रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका तारहरूलाई व्यवस्थित गर्न सात दिने अल्टिमेटम दिएको छ।
नगरपालिकाले भैरहवा र आसपासका क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको पोलमा टाँगिएका अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेर सात दिने अल्टिमेटम दिएको हो।
पोलमा यत्रतत्र टाँगिएका इन्टरनेट, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यीकरणमा नराम्रो प्रभाव पार्नुका साथै दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र कुरूप देखिएकोले तारहरू व्यवस्थित गर्न सम्बन्धित कार्यालयहरुहरुलाई पत्राचार गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।
विशेष गरी भैरहवाको बजार क्षेत्रमा पोलहरूमा वर्षौँ देखि यत्रतत्र तार टाँग्दै आएको तर व्यवस्थित गर्न तर्फ चासो नदेखाउँदा शहर नै कुरूप देखिएको छ।

‘‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो। सोही अभियान अन्तर्गत नै पोलमा यत्रतत्र टाँगिएका तारहरू पनि व्यवस्थित गर्न लागिएको हो’ नगर प्रमुख खानले भने।उनले पोलमा यत्रतत्र टाँगिएका तारहरू व्यवस्थित गर्न पटक पटक सम्बन्धित कार्यालयलाई मौखिक रूपमा आग्रह गर्दा पनि व्यवस्थित नभएपछि कार्यालयबाट पत्राचार गरेर ७ दिन भित्रमा व्यवस्थित गर्न आग्रह गरिएको बताए। तोकिएको समयमा सम्बन्धित निकायले अव्यवस्थित तारहरूलाई व्यवस्थित नगरे नगरपालिकाको कार्यालय आफैले ती तारहरू व्यवस्थित गर्ने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालकाे भनाइ छ।