मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–२ लालभित्तीमा आइतबार बिहान साढे ३ बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बि ७४ बि जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।
भारतको सिक्किम वेष्ट सोरेङ घर भएका ६३ वर्षीय प्रतापसिंह तामाङको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा आइतबार बिहान साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
कार चालक सिक्किमकै ४१ वर्षीय फुर्वा छिरिङ तामाङ, २२ वर्षीय पाल्देन टासी तामाङ र ४३ वर्षीय बालचुक तामाङ घाइते भएका र उनीहरूको विराटमै उपचार भइरहेको छ।
सिन्धुलीमा रहेका आफन्तको मृत्यु भएको ठाउँमा पुगेर फर्किँदै गर्दा दुर्घटना भएको हो। तीव्र गतिका कारण कार सडकबाट पल्टिएर खड्का पेट्रोल पम्प अगाडिको खोल्सीमा झरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यसैगरी, उर्लाबारी नगरपालिका–७ मा स्कोरपिओ गाडी र सिटी सफारी ठोक्किँदा सफारी चालकको मृत्यु भएको छ भने सफारीमा सवार ६ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ६८४५ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०२ ह ३०७ नम्बरको सिटी सफारी ठोक्किएको हो। शनिबार साँझ साढे ७ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सफारी चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २६ वर्षीय सञ्जु उरावको उपचारका क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका उरावको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो।
सफारीमा सवार पथरीशनिश्चरे–१० की २१ वर्षीया सानिया राई, पाल्मु तामाङ, २० वर्षीया कृति तामाङ, ओमा राई, १९ वर्षीया विष्णुमाया मगर र १८ वर्षीया रञ्जना राई घाइते भएका प्रहरी निरीक्षक कार्कीले बताए।
गाडी चालक झापाको दमक नगरपालिका–२ का ४० वर्षीय सन्दीप बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। गाडी चालक बस्नेतले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।