आज भ्यालेन्टाइन डे मनाइँदै
०२ फागुन २०७९
•
१ मिनेट पाठ
आज भ्यालेन्टाइन डे मनाइँदै
आज १४ फ्रेबुअरी अर्थात् प्रणय दिवस वा प्रेम दिवस। अंग्रेजीमा भ्यालेन्टाइन डेको रुपमा चिनिने यो दिवस विश्वभर प्रख्यात छ। यसलाई प्रेमजोडीहरुले पर्वको मनाउने गर्छन्। एकसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।




तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवालाई प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। किनकि यसमा लागेपछि सैनिक सेवा प्रभावित हुन्छन् भन्ठान्थे उनी। तर  भ्यालेन्टाइन सम्राटको उक्त निर्णय धर्मविरोधी भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो। त्यसैले उनले राजाको निर्देशनलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे। यही निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ।

भ्यालेन्टाइनको दिन विशेषगरी गुलाफको फूल प्रयोग गर्ने गरिन्छ। यस दिन  गुलाफको फूलको एक तस्बिर आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ।
अर्को समाचार
प्रणय सप्ताहमा सुरु पहिलाे दिन 'रोज डे '
२४ माघ २०७९
•
१ मिनेट पाठ
प्रणय सप्ताहमा  सुरु  पहिलाे दिन 'रोज डे '
१४ फेब्रुअरीमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाइदै आएको छ। पछिल्लो समय १४ फेब्रुअरी आउँनु अघि देखि नै सप्ताह व्यापी रुपमा यसलाई मनाउन थालिएको छ।  




फेब्रुअरी ७ बाट सुरु हुने यस सप्ताहमा  रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे,  हग डे र अन्तमा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।  

आज फेब्रुअरी ७ प्रणय दिवस साताको पहिलो दिन रोज डे  हो।  आजको दिन प्रेमीले प्रेमिकालाई गुलाफको फूल उपहार दिने चलन छ। रातो गुलाफको फूललाई प्रेमको प्रतिक मानिन्छ। मायामा परेकाहरुले कसैलाई आफ्नो प्रेम दर्शाउन पर्यो भने गाढा रातो गुलाफको फूल दिएर आफ्नो मनको भावना पोख्ने गर्छन्। फूल आफैँमा सुन्दर वस्तु हो। ढकमक्क फुलेको फूलले मनमा छुट्टै आनन्द दिलाउँछ। त्यसमा पनि गुलाफलाई प्रेमको परिभाषा बोल्ने फूलको रुपमा चित्रित गरिन्छ।

गुलाफको फूलमा पनि विभिन्न रंग हुन्छ। त्यसको पनि छुट्टै परिभाषा र मान्यता छ। अर्थात् कुन रंगको गुलाफको फूल कस्लाई दिने कस्तो समयमा कुन रंगको गुलाफ दिने आदि पर्दछन्।

हेरौं कुन रंगको गुलाफले कस्तो सम्बन्धको व्याख्या गर्छ

रातो गुलाफ; रातो गुलाब साँचो प्रेमको प्रतीक हो।

सेतो गुलाफ; शुद्धता, निर्दोषिता र बिना शर्त प्रेमको प्रतिनिधित्व गर्दछ।

पहेंलो गुलाफ ;मित्रता र खुशी व्यक्त गर्दछ।

गुलाबी रंगको गुलाफ; कोमलता, मित्रता,  कृतज्ञता, साथै नयाँ सम्बन्धको सुरुवातको प्रतीक।

सुन्तला गुलाफ; 'आकर्षण र उत्साह को प्रतिनिधित्व गर्दछ।

भ्यालेन्टाइनको समर्थक भए जस्तै नेपालको संस्कार होइन भनेर विरोध गर्नेको जमातको पनि  नेपालमा कमी छैन। प्रेमलाई कुनै सीमाले नछेक्ने भनि परिभाषा गर्नेहरुले भ्यालेन्टाइन अर्थात प्रणय दिवसलाई  सुन्दर दिवसको रुपमा लिन्छ।  
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस