वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
१८ माघ २०७९
•
३ मिनेट पाठ
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय,उपमेयर महेन्द्रबहादुर शाही वडा नम्बर ७ छाप्रेमा पुगेर वृद्ध भत्ता वितरण गर्दै। तस्विर: ललित विष्ट
तिलागुफा नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन्। तिलागुफा नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो।




बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका तिलागुफा नगरपालिका-७ का ७९ बर्षीय पार्थिमल शाही यस आर्थिक बर्षको दोस्रो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएका छन्। उनी भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन,अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ।’

त्यस्तैगरी, तिलागुफा  नगरपालिका-७ की ७६ बर्षीया रत्ना विक पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछिन्। ‘भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर नाग्म बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या’, उनले भनिन्, ‘अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ।

तिलागुफा नगरपालिकाले वडानम्बर-७ छाप्रेका एक सय ६६ जना  ६० वर्ष माथिका वृद्धवृद्धा र ६ जना अपाङ्गलाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो। नगरपालिका र  वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला,अपाङ्ग लगायतको नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम गरेको वडानम्बर-७ का वडाअध्यक्ष दिपबहादुर शाहीले बताए।

त्यस अवसरमा वडामा रहेका वृद्धवृद्धा एकल महिला,अपांग,गर्भवती तथा सुत्केरी महिला लगायतको बैंक खाता समेत खोल्न सुरु गरिएको छ। भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले  बताए।

यस अघि नगरपालिका र मान्म पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने  गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन्। भत्ता बुझ्नकै लागि दुई दिनको दूरीमा रहेको बैंकमासम्मको कष्टकर यात्रा गर्न नपरेको भन्दै स्थानीयले खुसी व्यक्त गरे।

सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको बताउँदै तिलागुफा नगरपालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको मेयर शंकरप्रसाद उपाध्यायले बताए।  

तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय,उपमेयर महेन्द्रबहादुर शाही र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी लगायतले वडानम्बर ७ को छाप्रेबाट  सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेका हुन्।

साथै यो अभियान सबै वडाहरुमा निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ।

मंगलबार वडा नम्बर ८ को ओखर भिटाका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
अर्को समाचार
जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने
०५ असोज २०७९
•
१ मिनेट पाठ
जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने
कैलालीको जोशीपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। गाउँपालिकाले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा वडास्तरबाटै भत्ता वितरण गर्ने निर्णय गरेको छ।  




गाउँ कार्यपालिकाको यही भदौ १३ गतेको बैठकले चालु आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी भत्ता वितरण वडास्तरबाटै गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले जानकारी दिए।  

उनले गाउँपालिकाका सात वटै वडामा दुई/दुई स्थानबाट भत्ता वितरण हुने बताए। बैंकका कर्मचारीहरुले नै वडामा पुगेर लाभान्वित व्यक्तिहरुलाई भत्ता उपलब्ध गराउने बताईएको छ।  

प्रमुख प्रशासकीय अधिकृत खत्रीले बैंकमा लामो लाईन लागेर लाभान्वित व्यक्तिहरुले कठिनाई भोग्नु परेको जनगुनासोलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बताए। उनले वडाका दुई ठाउँबाट भत्ता वितरण हुँदा लाभान्वित व्यक्तिहरुको चाप समेत कम हुने भएकाले सहज हुने बताए।  

गाउँपालिकाले सातवटै वडाका ३ हजार २२४ जनालाई भत्ता वितरण गर्नेछ। भत्ता पाउने लाभान्वितमा जेष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्ता, एकल महिला र दलित छात्रछात्रा रहेका छन।  उनीहरुले त्रैमासिक रुपमा भत्ता पाउने छन्।    

यसरी भत्ता वितरण गर्दा लाभान्वित व्यक्तिहरुलाई सहज हुने मात्रै नभई पारदर्शी समेत हुने गाउँपालिकाले विश्वास गरेको छ। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस