धरानको तीनकुनेदेखि भाानुचोकसम्म ७२ फिट मात्र सडक बनाउन पत्राचार
०१ फागुन २०७९
•
४ मिनेट पाठ
धरानको तीनकुनेदेखि भाानुचोकसम्म ७२ फिट मात्र सडक बनाउन पत्राचार
कोशी राजमार्ग अन्तर्गत धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्मको सडक खण्ड ६ लेन बनाउने कि बाइपास गर्ने भन्ने जारी अन्योलकोबीच धरान उपमहानगरपालिकाले ७२ फिटको सडक विस्तार गर्न आयोजनालाई पत्राचार गरेको खुलेको छ।




उपमहानगरपालिकाले तीनकुने देखि भानु चोकसम्म मात्र ७२ फिट सडक बढाउन रानी, विराटनगर, इटहरी, धरान सडक आयोजनालाई पत्राचार गरेको हो। आयोजनाले भने यो सडक खण्डमा १५/१५ मिटर (१०० फिट) सडक क्लियरेन्स गरिदिन भन्दै उपमहानगरपालिकालाई आग्रह गरेको थियो। तीनकुनेदेखि जिरोपोइन्टसम्म ५ किलोमिटर सडक क्षेत्रमा घर तथा भौतिक संरचनाहरू भत्काउनुपर्ने भएकोले सडक विस्तार हुन सकेको छैन।

धरानमा ६ लेन वा ४ लेन सडक बढाउने कि वाई पास गर्ने भन्ने बहस चलिरहेपनि निर्णय हुन सकेको छैन। हाल भानु चोक नजिक (पुरानो कर कार्यालय) सम्म ७२ फिट मापदण्डमा घरहरू निर्माण भएको छ भने भानु चोकदेखि उत्तर ५० फिट वा त्यो भन्दा कम मापदण्डमा घरहरू बनेका छन्। कोशी राजमार्ग ६ लेन वा आयोजनाले भने अनुसार ३० मिटर (१०० फिट) बढाउँदा ठुलो भौतिक क्षति हुने भएकोले उपमहानगरपालिका, राजनीतिक दलहरूले पनि निर्णय गर्न सकेका छैनन्।

७२ फिट र ५० फिट मापदण्डमा नक्सा पास गरेर घर तथा भवनहरू बनाउन स्वीकृति दिएको कारण पनि उपमहानगरपालिकाले निर्णय लिन नसकेको हो। घर भत्काउन सुरु गर्दा स्थानीय घर धनीहरूले अदालतबाट स्टे अर्डर ल्याउने र काम अघि बढ्न नसक्ने डर उपमहानगरपालिकालाई छ।

आयोजना प्रमुख दानबहादुर शाक्यले उपमहानगरपालिकाबाट भानु चोकसम्म ७२ फिट सडक बढाउन पत्र आएको बताए। उक्त पत्र सडक विभागमा पठाएर छलफल गर्ने उनले बताए।

‘तीनकुनेदेखि भानु चोकसम्म झण्डै २ किलोटिर सडक ७२ फिटको बनाउन भन्दै धरानबाट पत्र आएको छ। पत्र माथि विभागमा छलफलको लागी राख्छु। के हुन्छ, अहिले भन्न सक्दिन, ’आयोजना प्रमुख शाक्यले भने।
मेयर हर्क साम्पाङले आफू तत्काल जनताको निजी सम्पत्ति (घर) भत्काउने पक्षमा पनि नरहेको कारण भानु चोकसम्म ७२ फिट सडक विस्तारको लागी आयोजनालाई पत्राचार गरेको बताउँछन्। भानु चोकसम्म ७२ फिट सडक बनाउँदा घरहरू क्षति हुने अवस्था नआउने उनले बताए।

भानु चोक उत्तरमा भने धेरै विवाद रहेको र ठुलो क्षति पनि हुने भएकोले सडक विस्तार सहज नभएको मेयर साम्पाङले बताए।

‘जनताको निजी सम्पत्ति भत्काइदिने, विस्थापित बनाइदिने र उचित क्षतिपूर्ति पनि नदिने भन्ने कुराले राज्य पनि अगाडि बढ्न नसक्ने स्थिति छ। कसैको वैध सम्पत्ति लिँदा क्षतिपूर्ति र मुआब्जाको व्यवस्था गर्नुपर्ने भन्ने छ। यो सडक विभाग वा उपमहानगरपालिका कसले गर्ने हो? जनताको प्रश्न छ,’ उनले भने, ‘हामी दिन सक्दैनौँ, सडक विभागले पनि दिँदैन भने सहज छैन। सबै पक्षसँग बसेर छलफल गरी अगाडि बढ्नुपर्ने हुन्छ।’

मेयर साम्पाङ सडक विस्तार गर्न स्थानीय घरजग्गाधनीहरुसँग सहमति नगरी काम अघि बढाउने पक्षमा छैनन्। उपमहानगरले नै स्वीकृति दिएर घर तथा भवनलाई वैधता दिएको कारण जर्बजस्ती घर भत्काए स्थानीयवासी अदालतमा जाने र स्टे अर्डर आउने भएकोले त्यसो नगर्ने मेयर साम्पाङले बताए।

‘उहाँहरूको निवेदन तयार छ। घर भत्काउन सुरु गर्दा अदालतबाट स्टे अर्डर आइहाल्छ, र काम झन् लथालिङ्ग हुन्छ। त्यसैले स्थानीयबासीहरुसँग छलफल, सहमतिबाट नै अघि बढ्नुपर्छ,’उनले भने, ‘यो अहिलेको समस्या होइन, बषौंदेखिको जेलिएको समस्या हो।’
वान वे मा सहयोग गर्न मेयरको अपिल

धरानका मेयर हर्क साम्पाङले एक सातापछि लागु हुन लागेको वान वे मा सहयोग गर्न नगर बासीहरूलाई अपिल गरेका छन्। फागुन ८ गतेदेखि धरानको मुख्य बजार क्षेत्रमा एकतर्फी (वान वे) प्रणाली लागु गर्ने निर्णय गरिएको छ।

भानु चोकदेखि लक्ष्मी चोकसम्म सम्पूर्ण यातायातका साधनहरू उत्तर तर्फ मात्र जान पाउनेछ भने लक्ष्मी चोकदेखि दक्षिण भानु चोकतर्फ आउने सवारीहरू पृथ्वी चोक, सिंहदेवी, पुरानो बजार, माछाभौडी हुँदै मात्र भानु चोकसम्म आउन पाउनेछन्।

‘यो वान वे गर्न आवश्यक भएकोले नै गर्न लागेका हौँ। धरानको ट्राफिक व्यवस्थापनमा साथ, सहयोगको विश्वास लिएको छुँ, ’सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दे मेयर साम्पाङले भने।
भानु चोकदेखि लक्ष्मी चोकसम्मको सडक बीचमा रहेको कलेज रोड, छाता चोकबाट पूर्वतर्फ क्रस भएर पुरानो बजार हुँदै भानु चोकतर्फ भने आउन सकिनेछ। धरानको ट्राफिक व्यवस्थापनमा तत्काल वान वे गरिने र भविष्यमा अन्य सुधारको कामहरू पनि गर्दै जाने मेयर साम्पाङले बताए।

भानु चोक तथा मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्न गत पुस २५ गते कार्यदल गठन भएको थियो। उक्त कार्यदलले माघ २६ गते प्रतिवेदन बुझाएको थियो। सोही दिन कार्यदल तथा सरोकारवाला निकायहरू बैठक बसेर फागुन ८ गतेदेखि वान वे गर्ने र प्रतिवेदनको सुझावलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस