सिन्धुली जिल्लाले पहिलो पटक प्रमुख जिल्ला अधिकारीमा महिला पाएको छ।
प्युठान जिल्लाबाट सरुवा भई सिन्धुलीमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सुनिता नेपाल आएपछि पहिलो पटक जिल्ला प्रशासनको नेतृत्व महिलाले पाएको हो।
४७ औँ सिडिओको रुपमा सिन्धुली आएकी प्रजिअ सुनिता नेपालले प्रशासनिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाइन्। आइतबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा प्रजिअ नेपालले जिल्ला प्रशासनबाटै सेवा सुधारको थालनी गर्ने बताइन्।
सञ्चारकर्मीहरूले जिल्ला प्रशासनले सेवाग्राहीलाई गर्ने व्यवहार नै सुधार गर्नुपर्ने धारणा राखेपछि प्रजिअ नेपालले तत्कालै जिल्ला प्रशासनको सेवामा सेवाग्राही प्रति उत्तरदायी हुने गरी सेवा सुधार हुने बताइन्।
उनले पहुँचलाई भन्दा सेवाग्राहीलाई ध्यानमा राखेर प्रशासन सहित जिल्लाभरका कर्मचारीहरूले सेवा दिनुपर्ने बताइन्। पत्रकाहरुले कर्मचारीहरू सेवाग्राहीलाई गर्ने व्यवहार सुधार गर्नुपर्ने विषय उठान गरेका थिए।
जिल्लामा पहिलो पटक महिला सिडिओ आएसँगै शान्ति सुरक्षा र सेवा प्रवाहमा थप कडाइ तथा सुधार हुने अपेक्षा स्थानीयले गरेका छन्।