पशुपालनमध्ये भेंडापालनलाई अप्ठेरो मानिन्छ। कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला,मुगु ,कालिकोट,डोल्पा र हुम्लालगायतका थुप्रै बासिन्दाका लागि भेंडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो।यो कठिन व्यवसायमा पनि थप कठिनाइ हिउँदमा थपिन्छ, जब गोठ क्षेत्रमा बाक्लो हिउँ पर्न थाल्छ।
खर्सुका बाक्ला जंगल छेउका पारिलो पाखामा भुइँतले गोठ बनाइएका हुन्छन्। पिउने पानीको नजिकै स्रोत छ कि छैन भन्ने पनि हेरिन्छ। कहीँकतै भने खर्सुको जंगलबीचमै रहेका ओडारलाई बारेर गोठ बनाइएको हुन्छ। यस्ता भेंडीगोठमा कुकुर मुख्य पहरेदार हुन्छन्। गोठ आसपास केही सुइँको पाउनै हुँदैन, शंकास्पद भए कुकुर भुक्नु अनि त्यसको चालमा गोठालाहरू सतर्क भएर कोकोहोलो कराउनुरचिच्याउनु सामान्य दिनचर्या हुन्छ। कुकुरबारे गोठालाहरूबीच एउटा भनाइ नै छ– कुकुरबिनाको भेंडीगोठ र गहना लुटिएकी नारी उस्तै–उस्तै हन्।
भेंडाहरू हिउँदका बेला अत्यन्त अल्छी र लाटो स्वभावका हुन्छन्। राम्रो स्याहार पुगेन भने भेंडा बेस्सरी दुब्लाउँछन्। स्थानीय समुदायमा सामुदायिक र निजी वन दर्ता गर्ने होड चल्यो, तब भेंडापालन झन्झन् घेराबन्दीमा पर्यो।अहिले पनि १ रुखको समुदायको तिथि अनुसार रुपैयाँ तिरेर खर्सु काट्ने गरिन्छ। भेडा पारिलो पाखाको घाँस कदापि रुचाउन्नन्। हिउँ पर्दा ठूलै सास्ती खेप्नुपर्छ। घुँडाघँडासम्म हिउँ पर्नु सामान्य हो। यस्तोमा जमिनमा घाँस हुँदैन। अनि खर्सुको डालाको विकल्पै छैन। रूख चढ्न नसक्ने गोठालोलाई गोठालो नै मानिँदैन र भेंडापालन पेसा उसका लागि सम्भव मानिँदैन। एउटा असली तथा योग्य गोठालो बन्न रूख चढ्न सक्ने मात्र होइन, भरपूर मात्रामा खर्सुको डाला काट्न सक्नुपर्छ। प्रायजसो गोठालाहरू हिउँद याममा कसले कति डाला काट्न सक्यो र भेंडालाई पेट अघाउँजी ख्वाएर पुष्ट बनायो भनेर दाँजिन्छन्। जुन भेडा बथान खर्सुको डालामा भरपूर आश्रित रह्यो त्यही बगालका भेंडा बढी पुष्टिला र चम्किला हुन्छन्।
हिउँ पर्दा छिप्पल रूख चढ्ने हिम्मत हराउँछ। जस्तोसुकै ‘मैं हुँ’ भन्ने गोठालाहरू पनि खर्सुका पोथ्रापोथ्री काट्नतर्फ लाग्छन्। खर्सु लेकाली रूख हो। हिमाली उच्च भागमा खर्सु बाक्लो पाइन्छ। दक्षिणी मोहडा भएका पहाडहरूमा ३ हजारदेखि माथि तथा उत्तरी मोहडा भएका पहाडमा ३ हजारदेखि तल २ हजार मिटर माथिसम्म खर्सु विशेष फैलन्छ। हिउँद याममा खर्सुको रूख चढेर डाला काट्नुको दार्शनिक पक्ष अनौठो छ। खर्सुको रूखमा चढेर डाला काट्दा फुर्को अनिवार्य राख्ने चलन छ। यसको आफ्नै सांस्कृतिक तथा वैज्ञानिक महत्त्व छ। फुर्को राख्नाले आफ्नो चिनो दिगो रहन्छ भन्ने उनीहरूको विश्वास छ।
ज्येष्ठ गोठालाहरू जीवनको अति स्मरणीय क्षणको ठोस चिनारीको प्रतीकको रूपमा फुर्कोलाई मान्छन्। युवा जोसका बेला पालिएका फुर्काहरू जीवनको अन्तिम क्षणतिर देख्न पाउँदा उनीहरू आफूलाई औधि भाग्यमानी मात्र ठान्दैनन्, विगत सम्झेर आफ्नो जिन्दगी गुजार्नुको अर्थ कहलिन्छन्। र, उनीहरू बाँच्नका लागि सघर्षको रहस्य केलाउँछन्। फुर्को राख्नाले रूखको उचाइ अझै बढ्ने, मूल डाँठ अझ सशक्त बन्ने, रूख अझ स्वस्थ बन्न बल पुग्ने, रूखको स्वच्छतामा दिगोपन आउने तर्कहरू गोठालोहरू सुझाउँछन्।
नवलपरासी (बर्दघाट सुस्तापूृर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्। रोजगारीका सिलसिलामा आठबर्से वैदेशिक रोजगारीमा बिताएका नवराज अहिले स्वदेशमै पशुपालनमा रमाएका छन्।
वैदेशिक रोजगारीमा रहँदा मासिक ३० हजार रुपैयाँ कमाउने उनले अहिले पशुपालनबाट मासिक ८० हजार बचत हुने गरेको बताए। गाउँघर छाडेर विदेशी भूमिमा १२ घन्टासम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौधौ भएपछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताए।
‘आठ वर्ष विदेश बसेर पनि सोचेजस्तो आम्दानी नभएपछि नेपालमै पसिना बगाउने सोच आएको हो’, उनले भने, ‘अहिले घरपरिवारसँग दुःख गर्दै खर्च कटाएर महिनाको ८० हजारसम्म जोगाउन सकेको छु।’
सात लाख रुपैयाँको लगानीमा २०७५ सालमा गौडेल गाई तथा कृषि फार्म स्थापना गरी २३ वटा गाईबाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको छ। गाईभैंसीको आहारका लागि सात कठ्ठा जमिनमा उन्नत जातको घाँस खेती गरी यसलाई नियमित र दिगो बनाउन थालिएको गौडेलले बताए।
‘बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म समय तालिकाअनुसार श्रीमान् र श्रीमती मिली गाईभैँसीको स्याहारसुसारदेखि दूध बिक्रीमा खट्ने गरेका छौं’, उनले भने। आफ्नै गाउँघरमा परिवारसँग मेहनत गर्न पाउँदा नवराज खुसी छन्। साँझबिहान परिवारसँगै दुःख बिसाउँदै स्वदेशमै केही गर्न चाहनेका लागि पशुपालन अझै पनि राम्रो विकल्प रहेको उनको सुझाव छ।
विदेश भूमिमा तातो घाममा पसिना बगाउने दुःखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने गौडेलले बताए। पाँच वर्षको पशुपालन अनुभवमा पछिल्लो वर्ष पशुमा देखिएको लम्पी स्किन रोग र मिल्क होलिडेले केही समस्या सिर्जना गरे पनि व्यवसाय सम्हालिएको छ। लम्पी स्किन रोगबाट दुईवटा गाईलाई असर गरे पनि नियमित सरसफाइ र औषधि उपचारले क्षति हुन नपाएको गौडेलले बताए।
घाँस–परालका लागि कुनै समस्या नभए पनि दाना चापटको मूल्य निरन्तर बढिरहँदा किसानलाई मर्का परेको उनको गुनासो छ। ‘दाना चापटको मूल्य निरन्तर बढ्दो छ, भारतबाट दूध पनि नेपाल भित्रिँदा यहाँ उत्पादन भएको दूधले बजार नपाउने अवस्था सिर्जना भयो’, उनले भने, ‘राज्यले यस्ता कुरामा नियमन गरे किसानलाई मार पर्दैनथ्यो।’ –रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...