विभिन्न कसुरमा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दुई र सोमबार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ठाकुरबाबा नगरपालिका– ६ का विश्व थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। अदालतले थारुलाई ०७८ साल भदौ १ गते लागु औषध मुद्दामा २१ दिन कैद र १ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा जरिवाना तोकेको थियो।
मधुवन नगरपालिका–८ का जीवन खत्रीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। खत्रीलाई अदालतले ०७२ साल चैत २ गते लागु औषध मुद्दामा ५ हजार जरिवाना तोकेको थियो।
मधुवन नगरपालिका–९ का मान बहादुर बाठालाई चेक अनादर मुद्दामा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई ०७८ साल भदौ २ गते अदालतले चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकेको थियो।
त्यसैगरी बढैयाताल गाउँपालिका–८ का उपेन्द्र कुमार श्रेष्ठलाई प्रहरीले चेक अनादर कसुरमा प्रहरीले पक्राउ गरेको। ०७८ साल पुस १२ गते अदालतले श्रेष्ठलाई चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकेको थियो।
ठाकुरबाबा नगरपालिका–३ का भगवा भन्ने भग्गु थारुलाई प्रहरीले पक्राउ गरेको छ। थारुलाई अदालतले ०५२ साल असार ३२ गते भवितव्य ज्यान मुद्दामा १ महिना कैद सजाय तोकेको थियो। प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालतमा बुझाएको प्रहरीले जनाएको छ।