खानेपानी सम्बन्धी समस्या भए ११७१ टोल फ्रि नम्बरमा फोन गर्नुस्
०४ फागुन २०७९
•
२ मिनेट पाठ
खानेपानी सम्बन्धी समस्या भए ११७१ टोल फ्रि नम्बरमा फोन गर्नुस्
खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ। आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।




तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन्।

'खानेपानी समस्या समाधान गर्न र उपभोक्ताको गुनासो सुन्न खानेपानी मन्त्रालयले गुनासो कल सेन्टरको स्थापना गरेको हो, हाम्रो टोल फ्रि नम्बर ११७१ मा पाइपलाइन फुटेमा वा कतै पानीको लाइन बिग्रिएर खानेपानी नपाएमा उपभोक्ताले सिधै मन्त्रालयमा रहेको कल सेन्टरमा फोन गरेर गुनासो टिपाउन सक्नुहुन्छ', उनले भने।

उनले सातामा एक दिन आफू कल सेन्टरमा बस्ने भन्दै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने जानकारी दिए। उनले दूरदराजका जनतालाई सरकार भएको प्रत्यक्ष अनुभूति दिलाउन मन्त्रालयले गुनासो सुनुवाइ एकाइ स्थापना गरिएको जानकारी दिए।

'सरकारको लक्ष्य सहरबजारका जनतालाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउनमात्र होइन, दूरदराजका गाउँ टोलमा सरकार भएको अनुभूति गराउन हामीले गुनासो सुनुवाइ एकाइ सञ्चालनमा ल्याएका छौँ', उनले भने, 'एकाइमा आएका गुनासो तत्काल सम्बोधन हुन्छ। कार्यालय समयमा लाइभ अन्य समयमा रेकर्डमार्फत गुनासोको सुनुवाइ हुन्छ।'

उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ थियो।

उपभोक्ताको गुनासोलगत्तै मन्त्रालयले प्रदेश सरकार, स्थानीय सरकार र खानेपानी मन्त्रालयअन्तर्गतका कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने मन्त्रालयका सचिव मणिराम गेलालले बताए।

गुनासो सुनुवाइ गर्न मन्त्रालयले अधिकृतको नेतृत्वमा चार कर्मचारी खटाएको छ। कार्यालयले समयमा आएको गुनासो तत्काल सम्बोधन गर्नेछन् भने अन्य समयमा रेकर्डमा रहने जनाइएको छ।

मन्त्रालयले सार्वजनिक गरेको टोल फ्रि नम्बर ११७१ मा नेपाल टेलिकमका ग्राहकले मात्र गुनासो दर्ता गराउन मिल्ने मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए। एनसेल तथा स्मार्ट टेलिकमसँग समेत कुरा भएको भन्दै छिट्टै एनसेल तथा स्मार्ट टेलिकमका ग्राहकले समेत गुनासो गर्न सक्ने उनले बताए।  
अर्को समाचार
मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता
२९ मंसिर २०८०
•
४ मिनेट पाठ
मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता
बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।




खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माणको ठेक्का पाएको सिनो हाइड्रो कम्पनी र इन्सुरेन्स कम्पनीबीच एक आपसमा समन्वय अभावको कारणले मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषय अलपत्र हुँदै आइरहेको छ।

गत असोज २८ गतेदेखि नेपालबाट मनसुन बाहिरिए पनि मेलम्चीको पानी अस्थायी रूपमा उपत्यका ल्याउने विषयमा सरकारी निकायबीचको आपसी तालमेल र साझेदारीको अभाव कायमै देखिन्छ।

गत असार यता उपत्यकाबासीले मेलम्चीको पानी प्रयोग गर्न पाइरहेका छैनन्। कतिसम्मभने हिउँद याममासमेत उपत्यकाबासीले ट्यांकरको पानी किनेरै खानुपर्ने बाध्यता सिर्जना भइरहेको छ।

२०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएकाले पनि मेलम्चीको अस्थायी मर्मतसम्भार गरेर मंसिर २३ गते नै मेलम्चीको पानी ल्याइएको थियो।
यो वर्ष भने सरकारले मेलम्चीको मर्मतसम्भारको विषयमा आवश्यक समन्वय र सहकार्य नगर्दा मेलम्चीको पानी उपत्यकामा ल्याउन समस्या भइरहेको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त वर्षाको समयमा आएको लेदोसहितको गेग्य्रान गेट नम्बर १ र ९ मा अत्यधिक मात्रामा थुप्रिएकाले पनि मेलम्चीको पानी पथान्तरण गरेर ल्याउन समस्या भइरहेको बताए।

