सर्लाहीको गोडैता नगरपालिकाबाट प्रहरीले नक्कली मलखाद बनाउने सामग्री सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सर्लाहीको गोडैता नगरपालिका ७ मा नक्कली मल बनाउने गरेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा सयौँ नक्कली मलका बोरा बरामद भएको हो। प्रहरीले गोडैता नगरपालिका ७ का ५५ वर्षीय मोहन दासलाई पनि नियन्त्रणमा लिएको छ।
गोडैता ७ को महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेडबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको ३१ बोरा बरामद गरेको छ। प्रति बोरा ५० किलो भएको बोरामा नक्कली खाद रहेको छ। थप आधा बोरा नक्कली मल पनि प्रहरीले बरामद गरेको छ।
यसै गरी आइपिएल डिएपि इन्डियन पोटास लिमिटेड लेखिएको २० बोरा बरामद गर्नुका साथै पचास किलोको १०३ बोरा नुन पनि बरामद भएको छ। साल्ट लेखिएको सेतो नुनलाई केही रसायन वा रङ मिसाएर नक्कली मल बनाउने गरिएको बुझिएको छ।
यसै गरी डिजिटल तौल गर्ने मेसिन एक थान, रातो रङ लागेको बेल्चा एक थान, बोरा सिलाउने मेसिन एक थान, बिरला अक्साइड सेमेन्ट कलर लेखिएको खाली प्याकेट चार वटा र आधा भरिएको दुई ओटा प्याकेट प्रहरीले बरामद गरेको हो।
दासले गोडैता ८ मा संचालन गरेको दास बिज भन्डारबाट प्रहरीले पारस सर्वोत्तम खाद इन्डोरामा इन्डिया प्राइभेट लिमिटेड लेखिएको पचास किलो दरको दश ओटा बोरा बरामद भएकाे छ।
गहुँको खेती गर्ने बेलामा रासायनिक मलको व्यापक हाहाकार हुँदा दासले हजारौँ बोरा नक्कली मल बिक्री गरेको हुन सक्ने अनुमान गरिएको छ। हजारौँलाई ठगी गरिसकेको गुनासो बढेपछि नक्कली मलको उद्योग नै संचालन गरेका दासलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो।
दासलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुवेदीले जानकारी दिएका छन्।