पहिलो पटकमै १५ सय रुपैया जरिवाना लिने ट्राफिक नियम खारेज
०१ फागुन २०७९
•
२ मिनेट पाठ
पहिलो पटकमै १५ सय रुपैया जरिवाना लिने ट्राफिक नियम खारेज
ट्राफिक नियम उल्लघंन गरेको  पहिलो पटकमै १५ सय रुपौयाँ जरिवाना लिने नियम खारेज गरिएको छ।




आइतबार भौतिक पूवार्धार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएपछी यो पुरानो नियम खारेज  गरिएको हो।

यातायात व्यवस्थापन विभागका महानिर्देशक तुल्सी गौतमले भने, हिजो व्यवसायी र सरकारबीच यही सहमती भएको हो।

उनले भने,  ‘ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलो पटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ। अब जति जरिवाना गरेको छ त्यहिँ अनुसार गरेको छ। कहिले काँहि त गल्ति भै हाल्छ। गल्ति भयो करेक्सन भै हाल्छ। अब कसैले १५ सय जरिवाना लिन भनेको नि छैन। नियममा नि छैन। कहिँले काहिँ गल्ति भई हाल्छ।’

उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेअनुसार नै ट्राफिक नियमको कार्यन्वयन भएको बताए। 

आइतबारको सहमती अनुसार रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठीक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एकैपटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरवाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०, सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएममा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम थियो।

सरकारले ०७५ मा यातायात व्यवस्था विभागलाई अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई दिएको तर्क गरेर जरिवानामा एकैपटक तेब्बरले वृद्धि गरिएको थियो। अब सो व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ।

चालकको लाइसेन्स गैरकानुनी ढंगले निलम्बन गरिएको, प्रदूषण जाँचमा ५ हजारदेखि १ लाखसम्म जरिबानाको त्रास फैलाइएको लगायतका आरोप लगाउँदै समस्या समाधान गर्न भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन्।
अर्को समाचार
मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद
१४ जेष्ठ २०८०
•
४ मिनेट पाठ
मोटरसाइकलले ज्यान लिएको घटनामा ६ महिना कैद
सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ। सर्वोच्चले चालक अनुमतिपत्र नभए पनि दुईपांग्रे सवारी साधनबाट भएको दुर्घटनालाई फरक किसिमले व्याख्या गर्दै कैद मात्रै गर्ने फैसला गरेको हो।




न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले १० वर्षअघिको सवारी ज्यानसम्बन्धी घटनाको मुद्दामा फैसला गरेको हो। दुई पांग्रे र चार पांग्रे सवारी साधन चलाउनुलाई समान किसिमको जिम्मेवारी, उत्तरदायित्वभित्र राख्न नहुने अदालतले फैसलामा व्याख्या गरेको छ।

२०७९ फागुन १८ मा गरेको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो। सवारी चालक अनुमति पत्र नभए पनि व्यक्तिगत दुई पांग्रे साधन सावधानीपूर्वक चलाएको बेला दुर्घटना भई ज्यान गएको घटनामा फरक व्याख्या गरेको हो।

सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रविना मोटरसाइकल दुर्घटना गराई मृत्यु भएको मुद्दामा ६ महिना कैद गर्ने ठहर गरेको छ।
२०६९ सालमा नुवाकोटको विदुरमा सवारी चालक अनुमतिपत्र नभएका दीपक तामाङले पैदल यात्री रामप्रसाद कुमाललाई ठक्कर दिँदा मृत्यु भएको थियो। त्यसै मुद्दामा नुवाकोट जिल्ला अदालतले २०७० माघ १५ मा र तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ सालमा तामाङलाई ६ महिना कैद र २ हजार रूपैयाँ जरिबाना गर्ने फैसला गरेको थियो। सर्वोच्चले फैसलालाई केही उल्टाउँदै ६ महिना मात्रै कैद गर्ने फैसला गरेको हो।

‘सवारीचालक अनुमतिपत्र नरहेको भन्ने तथ्यलाई स्वतः लापवाहीपूर्वक सवारी चलाएको अर्थ गर्न मिल्ने नदेखिएको’, सर्वोच्चले भनेको छ, ‘सवारी चालक अनुमति पत्र नभए पनि निजले जानीजानी वा लापरवाहीपूर्वक सवारी नचलाई सावधानीपूर्वक सवारी सम्बन्धी सबै नियम पालना गरेर मोटरसाइकल चलाएको अवस्थामा अचानक दुर्घटना हुन पुगेको देखिन्छ।’

२०६९ सालमा नुवाकोटको विदुरमा सवारी चालक अनुमतिपत्र नभएका दीपक तामाङले पैदल यात्री रामप्रसाद कुमाललाई ठक्कर दिँदा मृत्यु भएको थियो।
कानुनको प्रयोगबाट पीडित र अभियुक्त दुवैले न्याय पाउने गरी कानुनी प्रावधानको व्याख्या र प्रयोग गरिनुपर्नेमा अदालतले व्याख्या गरेको छ। ‘अपराधको प्रकृति अनुसार पीडकले दण्ड पाउनु नै न्यायको उद्देश्य हो। दुईपांग्रे सवारी साधन मोटरसाइकल चलाउनैपर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारण नभै अन्य कारण दुर्घटना भै मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवकको प्रयोग गरी सजाय गरिनुपर्ने हुन्छ।’

तीव्र गतिमा नचलाएको, ट्राफिक नियम पालना गरी चलाएको, मोटरसाइकल चालक आफै दुर्घटनाको दुईदिन पछि होसमा आएको, लागू औषध, मादक पदार्थ जस्ता नसालु पदार्थ नखाएकाले लापवाही मान्न नमिल्नेगरी सर्वोच्चले व्याख्या गरेको छ। ‘दुई पांग्रे सवारीको हकमा अवस्था हेरेर अपवादको रूपमा दुर्घटनाको समगै परिस्थितिको मूल्यांकन गरी कानुनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ।’

तर पनि सवारी साधन चलाउनेले अनिवार्य अनुमतिपत्र लिएको हुनुपर्नेमा अदालतको दुईमत भने छैन। ‘कहिलेकाँही दुई पांग्रे सवारी अति आवश्यक परेको बेला सावधानीपूर्वक चलाउँदा हुने दुर्घटना, सार्वजनिक भारी सवारीसाधन चलाउनेको सर्तकता भिन्नभिन्न मापदण्डमा हुनुपर्नेगरी व्याख्या अदालतले गरेको छ।

घटना यस्तो थियो

२०६९ साल पुस ११ गते नुवाकोटको विदुरमा घटेको घटना हो। बट्टार हुँदै गल्छीतर्फ जाँदै गरेको बा १० प ८२५१ नम्बरको मोटरसाइकलले विदुर–४ का रामप्रसाद कुमाललाई सडकमा ठक्कर दिई मृत्यु भएको थियो। मोटरसाइकल विदुर ८ का राइसिङका दीपक तामाङले चलाएका थिए। त्यसपछि राजकुमार कुमाल (मृतकका भाइ)ले मोटरसाइकल चालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै पुस ११ मा जाहेरी दरखास्त दिएका थिए। मोटरसाइकल चालक दीपकसँग चालक अनुमति पत्र थिएन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४५ मा कुनै पनि व्यक्तिले सवारीचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन भन्ने कानुनी व्यवस्था छ।

‘सवारी चालक अनुमतिपत्र नलिएको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाएको कारणबाट ठक्कर लागी वा किचिई मानिसको ज्यान गएमा स्वतः लापरबाही गरेको मान्नुपर्ने भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिवादन भइसकेको छ।

मोटरसाइकल चालक दीपकसँग चालक अनुमति पत्र थिएन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४५ मा कुनै पनि व्यक्तिले सवारीचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन भन्ने कानुनी व्यवस्था छ।
नुवाकोट जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(३) कायम गरी ५ महिना कैद एवं सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी लाई दफा १६१(३) को कसुर गरेको भन्दै (४) बमोजिम थप दुई हजार रूपैयाँ जरिवानासमेत ठहर्ने २०७० सालमा फैसला गरेको थियो। ‘शुरु फैसला सरद गरेको पुनरावेदन अदालत पाटनको फैसला केही उल्टी भई प्रतिवादी दीपक तामाङलाई सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ (३) बमोजिम ६ महिना कैद हुने ठहरी फैसला भएकाले नुवाकोट जिल्ला अदालतको लगत संशोधन गरी ५ महिना कैद भुक्तान गरिसकेको देखिँदा असुल जनाउनू’ सर्वोच्चले फैसलामा भनेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस