‘सकारात्मक कुरामा ध्यान दिऔँ’
१७ माघ २०७९
•
३ मिनेट पाठ
‘सकारात्मक कुरामा ध्यान दिऔँ’
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले मानसिक समस्या (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन्।  




सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित  आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक समस्या पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भने।

‘मानसिक समस्या भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन। हरेक मान्छेमा समस्या हुन्छ। कति प्रतिशत भन्नेमात्रै हो। पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ। धेरै प्रतिशत हुँदा समस्या हुने हो’, उनले भने, ‘आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो। बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो। तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन। एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ।’

कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने तर्क गरे। ‘असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो। बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ।’, उनले भने।  

अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुन्छ भन्ने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको सुनाए। उनले भने, ‘सबै धर्मग्रन्थ सकारात्मक छन्, समाजमा मात्रै नकारात्मक व्याख्या गरेर खराब बनाइएको हो। सबै धर्मग्रन्थले आत्महत्या गर्नुलाई पापको रुपमा व्याख्या गरेको छ।’

अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण मानसिक समस्या बढ्दै आत्महत्यासम्म पुग्ने गरेको बताए। उनले भने, ‘शिक्षा, संस्कार, संस्कृति, जीवन र दर्शनसँग जोडेर हामीले हाम्रा बालबालिकालाई सक्षम बनाउनुपर्छ। आत्महत्या रोकथामका लागि विद्यालय र क्याम्पसका विद्यार्थीलाई पनि बुझाएर सचेतना जगाउने काम गर्नुपर्दछ।’

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रा डा नन्दिता शर्माले मानिसमा चाहना असीमित हुँदा महत्वकांक्षाले नकारात्मकता तीर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताइन्। ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिनेमा उनले जोड दिए।  

नायब प्रहरी निरीक्षक महसुद आलम खाँले मानिसको आवश्यकता र सहजतालाई मिलाएर काम गर्ने सक्ने वातावरण सिर्जना गरेर यसलाई नियन्त्रण गर्न सकिने बताए। सुख सुविधाको भोकमा लाग्दा अशान्ति कायम हुने र आत्महत्याको अवस्था सिर्जना हुने उनको तर्क थियो।  नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आत्महत्याको भयावहबाट हरेक वर्ग प्रताडित रहेको बताएका छन्। विपद् प्रतिकार्यका लागि काम गर्छौँ त्यसैगरी आत्महत्या रोकथामका लागि रणनीतिक कार्य गर्नुपर्नेमा उनले जोड दिए।

मनोवैज्ञानिकविद् पदमप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले आत्महत्या रोकथाम सबै तहका सरकारको जिम्मेवारीमा पर्ने भएकाले समन्वयका साथ यसका लागि आवश्यक काम अगाडि बढाउनुपर्नेमा जोड दिए।
अर्को समाचार
‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’
२० वैशाख २०८१
•
२ मिनेट पाठ
‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’
राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।




विश्वभर बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ। यसै सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय कानुन र श्रम ऐनअनुसार श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो।

यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने राष्ट्रिय नारासहित नेपालमा पनि श्रमिक दिवस मनाइएको छ। मजदुरका पक्षमा मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका संयुक्त राष्ट्रसंघद्वारा जारी अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धिले बोलेका छन्। साथै नेपालको संविधान, श्रम ऐन, नियमावलीलगायतमा पनि श्रमको सम्मान, समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने, रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, बालबालिकालाई काममा लगाउन नहुने, न्यूनतम पारिश्रमिक, बिदा, काम, आराम र मनोरञ्जन, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षासम्बन्धी व्यवस्था, ट्रेड युनियन खोल्न र सामूहिक सौदाबाजी गर्न पाउनेलगायतका अधिकारको व्यवस्था गरिएको छ।

मानव बेचबिखन, बालश्रम र जबर्जस्ती श्रमबाट मुक्त हुने वातावरणको सिर्जना गर्नुपर्ने कानुनी दायित्वका साथै श्रमिकको हक उल्लंघन भएमा उपचार प्राप्त गर्न सक्ने व्यवस्थासमेत ऐन र नियमावलीमा छ।

संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै पनि देशभित्र श्रमको वातावरण र श्रमिकको उचित सम्मान हुन नसक्दा दैनिक हजारौं मानिस वैदेशिक रोजगारीमा गइरहेको पाइएको भन्दै आयोगले त्यसप्रति चिन्ता जनाएको छ।

निजी क्षेत्रमा कार्यरत श्रमिकले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिका इट्टाभट्टा, होटल, रेष्टुरेन्ट, निजी घरमा श्रमिकको रूपमा काम गर्न बाध्य भएकाप्रति पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगले बाल हिंसा र यौन दुव्र्यवहारका घटना नरोकिएको तथा कार्यस्थलमा हुने दुर्घटनाबाट श्रमिकहरू दिनहुँ घाइते, अंगभंग हुने गरेको र कतिपय अवस्थामा ज्यानैसमेत जोखिममा परेको विभिन्न अध्ययनले देखाएको जनाएको छ।

श्रमिकको अधिकार सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउँदै आयोगले भनेको छ, ‘सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवं श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने/गराउने कार्यमा विशेष जोड दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्छ।’
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस