बुद्धस्थल सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने
१६ माघ २०७९
•
५ मिनेट पाठ
बुद्धस्थल सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने
७७ हजार शाक्यको सामूहिक बध भएको स्थलका रुपमा मानिएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सगराहवामा आगामि फागुन २३ गते देखि कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला गरिने भएको छ।




लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं वर्षको उपलक्ष्य पारेर सगरहवा क्षेत्रमा सो कार्यशाला गर्ने भएको हो।

पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरि मूर्तीकला कार्यशाला गरिने भएको जनाइएको छ। सोमबार कोषले कपिलबस्तुका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य सहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता एंव सरोकारवालाहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरि सगरहवाको प्रचार प्रसार र प्रवद्र्धन गर्न प्राज्ञ कलाकारहरुबाट बौद्धकालिन चित्रण मुर्तीमा उतार्ने गरि कार्यशाला गर्ने निर्णय गरिएको हो। 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभा सदस्य विमला घिमिरेले खुला संग्रहालयका रुपमा रहेको प्राचिन कपिलवस्तु ओझेलमा परेको बेला गरिन लागेका यो कार्यक्रमले सकारात्मक संदेश जाने बताइन्। उनले कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तीकार्यशालाले थप उर्जा थप्ने बताइन्। ‘कपिलबस्तु आफैमा खुल्ला संग्रालय हो,’ राष्ट्रिय सभा सदस्य घिमिरेले भनिन–‘अब कपिलबस्तुका बौद्ध क्षेत्रहरुको विकास, अन्वेषणमा राज्यले ध्यान दिनुपर्छ।’ कार्यक्रममा कपिलबस्तु क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले प्राचिन नगरीको विकासमा कुनै कसर नछाडने बताए। उनले बुद्ध स्थलको विकासमा कन्जुस्याई भइरहेको बताए।

उनले विकास कोषले सगरहवाको पुरातात्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरि कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलबस्तुको बुद्धकालिन क्षेत्रको विकासमा टेवा पुग्ने बताए। यस्तै कपिलबस्तु १ को क का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले लुम्बिनीमा आउने लाखौं पर्यटकलाई मध्यनजर गरेर सगरहवामा बुद्धका विचार र सन्देश दिने गरि मूर्ती बनाउन आवश्यक रहेको बताए। उनले सगरहवा प्राचिन शाक्यहरुको राज्य रहेकाले यसको विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम मानिसहरुलाई थाहा हुने बताए।

पन्थीले सगरहवा अहिले पोखरी मात्रै रहेकाले त्यहाँ पर्यटकका लागि मूर्ती कार्यशालाले टेवा पुग्ने बताउँदै स्थानीयहरुलाई आम्दानीसँग पनि जोड्ने बताए। शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ। संरक्षण विहिन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरुको समेत अपन्तव हुने गरि कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए।

उनका अनुसार लुम्बिनी विकास कोष मूख्य आयोजक र कपिलबस्तु नगरपालिका आयोजक रहने गरि प्रारम्भिक तयारीका लागि कमिटिहरु गठन गरिएको छ। आगामि फागुन २३ गते फागु पूर्णिमादेखि चैत पूर्णिमासम्म एक महिनाको अवधी राखेर सगरहवाको ऐतिहासिक तथा बौद्धकालिन पुरातात्व झल्कने गरि मूर्ती निर्माण गरिने कोषाध्यक्ष भट्टराईले बताए।

अन्तरक्रिया कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कपिलबस्तु आफैमा बौद्धकालिन सभ्यताले भरिपूर्ण रहेकाले मूर्तीकार्यशाला सम्पन्न गर्न आफुहरु सहयोग गर्न तयार रहेको बताए। उनले पुरातात्विक स्थलमा नगरपालिकाले निर्माणका कामहरु गर्न नसकेपनि बाहिरी क्षेत्रलाई बुद्धमय बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए। कपिलबस्तुका स्थानीय एंव बौद्ध बिषयका विज्ञ पोमनारायण पौडेलले सगरहवा शाक्य बंशको सामूहिक बध गरिएको र सम्झनामा सयौं स्तुपा निर्माण गरिएको चिनियाँ यात्रीहरुले यात्रा वर्णनमा उल्लेख गर्दै बताउँदै यो क्षेत्र बुद्धकालिन सभ्यताको प्रमाणका रुपमा रहेको बताए।

सगरहवामा ३ हजार बर्षअघिका पुरातात्विक बस्तुहरुको संरक्षण गर्ने गरि विकास कोष र पुरातात्व विभागले काम गर्नुपर्ने बताए। मूर्तीकार्यशालाले सगरहवाको प्रचार प्रसारमा ठूलो सहयोग पु¥याउने बताउँदै दीर्घकालिन रुपमा यसको संरक्षण गर्ने गरि स्पष्ट योजना ल्याउन उनको सुझाव छ। उनले कपिलबस्तुमा बुद्धकालिन अवस्थाका महत्वपूर्ण स्थलहरु रहेकाले यहाँको विकासका लागि छुट्टै प्राधिकरण आवश्यक रहेको बताए। सगरहवामा सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरद्धारा गरिएको उत्खनन अन्वेषणमा ठूलो र वर्गाकार स्तुपको चारै दिशामा ससना स्तुपा र १७ वटा ठूला स्तुपा एंव मुख्य स्तुपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुवी लगायतका सामाग्री भेटिएको थियो।  

