कटारीको एक सामुदायिक वनक्षेत्रबाट अवैधानिक काठ चोरीमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन्। कटारी नगरपालिका ५ स्थित सुगाजोर सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रबाट काँचो रुख ढालेर काट्दै गरेको अवस्थामा गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मधेस प्रदेश सिराहाको गोल बजार नगरपालिका १० घुर्मी टोलका २४ वर्षीय कृष्ण लिम्बु र कटारी नगरपालिका १ बाख्री चरणका २१ वर्षीय विकास मगर रहेको डिभिजन वन कार्यालयका प्रमुख (डिएफओ) विष्णुलाल घिमिरेले बताए। डिएफओ घिमिरेका अनुसार अवैध काठ कटान भईरहेको भन्ने सूराकीका आधारमा गएको गस्ती टोलीले उनीहरूलाई शुक्रवार विहान २ बजे पक्रmाउ गरेको हो।
इलाका प्रहरी कटारी र स्थानीय सशस्त्र प्रहरी बल बेस क्याम्पस कटारी समेतको सहयोगमा गएको गस्ती टोलीले वनक्षेत्र घुम्दै जाँदा काठ काटिरहेको अवस्थामा उनीहरूलाई काठ काट्ने मेसिन र १८ थान काँचो बटम सहित नियन्त्रणमा लिइएको हो। घट्नास्थल सिराहा र उदयपुरको सीमा क्षेत्र आसपास रहेको पनि डिएफओ घिमिरेले बताए।
बारम्बार अवैध काठ कटान तथा चोरी निकासी हुने गरेको गुनासो आउने गरे पछि डिभिजन बन कार्यालयले पछिल्लो समय निगरानी बढाएको र सोही क्रममा २ जनालाई पक्राउ गर्न सफल भएको घिरिमेले बताएका छन्। २४ र २१ वर्षका लक्का जवानहरू यसरी काठ चोरी तस्करीमा संलग्न भएको पाइनुमा वास्तविक तस्कर अरु नै हुनसक्ने अनुमान गरिएको छ। तर, घट्नामा ककसको हात छ छैन भन्ने कुरा भने अनुसन्धानपछि मात्र भन्न सकिने डिभिजनले जनाएको छ।
पक्राउ पर्नेहरूबाट १८ थान बटम अर्थात १५ क्युबिक फिट काँचो काठ, पेट्रोलबाट चल्ने रुख ढाल्ने तथा काठ काट्ने यन्त्र (मेसिन) २ थान र अन्य बन्दोबस्तीका सामग्री बरामद भएको छ। विहान २ बजे पक्राउ गरी टोली फर्के पनि शुक्रवार दिउँसो पठाइएको अर्को टोलीले सो क्षेत्रमा खोजी गर्दा जंगलमा ३ वटा काँचो सालका रुख ढालेको पाइएको तथा ५० क्युबिक फिट हाराहारी काटेर लैजान तयारी अवस्थाको काठ बरामद भएको घिमिरेले बताएका छन्। डिभिजन कार्यालयकै हिरासतमा राखिएका पक्राउहरुलाई थप आवश्यक अनुसन्धान गर्नका लागि आइतबार अदालतको जिम्मा दिने तयारी भईरहेको छ।
चारैतिर चुरे महाभारत जंगलले घेरिएको कटारी सिन्धुली, तराई जिल्लाहरू सिराहा, सप्तरी, महोत्तरी, सर्लाही र धनुषासँग सीमा जोडिएको नगरपालिका भएकाले अत्याधिक काठ उत्पादन क्षेत्र भएको ठाउँ हो। खास गरी तराई जिल्लासँग जोडिएको हुनाले काठ चोरी तस्करी बाक्लो हुने गरेको डिभिजन वनले जनाएको छ। संगठित तस्करी समूहले सशस्त्र जंगल प्रवेश गरेर काँचो रुख काट्दै तराई जिल्ला भएर भारततर्फ अवैध काठ चोरी तस्करी गर्ने गरेको यसअघिका बिभिन्न घट्नाहरुले देखाएका छन्।
स्थानीय उपभोक्ताका अनुसार संगठित आपराधिक समूह नै संलग्न हुने भएकाले वन कर्मचारी र सामुदायिक वन समूहहरूले एक्लै दोक्लै तस्करलाई समात्ने हिम्मत गर्न पनि सक्दैनन्। गस्ती खटाउँदा पनि ठूलो समूहमा सशस्त्र खटे मात्र संभव हुने उनीहरूको भनाई छ। ससाना गस्ती टोलीलाई उल्टै फाईरिङ गरेर तस्कर समूहले भगाउने घट्ना पनि बेलाबेलामा घट्ने गरेको स्थानीयहरूको अनुभव छ। डिएफओ घिमिरेले पनि वन गस्ती खटाउँदा सम्भावित खतराबाट सचेत हुँदै प्रहरी र सशस्त्र बललाई साथ लिएर खटाउने गरेको स्वीकारेका छन्।