‘मेलम्चीको हेडवक्र्स अम्बाथानमा रहेको अस्थायी बाँध भएको ठाउँमा १०/१२ मिटर लेदोसहितको गेग्य्रान थुप्रिएको छ,’ उनले भने, ‘गेट नम्बर एकको मुखमा अत्यधिक मात्रामा बालुवाले खाँदिएको देखिएको छ। त्यो गेटमा रहेको बालुवा नहटाउँदासम्म कति गेग्य्रान थुप्रिएको छ भनेर भन्न सकिने अवस्था छैन।’

मेलम्चीको गेट नम्बर १ को संरचनाको बिमा गरिएकाले पनि सर्र्वेयरद्वारा मूल्याकङ्न गरेर क्षतिपूर्ति दाबी गर्ने लगायतका प्रक्रिया पूरा गर्न पनि केही समय लागेको बताए।
‘इन्सुरेन्स कम्पनीले गेट नम्बर १ मा भएको क्षतिको कति रकम दिन्छ भन्ने विषय पनि अहिले टुंगो लागेको छैन,’ उनले भने, ‘हामीले मेलम्ची खोलाको बहाव परिवर्तन गरेर गेट नम्बर एकसम्मको गेग्य्रान हटाएपछि मात्रै इन्सुरेन्स कम्पनीको सर्वेयरलाई बोलाउनुपर्ने हुन्छ। त्यसैले काम गर्न भनेजस्तो सहज छैन। यद्यपि हामीले प्रयास गरिरहेका छौं।’

पन्तले अहिलेसम्म मेलम्चीको अम्बाथानसम्म पुग्ने पहुँचमार्ग तयार भइसकेको बताए। ‘मेलम्चीको हेडवक्र्समा थुप्रिएको गेग्य्रान सफा गर्ने विषयमा आवश्यक तयारी भइरहेको छ,’ उनले भने, ‘सबै प्रक्रिया अघि बढाएर आवश्यक काम अघि बढाइनेछ।’

प्रवक्ता पन्तले सबै प्रक्रिया पूरा भएर काम सुरु भएको एक महिनाभित्रै मेलम्चीको पानी उपत्यका ल्याउन सकिने दाबी गरे।

‘मेलम्चीको बाँध क्षेत्रमा थ्रुपिएको गेग्य्रान हटाउने र मर्मतसम्भार गरेर मेलम्चीको पानी उपत्यकामा ल्याउन झन्डै एक महिनाभन्दा धेरै समय लाग्ने अनुमान गरेका छौं,’ उनले भने।
गत वर्ष असार महिनासम्म मेलम्चीको पानी उपत्यकामा ल्याउँदा पनि सुरुङभित्र लेदोसहितको बालुवा थुप्रिएको छ भने त्योसमेत सफा गर्न थप केही समय लाग्ने समितिले जनाएको छ। मेलम्चीको पानी अस्थायी रूपमा फेरि उपत्यका ल्याउन १२÷१५ करोड रूपैयाँ खर्च लाग्ने बताए।

गत मंसिर १५ गते खानेपानी मन्त्री महेन्द्र राय यादव, मन्त्रालयका सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी, आयोजनाका इन्जिनियरहरूसहित मुहानस्थलको अनुगमन गर्न गएका थिए तर अहिलेसम्म पनि मेलम्चीको पानी ल्याउने विषयमा ठोस निर्णय हुन सकेको छैन।

मेलम्चीको पानी पहिलो पटक सुन्दरीजलमा २०७७ फागुन २२ गते आइपुगेको थियो। सो पानी उपत्यकामा भने चैत १५ गतेदेखि परीक्षण स्वरूप वितरण गरिएको थियो। २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीपहिरोले आयोजनामा ठूलो क्षति पु¥याएको थियो।

बाढीले क्षतिग्रस्त भएको मेलम्ची आयोजनाको अस्थायी मर्मतसम्भार गरेर दोस्रो वर्ष २०७८ चैत अन्तिम महिनामा दोस्रोपटक उपत्यकामा पानी वितरण गरिएको थियो।
त्यसैगरी गत वर्ष भने मंसिर २३ गतेदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो।

अहिले खानेपानीको कुल माग ४७ करोड लिटर रहेको उपत्यकाले बर्खा याममा मात्र २२ करोड लिटर खानेपानी पाउँछ। अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बर्खायामको अन्डरग्राउन्ड र भूसतहको दुवै गरी दैनिक २१/२२ करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।

केयुकेएलका म्यानेजर प्रकाशकुमार राईका अनुसार केयुकेएलले परम्परागत पानीको स्रोतबाट १६/१७ करोड लिटर र सुन्दरीजललगायत क्षेत्रबाट थप साढे पाँच करोड लिटर पानी उपलब्ध गराउँदै आइरहेको छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस