रौतहटको मौलापुर नगरपालिका स्थित पुरातात्त्विक महादेव मन्दिरमा शुक्रवार उपराष्ट्रपति नन्दबहादुर पुनले मधानी महायज्ञको उद्घाटन गर्ने भएका छन्।
मधानी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै नगर प्रमुख रिना कुमारी साहले शुक्रवार बिहान ११ बजे उपराष्ट्रपति पुनले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइन्।
विगत चार वर्षदेखि मौलापुर नगरपालिकाले मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ। देशको सय पर्यटकीय गन्तव्यमा सूचीकृत पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई पर्यटकीय दृष्टिकोणले प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको हो।
महायज्ञको अवसरमा भगवान् शिवको विशेष पूजा अनुष्ठान, मौलापुर भूमि पूजन, अस्टयाम महायज्ञका साथै सांस्कृतिक कार्यक्रम तथा अन्तर्राष्ट्रियस्तरको कुस्ती खेलको आयोजना हुने नगर प्रमुख साहको भनाइ छ।
महोत्सवमा हरेक वर्ष नेपाल र भारतका विशिष्ट कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम हुने गरेको छ। यस वर्ष चलचित्रकर्मी भुवन केसीसहित राष्ट्रिय स्तरका चर्चित कलाकारहरुका साथै भारतीय चर्चित भोजपुरी नायक पवन सिंह, नायिका काजल राघवानी, भोजपुरी गायिका ईन्दु सोनाली एवं अन्य चर्चित कलाकारहरूको प्रस्तुति रहने नगर प्रमुख साहको दाबी छ।
हरेक वर्ष मधानी महोत्सवमा लाखौँ दर्शक आउने गरेका यस वर्ष पनि तिन दिनमा पाँच लाखभन्दा बढी दर्शक मौलापुर आउने विश्वास नगरपालिकाले लिएको छ।