कार्यक्रममा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमल चुँदाली, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. अब्दुल रसिद खाँन, नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य गीता अञ्जान केसी, नेकपा एमाले कपिलबस्तुका अध्यक्ष डम्बर शर्मा, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, नेपाली काँग्रेसका नेता देवेन्द्र कुमार पोख्रेल, राष्ट्रिय जनमोर्चाका नेता देवेन्द्र कुमार पोख्रेल, नेपाल ललितकला प्रज्ञ प्रतिष्ठानका प्राज्ञसभा सदस्य गोविन्द चौधरीले बोल्दै कार्यशालाले पर्यटन प्रवद्र्धन र सगरहवाको ऐतिहासिकताको प्रचार हुने बताए।  

मूर्तीकार्यशाला अन्तर्गत पहिलो चरणमा छलफल गरिएको र आगामि दिनमा स्थानीय आमा समूह, सामुदायिक वन एंव सरोकारवाला सबै पक्षलाई समेटेर अगाडि बढ्ने लुम्बिनी विकास कोष कपिलबस्तु कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए। कोषले कार्यशाला सम्पन्न गर्न कपिलबस्तुबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरुलाई संरक्षक, सबै राजनीतिक पार्टीका एक÷एक जना प्रतिनिधिहरुलाई सल्लाहकार र विज्ञहरुको छुट्टै कमिटि गठन गरेर तयारीमा जुट्ने जनाएको छ।  
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
३४ मिनेट अघि
•
१ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा २० स्वर्ण पदक जितेर पदक तालिकामा चौथो स्थान हासिल गर्ने लक्ष्य राखेको छ।

cg motors before sport section

‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको हो।

मंसिर १६ देखि २७ गतेसम्म औपचारिक रूपमा प्रतियोगिता सुरु हुने भनिए पनि केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन्।

प्रतियोगिताका खेलहरूमध्ये पौडी र टेनिसका स्पर्धा सम्पन्न भइसकेका छन्। नेपालगन्जमा सम्पन्न पौडी प्रतियोगिताका २३ विधामा प्रतिस्पर्धा गर्दै एनआरएनएका खेलाडीले उल्लेखनीय सफलता हात पारेका छन्।

पौडीमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्ने मिखा थापाले ५ स्वर्ण र ३ कांस्यसहित कुल ८ पदक तथा अमेरिकाका खेलाडी लिली बोहराले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल १२ पदक जितेका छन्।

दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएले कम्तीमा २० स्वर्ण, १० रजत र ५ कांस्य गरी कुल ३५ पदक जितेर चौथो स्थानमा पुग्ने लक्ष्य लिएको छ।

२०७६ सालमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग विभागीय टोलीसरह मान्यता पाउने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद खेलेको थियो।

लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण, ३ रजत र ५ कांस्यसहित नवौं स्थानमा रहेको एनआरएनए गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद, २०७९ मा १२ स्वर्ण, ४ रजत र १० कांस्य जित्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको थियो।

एनआरएनएले यसपटक ७९ विधा तथा तौल समूहमा प्रतिस्पर्धा गर्नेछ। एनआरएनएका उपाध्यक्ष एवं स्पोर्ट्स एकेडेमीका अध्यक्ष भीमसेनकाजी थापाका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई खेलकुदका माध्यमबाट मातृभूमिसँग जोड्ने तथा नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ११ खेलमा सहभागिता जनाइएको हो।

थापाका अनुसार व्यक्तिगततर्फ एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल, साइक्लिङ, जुडो, कराँते, फुल-कन्ट्याक्ट कराँते, लन टेनिस, पौडी र टेबल टेनिस तथा सामूहिकतर्फ क्रिकेट गरी ११ खेलमा सहभागिता रहेको छ।

बक्सिङसहित कुल १२ खेलमा खेलाडी दर्ता गरिए पनि समयतालिकामा फेरबदल भएकाले बक्सिङमा सहभागी हुन नसकिएको स्पोर्ट्स एकेडेमीका सदस्यसचिव स्वयम्भूराज डंगोलले जानकारी दिए।

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले डायस्पोरामा रहेका नेपालीलाई खेलकुदको माध्यमबाट मातृभूमिसँग जोड्ने अभियानमा रहेको बताए।

आगामी दिनमा नेपाल सरकारसँग मिलेर खेलकुदको क्षेत्रमा काम गर्न एनआरएनए तयार रहेको उनको भनाइ थियो।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एनआरएनएका व्यवस्थापन प्रमुख तथा आइसीसी उपाध्यक्ष मनोज श्रेष्ठ (गोर्खाली) ले विभागीय टिमहरूसँग प्रतिस्पर्धाभन्दा पनि विदेशमा हुर्किएको पुस्तालाई नेपालको खेलकुदबारे बुझाउन सहभागिता जनाएको बताए।

उनले आठौं र नवौंको तुलनामा यसपटक पदक तालिकामा सुधार हुने अपेक्षा व्यक्त गरे।

उपाध्यक्ष तथा दशौं राष्ट्रिय खेलकुदको आर्थिक संयोजक प्रवीण गुरुङले सबैको साथसहयोगले सहभागिता सम्भव भएको उल्लेख गर्दै खेलाडीको सुविधामा कुनै कसर बाँकी नराख्ने बताए। उनले सहयोगका लागि आइसीसीका सबैलाई अपिलसमेत गरे।

महासचिव डा. चिरञ्जीवी खड्काले खेलाडीको सुविधाका लागि सचिवालयले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै अहिले केही कमजोरी देखिएको भए सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

पत्रकार सम्मेलनमा एनआरएनए खेलाडी छनोट प्रक्रियालगायत विषयमा उठेको जिज्ञासामा प्राविधिक निर्देशक रवि शाहीले सबै कागजात हेरेरमात्रै खेलाडी खेलाइएको बताउँदै समस्या नहुने बताए।

एनआरएनएले शनिबार नै दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुन जाने केही खेलाडीलाई बिदाइ गरेको छ।
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
यो पनि पढौँ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस