दसैंघरमा जमरा राखियो
१६ असोज २०७३
•
४ मिनेट पाठ
दसैंघरमा जमरा राखियो
काठमाडौं- दसैंको पहिलो दिन घटस्थापनामा राजधानीको हनुमानढोका दरबारस्थित दसैंघरमा जमरा राखिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले जुराएको साइत शनिबार बिहान ८ बजेर ४५ मिनेट जाँदा परम्पराअनुसार जमरा राखिएको हो।

दसैंघरमा राखिएका जमरा विशेष गरी विशिष्ट व्यक्तित्व राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशले प्रयोग गर्छन्। 'राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र विशिष्ट व्यक्तिका लागि दसैंघरमा जमरा राख्ने गरिन्छ,' हनुमानढोका दरबार हेरचाह अड्डाका पर्व व्यवस्थापक मिठाराम पुडासैनीले भने, 'दसैंमा टीकाको दिन दसैंघरमा राखेका जमरा वितरण गरिन्छ।' उनका अनुसार दसैंघरका जमरा हनुमानढोकास्थित मूलढोकाबाट सर्वसाधारणलाई पनि वितरण गरिन्छ। दसैंघरका जमरा लिन आउने सर्वसाधारणको संख्या ठूलै हुने गरेको अड्डाले जनाएको छ। दसैंघरमा परम्परा अनुसार अड्डाले जमरा राख्दै आएको छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ।

जमरा राख्ने शुभ साइतमा पञ्चै बाजा बजाइन्छ। जमरा राख्दा नेपाली सेनाको सार्दुलजङ गुल्मले बन्दुक पड्काएर बढाईं गर्छ। जमरामा जौ, गहुँ, धान र मकै लगायत टुसाउने अन्न राख्ने गरिन्छ। खोलाबाट चोखो बालुवा ल्याई त्यसमा जमरा राखिन्छ। 'पशुपतिनाथ मन्दिरभन्दा माथिबाट चोखो बालुवा ल्याएर जमरा राख्छौं,' पुडासैनीले नागरिकसँग भने।

जमरा राखेपछि दसैंघरमा दैनिक नवदुर्गाको पूजा, आरती, चण्डी पूजा गर्नुका साथैै बिहान बेलुकी दुर्गा भजन र मालश्री धुन बजाउने गरिन्छ। त्यसैगरी जमरा राखेपछि विशिष्ट व्यक्तिबाट दुर्गाभवानीको पूजा हुने गर्छ। पूजा समितिका अनुसार विशिष्ट व्यक्तित्व आफैं नआएर अरु व्यक्तिमार्फत् पूजा पठाउने गर्छन्। 'विशिष्ट व्यक्तित्वले परम्परा बिर्सँदै गएका छन्,' पूजा समितिका एक जना सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, 'पहिला विशिष्ट धेरै व्यक्तित्व पूजा गर्न आफैं आउँथे तर अहिले शून्यजस्तै छ।' समाजका विशिष्ट व्यक्तित्वले नै संस्कृति र परम्परा भुल्दै गएकोमा उनले दुखेसो पोखे।

दसैंघरमा मात्र नभएर परम्परा अनुसार घरघरमा जमरा राख्ने चलन छ। परिवारको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै घरघरमा जमरा राखिन्छ भने देशवासीको सुख, शान्ति र उन्नतिको संकल्प गर्दै हनुमानढोकास्थित दसैंघरमा जमरा राख्ने परम्परा छ। जमरा राखेसँगै दसैं सुरु भएको मानिन्छ। यसरी राखिएका जमरा नौ दिनपछि विजया दशमीको उपलक्ष्यमा मान्यजनबाट टीकासँगै शिरमा सिउरिने गरिन्छ। पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष टीकाको शुभ साइत बिहान ८:४५ बजे रहेको छ। पचांग समितिका सदस्यसचिव सूर्य ढुंगेलका अनुसार दिनभर नै टीका लगाउन राम्रो साइत रहेकाले साइत कुर्नुपर्दैन।
अर्को समाचार
गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो
१० असोज २०७९
•
१ मिनेट पाठ
गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो
गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। 

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको  र  त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए। गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ।  

बडादसैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ। प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ। यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल  मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए।  

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए। परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण  नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए। गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनले बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस