छन्त्याल सभ्यता र संस्कृति खोज्न छन्त्याल सर्वमान्य फाउण्डेशनद्वारा १ करोडको कोष स्थापना
२० माघ २०७९
•
३ मिनेट पाठ
छन्त्याल सभ्यता र संस्कृति खोज्न छन्त्याल सर्वमान्य फाउण्डेशनद्वारा १ करोडको कोष स्थापना
अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ।




नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व.दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका छन्त्यालहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी तथा जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले अल्पसंख्य छन्त्याल जातिले इतिहास र भाषा संरक्षणको लागि ठूलो राशीको कोष स्थापना उपलब्धीमुलक भएको बताए।

उनले सबै जातिले आर्थिक समृद्धि संगै भाषाको संरक्षण र सम्र्वद्ध आवश्यकता रहेको बताए। नेपाल छन्त्याल संघ र फाउण्डेशनको संयुक्त रुपमा आयोजित सो कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले नेपाल छन्त्याल संघले स्थापनाकाल देखि नेपाल आदिवासी जनजाति महासंघको योगदानको चर्चा गरिएको थियो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शिवप्रसाद छन्त्यालले कोषलाई स्वदेश लगायत बेलायत, अमेरिका, कोरिया, अष्ट्रेलिया तथा अन्य देशमा रहनु भएका ७९ जना छन्त्यालहरुले न्युनतम ११ हजार देखि २० लाखसम्म आर्थिक सहयोग प्रदान गरेको विवरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थालाई अतुलनिय योगदान पु¥याउने संस्थाका पूर्व अध्यक्ष तथा संरक्षकहरु मनचिन घरब्जा छन्त्याल र चित्रबहादुर घरब्जा छन्त्याललाई नगद १ लाख सहित सम्मान पत्र प्रदान गरिएको छ। भाषण फाउण्डेशनका कोषाध्यक्ष तथा छन्त्याल महिला संघका अध्यक्ष थममाया भलञ्जा छन्त्यालले मन्तब्य ब्यक्त गरेको कार्यक्रमा सचिव दिपबहादुर भलञ्जा छन्त्यालले कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरुको पूर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजहरुको खोजी गर्ने बताए।

संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक इन्द्रजीत भलञ्जा छन्त्यालले सर्वमान्यले छन्त्याल जातिको लागि दिएको योगदानको चर्चा गरेका थिए। स्व, दिलबहादुर घरब्जालाई छन्त्याल जातिको पहिचानको अभियानमा लाग्न प्रेरित गर्ने र यसका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुँने म्याग्दी जिल्ला ताकम स्थायी घरभई हाल अमेरिकामा रहनु भएका साहित्यकार होमनाथ सुवेदीलाई फाउण्डेशनले मानार्थ सदस्य प्रदान गरी सम्मान गर्ने घोषणा गरेको छ भने जगनारायण तथप्जा र सर्वमान्यका पारिवारिक प्रतिनिधि जगेन्द्र भलञ्जाले मन्तब्य राखेका थिए। 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकृत ५९ वटा आदिवासी जनजातिहरु मध्ये छन्त्याल एक आदिवासी जनजाति हो। छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाणहरु हालसम्म नपाइए तापनि वर्तमान समयमा मध्य पहाडी क्षेत्र अन्तर्गत धवलागिरी अंचलको म्याग्दी जिल्लाको उत्तर पश्चिमको कुइने, मंगलेखानी, गुर्जाखानी, मल्कवाङ्ग, पाखापानी, बरंजा, ताकम आदि र बाग्लुङ्ग जिल्लाको तमान, खुंखानी, बोङ्गादोभान, अधिकारी चौर, बुर्तिवाङ्ग देविस्थान, दमेक, लेखानी, धम्जा, अमरभूमि आदि तथा गुल्मी जिल्लाको वामीटक्सार लगायत मानिन्छ।
अर्को समाचार
‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा
१२ माघ २०८०
•
३ मिनेट पाठ
‘पुर्पुरो’ गर्ने छन्त्याल समुदायको परम्परा
उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका ५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्छन्। लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अस्ट्रेलियामा छन्।




पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गरे। लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो परिवारमा जन्मिएका जेठा छोराको पुत्र बढाउ अर्थात् पुर्पुरो भने उनीहरुले जन्मस्थान गाउँमा गरेका हुन्।

छन्त्याल समुदायमा घरमा जेठा छोरा जन्मिएको खुसियालीमा हर्ष बढाउस्वरुप पुर्पुरो गर्ने पुख्र्यौली परम्परा र संस्कृति रहेको छ। यस दिनमा आफ्ना आफन्त र मान्यजनलाई निम्ता दिएर घरमा पुख्र्यौली नाच देखाउने गरिन्छ भने पुर्पुरो गर्ने परिवार र बालकलाई टीका लगाएर आशिष दिने चलन छ।

लामो समयदेखि पोखरामा बसोबास गर्दै आए पनि आफ्नो पुख्र्यौली गाउँठाउँमै पुगेर जेठो छोरा लिएनको पुर्पुरो गरेको उनका ठूलोबुबा कृष्ण छन्त्यालले बताए। ‘हामीले पोखरामै पनि बाबुको पुर्पुरो गर्न सक्थ्यौँ, तर हामी यही गाउँमा जन्मियौँ, आज जहाँ भए पनि हामीले आफ्नो संस्कारलाई गाउँमै आएर पूरा गर्नुपर्छ भन्ने मान्यताले जन्मथलोमा आएर गरेका हौँ’, उनले भने। पुर्पुरोका अवसरमा पुख्र्यौली समूहले नाचगान गर्ने र स्थानीय आमा समूह र युवा क्लबले स्वागत र सम्मान गर्ने चलन रहेको छ।

पुर्पुरोका समयमा पुख्र्यौली समूहमार्फत स्थानीय सामाजिक गतिविधिमा उपयोग गर्ने गरी घरपरिवारले आर्थिक सहयोग प्रदान गर्ने भएकाले गाउँकै सामाजिक सेवामा सहयोग पुगोस् भनेर आफूहरु गाउँ फर्किएर संस्कारजन्य कार्य गर्ने गरेको छन्त्याल परिवारको भनाइ छ।

लिएनको पुर्पुरोमा घरपरिवार र अन्य आफन्तबाट दुई लाख चार हजार पाँच सय सहयोग जुटेको धवलागिरि गाउँपालिका ५ का वडा सदस्य र स्थानीय महेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त छन्त्यालले जानकारी दिए।

उनले उक्त सहयोग रकमलाई विद्यालयको निजी स्रोतका शिक्षकको तलब सुविधामा खर्च हुने जानकारी दिए। विकट बस्ती भएकाले अवसर, रोजगार र सुविधाका लागि हरेक वर्ष गाउँ छाडेर अन्यत्र जानेक्रम बढेपछि संस्कारजन्य कार्यमा भने पुख्र्यौली थलोमै फर्कने परम्परा बनेको छ। मलम्पारका अधिकांश घरबाट वैदेशिक रोजगारमा गएका छन् भने धेरैले गाउँदेखि सहरतर्फ बसाइँ सार्न थालेका छन्।

दुर्गम गाउँका रुपमा चिनिएको मलम्पारबाट रोजगार, व्यापार व्यवसाय र अन्य कारणले गाउँ छाडेका आफ्नो परिवारको पुर्पुरो, छेवर, विवाहलगायत संस्कार र परम्पराजन्य कार्यका लागि भने गाउँ फर्कने गरेको वडा सदस्य छन्त्यालले बताए। यस गाउँबाट बेनी, पोखरा, काठमाडौँ, बुटवललगायतका सहरी क्षेत्रमा बसाइँसराइ गरेका संस्कारजन्य कार्यका लागि गाउँ फर्कने भएकाले गाउँको विद्यालय सञ्चालन र सामाजिक कार्यमा राहत हुने गरेको छ।

यहाँका हरेक व्यक्तिले आफ्नो मनोकांक्षाका लागि मालिकालगायत शक्तिपिठको भाकल गर्ने भएकाले पनि विश्वका जुनसुकै ठाउँमा पुगेका पनि गाउँ सम्झिएर फर्कने गरेको स्थानीय विष्णुमाया घरब्जा बताउँछन्। पुर्पुरोको दिनमा पुख्र्यौली समूहले गीत र नाचबाटै आशिष दिने भएकाले यस दिन देखाउने पुख्र्यौलीलाई पुर्पुरो गर्ने भन्ने चलनसमेत रहेको छ। दिनभर सारेठी भाकामा नाच देखाउने पुख्र्यौली समूहले घरपरिवारको सम्मान र दानपछि परिवारलाई एकै ठाउँमा राखेर गीतको भाका, नाचको रौनक र फूलपाती दिएर आशिष दिने चलन छ। –रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस