तिलागुफा नगरपालिको गाल्जेमा ऐतिहासिक गाल्जे साँगु मेला सुरु भएको छ। एक हप्तासम्म लाग्ने मेला माघ १५ गतेदेखि सुरु भई २२ गतेसम्म चल्नेछ।
परापूर्व कालमा पतिको निधन पछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झना स्वरूप १२ वर्षामा एक पटक माघ पूर्णिमाको अवसमा ऐतिहासिक धार्मिक मेला तथा जात्रा हुने गरेको छ। यसपटक पहिले भन्दा भव्य तयारी साथ कार्यक्रम सुरु भएको छ।
असोज १९ गते देखी परेको अविरल वर्षातले ऐतिहासिक गाल्जे साँगु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो। गाल्जे साँगु बगाएपछि स्थानीयले पुनः काठको साँगु तयार गरी सबै कार्य पुरा गरेपछि ऐतिहासिक गाल्जे साँग पूजा मेला सुरु गरेको तिलागुफाका नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। पर्यटन क्षेत्र विकासको लागी र धार्मिक कहत्व र्दशाउन नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माण समेत गरिएको उनको भनाई छ।
जुबिथा गाउँका महिलाहरू यो धार्मिक ऐतिहासिक पूजामा नआएमा सत्यवती देवी रिसाउने विश्वास स्थानीय महिलाहरूले गर्ने गरेका छन्। सात दिन सम्म लाग्ने मेलामा कालिकोटको जुबिथा, गाल्जे, राँचुली, शुभकालिका, महावै, खाँडाचक्र, जुम्ला लगायत आसपासका गाउँपालिकाका भक्तालुजनहरू आउने गरेका छन्। उक्त मेलामा धामी नाचको साथै देउडा लगायतका सांस्कृतिक प्रस्तुतिहरू समेत व्यापक रहने गरेको स्थानीयले बताएका छन्।
यो मेला १२ वर्षको एक पटक लाग्ने गर्छ। मेलामा ऐतिहासिक एक सरे धागोमा तिला नदिबाट एक गाग्रीमा पानी ल्याउने, सागुका बाडामा धामी नाच्ने लगायतको धार्मिक कहत्व र्दशाउने गरिन्छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...