विद्युतीय सवारी साधनलाई चार्ज गर्ने चार्जिङ सेन्टर सर्लाहीमा सञ्चालमा आएको छ। पुर्व पश्चिम राजमार्गको सर्लाही स्थित हरिवनमा विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन संचालनमा ल्याइएको हो।
सर्लाहीको हरिवन नगरपालिका ११ खसी बजार छेउमा निर्माण गरिएको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सबारी साधनका सवारीधनी लाभान्वित हुने भएका छन्।
संघीय सरकारको उर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणले १४२ किलोवाट क्षमताको दुईवटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो।
चिनियाँ ठेकेदार कम्पनीको नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ का कार्यक्रम व्यवस्थापक शिव अधिकारीका अनुसार चार्जिङ स्टेशनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएका छन् ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने अधिकारीले बताएका छन्।
दुईवटा चार्जिङ स्टेशनबाट एक पटकमा ६ वटा सवारी चार्ज गर्न सकिने अधिकारीको भनाइ छ। चार्जिङ स्टेशनमा २०० केभीएको दुईवटा ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर सञ्जिवकुमार साहले जानकारी दिए।
चार्जिङ स्टेशनमा सवारी साधनको चार्ज गरिसके पछि ग्राहकले मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने व्यवस्थापन गरिएको छ। चार्जिङ स्टेशनमा पेट्रोल पम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दै । मानवरहित चार्जिङ स्टेशनमा सेवाग्राहीले सोझै अनलाइनबाट भुक्तानी गर्ने र कुनै प्राविधिक समस्या आए आफूहरुले काठमाडौँबाटै अनलाइन मार्फत नै मर्मतको काम गर्ने व्यवस्थापक अधिकारीले बताए।
साँझ ५ बजेदेखि राति ११ बजेसम्म पिक आवरमा प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपैयाँ ६० पैसा र बाँकी समयमा चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ २८ पैसा शुल्क निर्धारण गरिएको बताइएको छ।
ग्राहकले अनलाइन मार्फत बुझाएको पैसा सोझै नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा हुन्छ। चार्जिङ स्टेसनले समयअनुसार चार्जिङ शुल्क समेत निर्धारण गरेको छ।
चार्जिङ सेन्टरको अभावमा सर्लाहीमा विद्युतीय सवारी साधनको खासै विस्तार हुन सकेको थिएन। भएका केही विद्युतीय सबारी साधनलाई समस्या भइरहेकोमा चार्जिङ सेन्टरको स्थापना भएपछि सबैलाई सजिलो हुने र सर्लाहीमा विद्युतीय सबारी साधनको उपभोगकर्ता बढ्ने विश्वास रहेको छ।