एयरको ‘९ एन एइएटी ट्विनअटर’ विमान दुर्घटना भएको थियो। जुन नेपाली आकाशमा दुर्घटनामा परेको सो समूहको १४ औं विमान थियो। २४ वर्षअघि सन् १९९८ (२०५५ साल जेठ) मा यती एयरलाइन्सको स्थापना भएको थियो। उसले नेपाली आकाशमा ३५ वटा एयरक्राफ्ट ल्याएर सञ्चालन गरिरहेको छ। जसमध्ये १४ वटा दुर्घटनामा परिसकेका छन्। त्यसमा १६६ जनाले ज्यान गुमाएका छन् भने आइतबारको दुर्घटनामा ७० को मृत्युसँगै थप दुई जना बेपत्ता छन्।




यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो। त्यसपछि १२ जुन २००६ मा जुम्ला विमानस्थलमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भयो। यस्तै ८ अक्टोबर २००८ मा लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जना, १५ डिसेम्बर २०१० मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जना, २४ फेब्रुअरी २०१६ मा ताराकै विमान म्याग्दीमा दुर्घटना हुँदा २३ जना, २९ मे २०२२ (गत जेठ)मा तारा एयरकै विमान मुस्ताङमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो।  

यसरी यती समूहका विमान धमाधम दुर्घटनामा पर्नुले त्यसमाथि प्रश्नचिह्न खडा भएको छ। ‘दुर्घटना आफैंमा दुर्घटना हुन्छ। कतिपय अवस्थामा त्यसलाई संयोग मात्र मान्न सकिएला तर बारम्बार एउटै कम्पनीको विमान किन दुर्घटना भइरहेको छ ? त्यसलाई सामान्य रूपमा लिन सकिन्न,’ वरिष्ठ पाइलट क्याप्टेन कुमार पाण्डे भन्छन्, ‘त्यसबारे स्वयं कम्पनी र सरकारका नियामक निकायले निर्मम ढंगले समीक्षा गर्नुपर्ने हुन्छ।’  

यता यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला भने कम्पनीले हरेक दुर्घटनापिच्छे समीक्षा गर्ने गरेको बताउँदै भन्छन्, ‘छानबिन आयोगको प्रतिवेदनका आधारमा हामीले सुधारका काम पनि गर्दै आएका छौं। दुर्घटना भयो भन्दैमा सबैथोक शंकाले पनि हेर्नुहुन्न।’ यती समूहले दुर्गम र जोखिमका ठाउँमा विमान चलाइरहेकोतर्फ पनि ध्यान दिनुपर्ने बर्तौलाको तर्क छ। ‘हामी प्रतिकूल अवस्था हुने हिमाली क्षेत्रमा स–साना विमानबाट सेवा दिन्छौं जुन आफैंमा जोखिमयुक्त छ। दुर्घटना पनि अक्सर दुर्गममै भएका छन्। सुगममा भएको यस पटकको मात्रै हो,’ उनले भने।

छानबिनमा शंका

गत जेठ १५ गते यती समूहकै तारा एयरको विमान मुस्ताङमा दुर्घटना भएको भोलिपल्ट मन्त्रिपरिषद्ले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्‍यो। आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सदस्य सचिवका रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।  

आयोगलाई १ सय दिनको समयावधि दिइएको थियो। तर सात महिना बित्दासमेत प्रतिवेदन आएको छैन। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि सो कुराको पुष्टि गरे। ‘थप अध्ययन गर्ने भनेर समय लागेको देखिन्छ,’ उनले भने, ‘प्रगति कति भएको छ, त्यो भने सम्बन्धित आयोगलाई नै थाहा होला।’

आइतबारको दुर्घटनालगत्तै पनि मन्त्रिपरिषद्को आपत्कालीन बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अर्का अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, विमान मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापासम्मिलित आयोग गठन गरेको छ। सदस्य सचिवको रूपमा अघिल्लो आयोगमा रहेका सहसचिव लामिछाने नै छन्।

नेपाली आकाशमा दुर्घटना हुँदा हरेक दुर्घटनापिच्छे यसैगरी छानबिन आयोग बन्छन्। आयोगलाई विस्तृत अध्ययनको जिम्मा दिइन्छ। तर, ती आयोगको काम, प्रतिवेदन र त्यसबाट प्राप्त सुझावको आधामा सुधार गरिएको पाइँदैन। प्रतिवेदन कार्यान्वयन नहुँदा तत्कालको आवाजलाई छलछाम गर्न मात्रै आयोग गठन गर्ने गरिएको आरोप लाग्ने गरेको छ। ‘खोइ ! हरेक पटक आयोग बन्छन्। ती आयोगले के रिपोर्ट ल्याउँछन् ? तिनले हवाई सुरक्षामा के कस्ता सुझाव दिए ? ती कति कार्यान्वयन भए ? केही सुनिँदैन,’ २५ वर्षदेखि हवाई सेवामा रहेका वरिष्ठ क्याप्टेन पाण्डे भन्छन्, ‘खाली दुर्घटना हुँदा आयोग बने भन्ने समाचार मात्र आउँछ। त्यसपछि ती आयोग नै यसरी अज्ञात भइदिन्छन् कि मानौं केही भएकै हुन्न।’हवाई क्षेत्रका एक विज्ञको भनाइमा ‘दुर्घटनापछि बन्ने समितिमै चलखेल हुन्छ। सत्यतथ्य ल्याउनेभन्दा मरेको पाइलट वा मौसमलाई दोष दिएर हवाई सेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरणका कमजोरी ढाकछोप गर्ने गरिन्छ।’

यसैबीच यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार नेपालमा उड्ने सबै एटिआर विमानको विस्तृत प्राविधिक परीक्षण गरेको छ। नेपालमा उडान भर्दै आएका सबै एटिआर विमानमा परीक्षण गर्दा कुनै समस्या फेला नपरेको प्राधिकरणले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस