करोडौँ लगानीमा गत वर्षदेखि धरानको वडा नं २० मा सञ्चालनमा आएको सेक्ष एड्भेञ्चर पार्कले १५ दिने एडभेञ्चर फेस्टिभल गर्ने भएको छ।
पार्कमा नयाँ आर्कषणहरु थपिएपछि धरानको पर्यटकीय गतिविधिलाई चलायमान गराउन माघ २४ गतेदेखि एडभेञ्चर फेस्टिवल गर्न लागेको पार्कका सञ्चालकहरुले जानकारी दिएका छन्।
यो पार्क पर्यटनकर्मीहरु वासुदेव वराल र एलिना मगरले सञ्चलानमा ल्याएका हुन्। हालसम्म साढे ६ करोड लगानी भइसकेको पार्कमा अझै ४ करोडको संरचनाहरू थपिन बाँकी रहेको सञ्चालक बरालले जानकारी दिए। पार्क ४ बिघा क्षेत्रफलमा फैलिएको छ।
वडा नं २० स्थित कालीमाटीमा रहेको पार्कमा गत बर्ष नै स्काई साइकल, जिपलाइन र ह्याङगीङ ब्रिज सञ्चालनमा आएको थियो। जिपलाइन २ मिटरको छ भने स्काई साइकल अपडाउन ३ सय मिटरको छ। यस्तै, पचास पचास फिटको टायर, रोप (डोरी) र वुडन (काठ) को ह्याङ्गिङ ब्रिज रहेको छ। अहिले पार्कमा स्पेशमा गएको अनुभूति दिलाउने रसियन सर्कल, ३६० डिग्रीमा घुम्ने साइकल र चिल्ड्रेन पार्क पनि थपिएको छ। चिल्ड्रेन पार्कमा मानिस आफै उभिएर खेल्नुपर्ने लुडो (सर्प र भर्याङ) खेल पनि छ। यो नेपालमै पहिलो पटक राखिएको पनि बरालले बताए।
‘हाम्रो पार्क भएर चिण्डे डाँडा, टोड्के टावर र विष्णुपादुका मन्दिर जाने, त्यहाँबाट भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्क भएर धरान बजार झर्ने प्याकेज हुनसक्छ। अथवा गोर्खा पार्क हुँदै अन्तिममा हाम्रोमा आएर झर्दा पनि हुन्छ। यो रुटमा हाइकिङ प्रवर्द्धन पनि गर्ने योजना छ,’उनले भने।
धरान १३ देवी मार्गबाट सर्दु पुल पार गरेर पार्कसम्म पुग्ने बाटो कच्ची रहेको र यसको विकासमा स्थानीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्ने सञ्चालक बरालले बताए।

‘थारुको साँस्कृतिक पहिरन र पुराना राजारानीको पहिरन पनि लगाएर घुम्न, फोटो खिच्न पाउने व्यवस्था पनि छ,’उनले भने,‘एडभेञ्चर फेस्टिभलमा यहाँ भएको सबै आकर्षणहरूमा बिशेष छुट पनि उपलब्ध हुनेछ।’फेस्टिवल माघ २४ गतेदेखि फागुन ९ गतेसम्म भएपनि पार्क भने निरन्तर सञ्चालनमा रहने सञ्चालिका मगरले बताइन्। पर्यटकहरू घुम्न आउँदा जुन खेलको टिकट काटेका हुन्छन्, त्यसमा कुपन पनि तान्न पाउनेछन्।
‘त्यो कुपन १० प्रतिशतदेखि सय प्रतिशतसम्म छुटको हुन्छ। जतिको आउँछ, पर्यटकहरूले त्यति नै छुट पाउनुहुनेछ,’उनले भनिन्। पार्कमा प्रवेश शुल्क ५० रुपैयाँ छ भने खेलहरू न्यूनतम २ सय रुपैयाँदेखिको उपलब्ध छ।यस्तै, पार्कमा सय जना क्षमताको रेस्टुरेन्ट पनि सञ्चालनमा आइसकेको छ। जहाँ कफी, खाजाको सेट, सेकुवालगायत परिकारहरू उपलब्ध हुनेछ। भविष्यमा रिसाेर्ट, गेमिङ जोन र पिकनिक स्पट पनि बनाउने योजना रहेको सञ्चालकहरुको छ। पार्कबाट नजिकै चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा र टोड्केको टावर पनि रहेको छ। पार्कसँगै यी दुवै गन्तव्यलाई पनि जोडेर पर्यटकहरुलाई प्याकेज दिने योजना रहेको पनि सञ्चालक बरालले बताए।