जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
१९ माघ २०७९
•
१ मिनेट पाठ
जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं. ९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जबरजस्ती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दुई छुटाछुटै समयमा सोही जंगलमा लगेर जबरजस्ती गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।  




बुधबार साँझ ६ बजे  मुगु घर भई हाल काठमाडौँ थानकोट बस्ने १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा  मुगु जिल्ला सोरु गाउँपालिका घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने बर्ष २१ को भक्त नेपालीलाई भक्तपुर बाँसबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनलाई  जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। साथै सोही जंगलमा अर्कै महिलालाई जबरजस्ती गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन्। मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने बर्ष २० की महिलालाई जबरजस्ती गरेको आरोपमा हुम्ला अदानचुली गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ मिलनचोक बस्ने बर्ष १९ को गगन परियारलाई पक्राउ गरिएको हो।

जबरजस्ती करणी उद्योग गरी फरार भएकोमा उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ। गगन परियारलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
अर्को समाचार
जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
२८ साउन २०७८
•
१ मिनेट पाठ
जबरजस्ती करणी प्रयासको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्।  




प्रहरीले उनलाई बिहीबार दिउँसो गाउँपालिका कै कार्यालयबाट पक्राउ गरेको हो।  

सम्मरीमाइकै एक जना महिलाले शुक्ला विरुद्ध बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी छिन्। साउन २४ गते शुक्लाले ती महिलामाथि बलात्कारको प्रयास गरेको बताइएको छ। ती महिलालाई परेको समस्या समाधान गरीदिने भन्दै आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेको आरोप शुक्लामाथि लागेको छ। स्थानीयका अनुसार शुक्लाले आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै ती महिला शुक्लाकै घरबाट रुदैँ भागेकी थिइन्।  

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जबरजस्ती करणी उद्योगको आरोपमा अनुसन्धानका लागि शुक्लालाई पक्राउ गरीएको बताए।

घटनाको अनुसन्धान भइरहेको एसपि केसीले बताए। शुक्ला हाल सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस