यातायात मजदुर आन्दोलित: उपत्यकामा सार्वजनिक सवारी बन्द आह्वान
०२ फागुन २०७९
•
४ मिनेट पाठ
यातायात मजदुर आन्दोलित: उपत्यकामा सार्वजनिक सवारी बन्द आह्वान
बालाजु क्षेत्रमा यातायात मजदुरले नेपाल प्रहरीको गाडी तोडफोेड गर्दै ।तस्बिरः लक्ष्मण तामाङ/नागरिक
पछिल्लो समय निर्धारण गरेको ट्राफिक जरिबानासम्बन्धी विषयमा असन्तुष्ट रहेका यातायात मजदुरको आन्दोलनले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ। नयाँ बसपार्कसहित आसपासका बालाजु, माछापोखरी क्षेत्र तनावग्रस्त बन्न पुगेका हुन्। असन्तुष्ट सार्वजनिक यातायातका मजदुरसहितको भिडले सार्वजनिक सम्पत्ति तथा सुरक्षामा खटिएका प्रहरीमाथि नै आक्रमण गरेका छन्। आन्दोलनकारीले प्रहरीका दुईवटा गाडीमा तोडफोड र आगजनी गरेका छन् भने बसपार्क क्षेत्रका केही पसल र मलमा पनि तोडफोड गरेका छन्।  




यस्तै आन्दोलनकारीको ढुंगामुढाबाट १० प्रहरी घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन साँझपख केही थान अश्रुग्यास प्रहार गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले त्यहाँ रहेका हजारौं सर्वसाधारण यात्रु र सार्वजनिक सम्पत्तिमाथि हुन सक्ने क्षतिको स्थितिलाई हेरेर संयम अपनायौं। त्यसैले हामी आक्रमणमा उत्रिएनौं,’ उनले भने, ‘साँझ भिडभाड घटेपछि मात्रै स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हानेका छौं।’ यस्तै सोही क्रममा अराजक तरिकाले प्रदर्शन गर्ने र लुटपाट गर्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको उनले जनाए।  

पुस ३ गतेयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रूपैयाँ जरिबाना लिन थालेको थियो। त्यसविरुद्ध तीनवटा यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले माघ १७ गते उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई १० बुँदे ज्ञापनपत्र बुझाएका थिए।  

जसमा सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ मा ट्राफिक मिच्दा पहिलोपटक ५ सय, दोस्रोपटक हजार र तेस्रो पटक १५ सय जरिबाना हुने व्यवस्था रहेकोमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुमै १५ सय उठाउन लागेको भन्दै त्यसको खारेजीको माग गरिएको छ।  

यस्तै सवारीसाधनको प्रदूषण चेकजाँच दुरुस्त नभएका सवारीसाधनलाई एक लाख रूपैयाँसम्म जरिबाना गर्ने सन्देशले सबैलाई आतंकित बनाएको भन्दै त्यो नीति पनि हटाउन माग गरिएको छ। त्यसबाहेक यात्रु चढाउने र ओराल्ने ठाउँ, सवारीसाधनको बसपार्क डाइभर्ट र जरिबाना, ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन गर्न सक्नेलगायत प्रावधानका विषयमा आपत्ति जनाउँदै ती व्यवस्था हटाउन यातायात मजदुरहरूको माग थियो।  

यी समस्या समाधानको माग गर्दै त्यसअघि पनि यातायात मजदुरका तीनवटै संगठनले संयुक्त रूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएका थिए।  

सुनुवाइ नभएको भन्दै फागुन ३ गतेबाट संयुक्त रूपमा आफ्नो माग पूरा नभएसम्म सार्वजनिक यातायात सेवा ठप्प पार्ने र अहिलेलाई चेतावनीस्वरूप विभिन्न स्थानमा प्रदर्शन र कोणसभा गर्ने जनाएको थियो।  

यसैबीचमा यातायात मन्त्रालयमा आइतबार तीनवटै संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक केन्द्रीय महासंघसहितका सरोकारवालाहरूको छलफल भएको थियो। जसमा मजदुर संगठनहरूको मागअनुसारै सुरुमै १५ सय जरिबाना नलिने सहमति भएको थियो। सो विषयमा सहमति भए पनि सबै विषयमा सहमति नभएको भन्दै यातायात मजदुर संगठनहरूले आफ्नो आन्दोलनका कार्यक्रम जारी राखेका थिए।

ल्होत्सेका कारण तनाव  

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीको नेतृत्वमा गोंगबु बसपार्क क्षेत्रमा प्रदर्शन र कोणसभा भयो। जसमा आइतबारको छलफलको निष्कर्ष फागुन ३ गतेपछि आयोजित कार्यक्रममा सार्वजनिक गर्ने मजदुर संगठनहरूले जनाएका छन्।  

त्यसैबीचमा बसपार्कको व्यवस्थापकीय जिम्मा पाएको कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक र अन्य कर्मचारीका कारण समस्या सिर्जना भएको प्रहरी स्रोतले जनाएको छ। ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरलगायतले बसपार्कमा मजदुरहरूलाई कोणसभा गर्न नदिन खोजेकै कारण समस्या सिर्जना भएको एक प्रहरी अधिकारीले बताए।

‘बसपार्कमा कार्यक्रम गर्न नदिने भन्दा हामीले विद्यार्थीले विद्यालय, कर्मचारीले आफ्नै कार्यालय र यातायात मजदुरले बसपार्कमै विरोध गर्ने त हुन् नि, गर्न दिनुस् भनेका थियौं,’ ती अधिकारीले भने, ‘तर उनीहरूले बढी जान्ने भएर बिथोल्न खोजे। त्यसपछि स्थिति भड्किएको हो।’ यही कुरा मजदुर संगठनको विज्ञप्तिमा पनि उल्लेख छ।

तीनवटै संगठनका अध्यक्षले साँझ सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर तथा ल्होत्सेकै कर्मचारीहरू पंकज मल्ल, हिमाल कुँवरलगायतका अपरिचित करिब ३० जनाको समूहले आक्रमण गरेको छ।’ उक्त आक्रमणबाट दर्जनौं मजदुर तथा संगठनका नेता घाइते भएको विज्ञप्तिमा उल्लेख गर्दै साउन्ड सिस्टमसमेत तोडफोड भएको जनाइएको छ।

त्यसपछि भड्किएका यातायात मजदुरहरूले ठाउँठाउँका सडकमा गाडी तेस्र्याएर चक्काजाम गर्दै प्रदर्शन गरेको प्रहरीले जनाएको छ। प्रहरीले भने संयम अपनाउँदै बल प्रयोग गरेन। ‘हामीले बल प्रयोग गर्दा धेरै क्षति हुन्थ्यो। केही मानिसको हताहती पनि हुन सक्थ्यो,’ एक प्रहरी अधिकृतले भने, ‘हाम्रा प्रहरी कब्जामा लिएर थुनिँदा पनि सहेर बस्यौं। मानिस घटेपछि मात्रै अश्रुग्यास प्रहार गरेका हौं।’ यद्यपि अबेर रातिसम्म पनि स्थिति पूर्ण नियन्त्रणमा आइसकेको थिएन।  

यसैबीचमा मंगलबारबाट माग पूरा नभएसम्मका लागि उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने मजदुर संगठनले जनाएका छन्। यस्तै उपत्यकाबाहिरको हकमा अर्को निर्णय नभएसम्मका लागि पूर्वनिर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३५ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस